मुख्य समाचार
मस्कोस्थित एक इटालियन रेस्टुरेन्टबाहिर भएको विष्फोटमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते
मस्कोस्थित एक इटालियन रेस्टुरेन्टबाहिर भएको विष्फोटमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते

: रुसको राजधानी मस्कोस्थित एक इटालियन रेस्टुरेन्टबाहिर शनिबार साँझ भएको विष्फोटमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।

रुसी सरकारी सञ्चारमाध्यमले सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार उक्त विष्फोट घरेलु (होममेड) विष्फोटक पदार्थका कारण भएको हो । यो घटना स्थानीय समयअनुसार शनिबार राति करिब ८ बजे सहरको मध्यभागमा रहेको कुड्रिन्स्काया स्क्वायर नजिकै भएको थियो ।

‘नेशनल एन्टी-टेररिस्ट कमिटी’का अनुसार एक महिला विष्फोटक पदार्थ बोकेर रेस्टुरेन्टभित्र छिर्ने प्रयास गरिरहेकी थिइन् । तर, त्यहाँ तैनाथ सुरक्षा गार्डले उनलाई रोकेका थिए । सोही क्रममा विष्फोट हुँदा ती महिला, सुरक्षा गार्ड र रेस्टुरेन्टमा उपस्थित अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको समयमा रेस्टुरेन्टमा एक निजी कार्यक्रम भइरहेको थियो । अधिकारीहरूले हालसम्म उक्त कार्यक्रममा सहभागी व्यक्तिहरूको सूची सार्वजनिक गरेका छैनन् भने आक्रमणको मुख्य निशानामा को थिए भन्नेबारे पनि केही खुलाएका छैनन् ।

प्रत्यक्षदर्शीका अनुसार विष्फोटलगत्तै धेरै मानिसलाई रक्ताम्मे अवस्थामा रेस्टुरेन्टबाट बाहिर निकालिएको थियो । पछिल्ला वर्षहरूमा मस्को र यसको आसपासका क्षेत्रमा धेरै वरिष्ठ रुसी सैन्य अधिकारीहरूको हत्याका घटनाहरू सार्वजनिक हुँदै आएका छन् । रुसले यस्ता आक्रमणहरूका लागि युक्रेनमाथि आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम