मुख्य समाचार
मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन तथा क्षेत्रीय तनाव थप बढेमा त्यहाँबाट तत्काल बाहिरिन तयार रहन आग्रह
मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन तथा क्षेत्रीय तनाव थप बढेमा त्यहाँबाट तत्काल बाहिरिन तयार रहन आग्रह

: अमेरिकी सरकारले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन तथा क्षेत्रीय तनाव थप बढेमा त्यहाँबाट तत्काल बाहिरिन तयार रहन आग्रह गरेको छ । अमेरिकी सञ्चारमाध्यमहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले सप्ताहन्तमा इरानमाथि थप शक्तिशाली आक्रमण गर्न सक्ने योजना बनाइरहेको दाबी गरिरहेका बेला यो अपिल आएको हो ।

आफ्नो सुरक्षा चेतावनीमा अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्व बाहिर रहेका अमेरिकी कूटनीतिक कार्यालयहरू तथा अन्य अमेरिकी प्रतिष्ठानहरू पनि विगतमा निशाना बनेको उल्लेख गरेको छ । विदेश मन्त्रालयका अनुसार इरान र उसले समर्थन गर्ने समूहहरूले विश्वभर रहेका अमेरिका, अमेरिकी नागरिक वा अमेरिकी हितसँग सम्बन्धित स्थानहरूलाई निशाना बनाउन सक्ने जोखिम रहेको छ ।

यसअघि इरानले अमेरिकामाथि तनाव बढाएको आरोप लगाउँदै, आफूविरुद्ध सहयोग गर्ने कुनै पनि क्षेत्रीय देश ‘युद्धको आगोमा फस्ने’ चेतावनी दिएको थियो । शनिबार जारी गरिएको अमेरिकी सुरक्षा सूचनामा मध्यपूर्वमा रहेका अमेरिकी नागरिकलाई अत्यधिक सतर्क रहन, उडान रद्द हुन सक्ने, हवाई क्षेत्र समय–समयमा बन्द हुन सक्ने तथा यात्रामा अवरोध आउन सक्ने सम्भावनाका लागि तयार रहन भनिएको छ ।

अमेरिका र इजरायलको सम्भावित योजना
अमेरिकी चेतावनीमा भनिएको छ कि मध्यपूर्वमा रहेका अमेरिकी नागरिकले सम्भव भएमा त्यहाँबाट बाहिरिनेबारे विचार गर्नुपर्छ वा तनाव बढेमा तुरुन्त प्रस्थान गर्न तयार रहनु पर्छ । साथै मध्यपूर्व बाहिर रहेका अमेरिकी नागरिकलाई पनि उक्त क्षेत्रमा यात्रा गर्ने वा त्यहाँ हुँदै यात्रा गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरिएको छ ।

बहराइन, इराक, इजरायल, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सस्थित अमेरिकी दूतावासहरूले पनि यही सुरक्षा चेतावनी पुनः जारी गर्दै ‘अचानक तनाव बढ्न सक्ने’ सम्भावनाबारे सचेत गराएका छन् । यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पले यही सप्ताहन्त इरानमाथि नयाँ आक्रमणको आदेश दिन सक्ने बताएका थिए । रिपोर्टका अनुसार अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै हालसम्मकै सबैभन्दा ठूलो बमबारी अभियानमध्ये एक सञ्चालन गर्ने योजना बनाएका थिए । अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम