मुख्य समाचार
मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूले काम नै नभएको शीर्षकहरुमा समेत खर्च भएको भनी झुट्टा विवरण तयार गरी भ्रष्टाचाार गरेको आरोपसहित आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

आव २०७२/७३ देखि आव २०७८/७९ सम्मको झाडी सफाइ, अग्नी रेखा निर्माण, खरघाँस रोपण/वृक्षरोपण, वनहेरालु तलब, भँैसी पालन, बाख्रापालन, डढेलो नियन्त्रण, मौरी घार समेतका खर्चहरूको नक्कली बिल भरपाइ देखाइ लेखापरीक्षण गरी वनबाट आम्दानी भएको रकम हिनामिना गर्ने कार्य गरेको आयोगको आरोप छ ।

‘मालिका सामुदायिक वन उपभोक्ता समूहले काठ बिक्री गरेवापत आम्दानी भएको समितिको रकम काम नै नभएको शीर्षकहरूमा खर्च भएको भनी झुट्टा विवरण तयार गरी गराई लेखापरीक्षण प्रतिवेदनमा देखाइ आव २०७२/७३ मा रु २८ लाख ५८ हजार २०० आम्दानी गरेकामा रु १६ लाख ४३ हजार हिनामिना हानी नोक्सानी गरे गराएको पाइयो’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आव २०७३/७४ मा काठ बिक्री वापत रु १६ लाख १८ हजार आम्दानी भएकामा हानी नोक्सानी गरे गराएको, आव २०७४/७५ मा काठ बिक्री तथा आपूर्तिवापत रु १५ लाख ७५ हजार आम्दानी भएकामा रु १३ लाख ६५ हजार हिनामिना हानी नोक्सानी गरेको पाइयो ।’


विज्ञप्ती अनुसार आव २०७५/७६ तथा आव २०७६/७७ मा समितिको रकम रु तीन लाख ९० हजार हिनामिना हानिनोक्सानी गरको पाइएकाले मुद्दा दायर गरिएको हो । मालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखापरीक्षकसमेतको मिलेमतो तथा योजनामा उक्त वन उपभोक्ता समूहले काठ बिक्री तथा आपूर्तिबाट आम्दानी गरेको रकमबाट आव २०७२/७३ देखि आव २०७६/७७ सम्ममा रु ३९ लाख १२ हजार हिनामिना हानी नोक्सानी गरेको पाइएको छ । प्रतिवादीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा १९ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य भएको हुँदा देहायका प्रतिवादीहरूउपर विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष खीमबहादुर सावद, सचिव बनौली रोकाय र कोषाध्यक्ष जमानसिंह धामीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ दफा १७ बमोजिमको कसुरमा बिगो रु १६ लाख ४३ कायम गरिएको आयोगले जनाएको छ । मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष पदमसिं सावद, सचिव पूर्णदेवी धामी र कोषाध्यक्ष रूद्रबहादुर वन्तोलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ दफा १७ बमोजिमको कसुरमा रु २२ लाख ६८ हजार बिगो कायम गरिएको छ ।

मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष हर्कबहादुर बुढा, सचिव तुल्सी दानी र कोषाध्यक्ष चक्रबहादुर सावदलाई भ्रष्टाचार निवारण ऐन, २०५९ दफा १७ बमोजिमको कसुरमा रु तीन लाख ९० हजार बिगो कायम गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

‘पाठक एण्ड एसोसियट्स’का रजिष्टर्ड लेखापरीक्षक डिल्लीराम पाठक र प्रेमबहादुर विसी एण्ड कम्पनीका रजिष्टर्ड लेखापरीक्षक प्रेमबहादुर विसीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबी गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू छलफलमा जुटेका छन् । सोमबार अपराह्न उनीहरू ललितपुरमा छलफल गरिरहेका हुन् । छलफलमा आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, जसपा नेपालका नेता जितेन्द्र सोनल लगायत पनि सहभागी छन् । छलफलका विषयहरू खुलाइएका छैनन् । यद्यपि आफूहरू अहिले छलफलमा बसिरहेको ...
। नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसर पारेर जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन–२०२६’ ९ बुँदे ‘टोकियो घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ। नेपाल पत्रकार महासङ्घ (एफएनजे) जापान शाखाको आयोजना तथा केन्द्रीय समितिको समन्वयमा भएको यस सम्मेलनले प्रवास पत्रकारिताको समीक्षा, लोकतान्त्रिक मूल्यमान्यता, प्रेस स्वतन्त्रता र प्रवासी पत्रकारको पेसागत सुरक्षाका विषयमा गम्भीर मन्थन ...
। राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद युवराज शर्माले सरकारको कार्यशैलप्रति आपत्ति जनाएका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै शर्माले सरकारले जनसरोकारका मुद्दा सम्बोधन गर्नुको साटो सस्तो लोकप्रियता र भ्रमको खेती गरिरहेको आरोप लगाए । सरकारको कानुनी प्रक्रियाको उल्लंघन र बढ्दो ‘पपुलिजम’ (लोकप्रियतावाद) प्रति कडा आपत्ति जनाए । सांसद शर्माले सरकारले लोकतान्त्रिक विधि ...
। तीन महिनाको अवधिमा प्रहरीले ३ हजार ३१६ लागुऔषध कारोबारी पक्राउ गरेको छ । १ वैशाखदेखि असार मसान्तसम्म देशभरबाट ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ परेका हुन् । जसमध्ये उपत्यकाबाट ५ सय ११ जना, कोशी प्रदेशबाट ७ सय १३ जना, मधेश प्रदेशबाट २ सय ५५ जना, बागमती प्रदेशबाट ४ सय २८ ...
। मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक सोमबार दिउँसो सडक दुईतर्फ अवरुद्ध बनेको थियो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, दिउँसो साढे ३ बजेबाट सडक सञ्चालनमा आएको हो । सडक दिउँसो २:१० बजेदेखि सडक अवरुद्ध भएको थियो । यसअघि सोमबार बिहान पनि यो सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेको थियो । ...