मुख्य समाचार
दक्षिण एसियाली राष्ट्रहरुबीच हुने साफ च्याम्पियनसिप फुटबलको तालिका निर्धारण
दक्षिण एसियाली राष्ट्रहरुबीच हुने साफ च्याम्पियनसिप फुटबलको तालिका निर्धारण

: दक्षिण एसियाली राष्ट्रहरुबीच हुने साफ च्याम्पियनसिप फुटबलको तालिका निर्धारण भएको छ । भुटानमा भएको ‘ड्र’ मा नेपाल बाहेक दक्षिण एसियाका ६ देशको समूह विभाजन भएको हो । साफका अनुसार यदि सेप्टेम्बर ३० सम्ममा नेपालको फिफा प्रतिबन्ध खुलेको खण्डमा नेपालले आयोजक राष्ट्र बंगलादेशको समूह ‘ए’ मा रहेर साफ खेल्ने सम्भावना रहेको छ ।

‘ड्र’ सुरु हुनु अगाडि नै साफले नेपालको सहभागिताको बारेमा जानकारी दिएको थियो । समूह ‘ए’ मा आयोजक राष्ट्र बंगलादेशसँग श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’ मा भारत, पाकिस्तान र माल्दिभ्सले खेल्ने छन् । यदि ६ टिम भएको खण्डमा प्रतियोगितामा ९ खेल हुनेछ ।

जसमा लिग कम नकआउट प्रणालीमा खेल हुँदा हरेक टिमका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । यदि नेपालले सहभागिता जनाएको खण्डमा १२ खेल हुनेछन् । जसमा ९ वटा लिगको खेल हुनेछ भने २ सेमिफाइनल र १ फाइनल हुनेछ । प्रतियोगिता नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशको ढाकामा सञ्चालन हुनेछ । साफ च्याम्पियनसिपको १४ वटा संस्करण सम्पन्न हुँदा नेपाल १ पटक मात्र फाइनल पुगेको छ ।

नेपाल सन् २०२१ मा फाइनल प्रवेश गरेको थियो । नेपालले सन् २०२१ बाहेक १४ संस्करणमा ६ पटक सेमिफाइनलसम्म स्थान बनाएको छ । सन् १९९३, १९९५, १९९९, २०११, २०१३ र २०१८ मा नेपालले सेमिफाइनलसम्म स्थान बनाएको थियो । प्रतियोगिताको समय नजिकिँदै गर्दा नेपालका फुटबल खेलाडी तथा प्रशिक्षकले सम्बन्धित निकायलाई फिफाको प्रतिबन्ध खुलाउन आग्रह गर्दै सामाजिक सञ्जालमा स्ट्याटस र लेखहरु राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम