मुख्य समाचार
नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच सहकार्य र एकता सुदृढ गर्ने उद्देश्यसहित पार्टीका युवा नेताहरूले नयाँ अभियान अघि बढाउने घोषणा
नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच सहकार्य र एकता सुदृढ गर्ने उद्देश्यसहित पार्टीका युवा नेताहरूले नयाँ अभियान अघि बढाउने घोषणा

: नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच सहकार्य र एकता सुदृढ गर्ने उद्देश्यसहित पार्टीका युवा नेताहरूले नयाँ अभियान अघि बढाउने घोषणा गरेका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘देश र कांग्रेस जोड्ने’ नाम दिइएको उक्त अभियान सभापति गगन थापा नेतृत्वको पक्ष र संस्थापन इतर समूहबीच संवाद तथा सहकार्यको वातावरण निर्माण गर्ने लक्ष्यका साथ सुरु गर्न लागिएको जनाइएको छ । नेता नैनसिंह महर, रञ्जित कर्णलगायतको पहलमा सञ्चालन हुन लागेको अभियानअन्तर्गत साउन २० गते ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने जानकारी दिइएको छ ।

आयोजकका अनुसार पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित हुने गरी भेलाको तयारी गरिएको छ । अभियानका अगुवाहरूले नेपाली काँग्रेसको संगठनात्मक कमजोरीले लोकतान्त्रिक प्रणाली समेत प्रभावित हुन सक्ने र त्यसबाट प्रतिगामी शक्तिलाई लाभ पुग्ने निष्कर्षका आधारमा एकताको पहल आवश्यक भएको बताएका छन् ।

उनीहरुले यो अभियान कुनै व्यक्ति, गुट वा पद केन्द्रित नभई पार्टीको संस्थागत सुदृढीकरण र लोकतान्त्रिक मूल्यको संरक्षणलाई केन्द्रमा राखेर अघि बढाइने स्पष्ट पारेका छन् । कार्यक्रमममा बोल्दै नेता नैनसिंह महरले पार्टीभित्र बढ्दो अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर भएको देखिएकाले अभियानले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखेको बताए ।

त्यसतै पार्टीका अर्का नेता तथा राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले देश हाल गम्भीर चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दे सुनसरीबाट सुरू भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिएको, आर्थिक मन्दी, बेरोजगारी, युवा पलायन र सुशासनको संकटले जनजीवन कष्टकर बनेको बताए । उनले सरकार जनगुनासो सम्बोधन गर्न प्रभावकारी नभएको अवस्थामा मुख्य प्रतिपक्ष नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु लोकतन्त्रका लागि समेत चिन्ताको विषय भएको बताए । भेलाले पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने र कार्ययोजना सार्वजनिक गर्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डबाट नेपाल ल्याएको ११ किलो गाँजासहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन्। थाइल्यान्डबाट नेपालमा लागुऔषध तस्करी गर्न सक्ने शंकास्पद यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उनीहरू त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतको पञ्जाबको लुधियाना घर भएका ३० वर्षीय सोनी,२३ वर्षीय जागरुप सिंह तथा भारतको हरियाणाको करनाल घर भएका २२ वर्षीय साहिल रहेका छन्। लागु ...
: पाकिस्तानस्थित विश्वको १२ औं अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा गएको विनाशकारी हिमपहिरोमा परी मृत्यु भएका पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ नेपाली आरोहीको शव स्वदेश ल्याउन पहल अगाडि बढाइएको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै साउन १४ गते (३० जुलाई २०२६) ब्रोड पीकको करिब ६,६०० मिटर उचाइमा क्याम्प–२ बाट क्याम्प–३ ...
: तराई मधेस क्षेत्रमा भएका पछिल्ला घटनाक्रमपछि जिल्ला प्रशासन कार्यालयले कैलालीका भारतीय सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेहरूले अनिवार्य रूपमा आधिकारिक परिचय पत्र देखाएर मात्रै प्रवेश गर्न पाउने व्यवस्था लागू गर्ने निर्णय गरेको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको अन्तर धार्मिक तथा सामाजिक सद्भाव जिल्ला समन्वय समितिको बैठकले भारतीय नाकाबाट नेपाल प्रवेश गर्नेहरूले ...
: निलगाईसँग मोटरसाइकल ठोक्किँदा महोत्तरीको बर्दिवासमा एक जनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–३ काँरेभोगटेस्थित बीपी राजमार्गमा आइतबार भएको सो दुर्घटनामा परी जनकपुरधाम उपमहानगरपालिका–१ घर भएका ३२ बर्षीय बिनयकुमार साहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबासबाट भिमानतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००७ प १९०९ नम्बरको मोटरसाइकलले सडक काट्दै गरेको निलगाईलाई ठक्कर दिएको ...
: काभा महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण पुनः नेपालमा नै आयोजना हुने भएको छ । नेपाल भलिबल संघको १४ औं पूर्ण बैठकले काभा महिला भलिबल च्याम्पियनसिप आगामी कात्तिक १५ देखि २१ सम्म (नोभेम्बर १ देखि७ ) सम्म काठमाडौंमा हुने भएको छ । नेपाल भलिबल संघको १४ औं पूर्ण बैठकमा यससँगै अन्य विषयहरुको पनि उठान र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम