मुख्य समाचार
सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

। सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्लाको लालबन्दी नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा सोमबार बिहान गरिएको सवारी जाँचका क्रममा ठूलो परिमाणमा गाँजा बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमका अनुसार बिहान करिब ५ः३० बजे इलाका प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारलाई रोकेर जाँच गरेको थियो ।

जाँचका क्रममा बीआर ०९ एम ३७६६ नम्बरको कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ वटा पोकाबाट करिब १०९ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।


गाँजासहित कार चालक भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला, समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपक कुमार महतो र कारमा सवार सोही स्थानका २५ वर्षीय अमन कुमारलाई पक्राउ गरिएको डीएसपी गौतमले जानकारी दिए ।

प्रहरीले गाँजा, कार तथा दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू छलफलमा जुटेका छन् । सोमबार अपराह्न उनीहरू ललितपुरमा छलफल गरिरहेका हुन् । छलफलमा आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, जसपा नेपालका नेता जितेन्द्र सोनल लगायत पनि सहभागी छन् । छलफलका विषयहरू खुलाइएका छैनन् । यद्यपि आफूहरू अहिले छलफलमा बसिरहेको ...
। नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसर पारेर जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन–२०२६’ ९ बुँदे ‘टोकियो घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ। नेपाल पत्रकार महासङ्घ (एफएनजे) जापान शाखाको आयोजना तथा केन्द्रीय समितिको समन्वयमा भएको यस सम्मेलनले प्रवास पत्रकारिताको समीक्षा, लोकतान्त्रिक मूल्यमान्यता, प्रेस स्वतन्त्रता र प्रवासी पत्रकारको पेसागत सुरक्षाका विषयमा गम्भीर मन्थन ...
। राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद युवराज शर्माले सरकारको कार्यशैलप्रति आपत्ति जनाएका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै शर्माले सरकारले जनसरोकारका मुद्दा सम्बोधन गर्नुको साटो सस्तो लोकप्रियता र भ्रमको खेती गरिरहेको आरोप लगाए । सरकारको कानुनी प्रक्रियाको उल्लंघन र बढ्दो ‘पपुलिजम’ (लोकप्रियतावाद) प्रति कडा आपत्ति जनाए । सांसद शर्माले सरकारले लोकतान्त्रिक विधि ...
। तीन महिनाको अवधिमा प्रहरीले ३ हजार ३१६ लागुऔषध कारोबारी पक्राउ गरेको छ । १ वैशाखदेखि असार मसान्तसम्म देशभरबाट ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ परेका हुन् । जसमध्ये उपत्यकाबाट ५ सय ११ जना, कोशी प्रदेशबाट ७ सय १३ जना, मधेश प्रदेशबाट २ सय ५५ जना, बागमती प्रदेशबाट ४ सय २८ ...
। मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक सोमबार दिउँसो सडक दुईतर्फ अवरुद्ध बनेको थियो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, दिउँसो साढे ३ बजेबाट सडक सञ्चालनमा आएको हो । सडक दिउँसो २:१० बजेदेखि सडक अवरुद्ध भएको थियो । यसअघि सोमबार बिहान पनि यो सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेको थियो । ...