मुख्य समाचार
ब्रड पिकमा बेपत्ता आरोहीको खोजी आज पनि, ड्रोनले शव देखाएको स्थानमा उद्धार टोली
ब्रड पिकमा बेपत्ता आरोहीको खोजी आज पनि, ड्रोनले शव देखाएको स्थानमा उद्धार टोली

— पाकिस्तानको गिलगिट–बाल्टिस्तानस्थित ८,०५१ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोपछि बेपत्ता आरोहीहरूको खोज तथा उद्धार अभियान शनिबार पनि जारी छ । ड्रोनबाट सम्भावित शव देखिएको स्थानमा हेलिकोप्टरमार्फत हवाई टोली र स्थलमार्गबाट ग्राउन्ड टोली परिचालन गरिएको हो ।

शनिबार अपराह्न कान्तिपुरसँग कुरा गर्दै पाकिस्तानस्थित नेपाली राजदूत रिता धितालले ड्रोनबाट शव देखिएका स्थानमा हवाई तथा स्थल दुवै टोली परिचालन गरिएको जानकारी दिइन् । 'पाकिस्तानको स्कार्दुमा रहेका सम्बन्धित अधिकारीबाट प्राप्त जानकारीअनुसार बिहानैदेखि खोजी अभियान पुनः सुरु गरिएको हो,' उनले भनिन् ।

ड्रोनबाट पहिचान गरिएको स्थानमा हेलिकोप्टरमार्फत हवाई उद्धार टोली र स्थलमार्गबाट ग्राउन्ड टोली पठाइएको धितालको भनाइ छ । 'आजको योजना त्यही लोकेसनमा एरियल टिम र ग्राउन्ड टिम दुवैलाई पठाउने भन्ने जानकारी पाकिस्तान अल्पाइन क्लबबाट आएको छ । खोजी अभियान जारी नै छ,' उनले भनिन् ।

ads/1440x233ekantipurcomcombinesummerkv-0462026073435.jpg
शुक्रबार ड्रोनमार्फत घटनास्थलमा थप शव देखिएको जानकारी आएपछि शनिबारको उद्धार अभियान सोही क्षेत्रमा केन्द्रित गरिएको हो ।

उनका अनुसार पाकिस्तानका सुरक्षा निकाय र उद्धार समन्वयकर्ताले पुष्टि भएका विवरण मात्रै नेपाली दूतावासलाई उपलब्ध गराउने गरेका छन् । शनिबार दिउँसोसम्म खोजी अभियान जारी रहे पनि थप आधिकारिक प्रगति प्राप्त नभएको उनले जानकारी दिइन् ।

पाकिस्तानको हिमपहिरो : हेलिकोप्टरबाट ३ शव उठाइयो, ७ को अवस्था अझै अज्ञात
पाकिस्तानको हिमपहिरो : हेलिकोप्टरबाट ३ शव उठाइयो, ७ को अवस्था अझै अज्ञात
ब्रड पिकमा बिहीबार क्याम्प–२ बाट क्याम्प–३ तर्फ उक्लिने क्रममा करिब ६,६०० मिटर उचाइमा हिमपहिरो गएको थियो । उक्त अभियान काराकोरम एक्सपेडिसन्स, इमाजिन क्लाइम्ब पाकिस्तान र ब्लु स्काई ट्रेक एन्ड टुर्सले संयुक्त रूपमा आयोजना गरेका थिए । १० सदस्यीय अन्तर्राष्ट्रिय टोलीमा नेपाल, अमेरिका, ओमान, चीन, पाकिस्तान र बेलायतका पर्वतारोही सहभागी थिए । टोलीमा विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्सदाइ) सहित ६ नेपाली पर्वतीय गाइड पनि थिए ।

ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
बिहीबार बिहान ९ बजेदेखि टोलीसँग सम्पर्क विच्छेद भएको थियो । त्यसपछि साँझ करिब ८ बजे क्याम्प–२ बाट क्याम्प–३ तर्फ उक्लिँदै गर्दा हिमपहिरो गएको पुष्टि भएको हो ।

पाकिस्तानी अधिकारीहरूका अनुसार हालसम्म तीन जनाको मृत्यु पुष्टि भएको छ । उद्धार टोलीले नेपाली आरोही पुरबहादुर गुरुङ र ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थीको शव उद्धार गरिसकेको छ । साथै अमेरिकी आरोही सारा म्यालोरीको शरीरका अवशेष फेला परेको पुष्टि भएको छ । शुक्रबार प्रतिकूल मौसम र भारी हिमपातका कारण थप उद्धार रोकिएको थियो ।

यसैबीच, घटनास्थलमा खटिएका नेपाली र चिनियाँ आरोहीहरूले ड्रोनमार्फत थप शव देखिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सप्तरीका दुई स्थानीय तहमा जारी रहेको कर्फ्यु आदेश दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न २ घण्टा खुकुलो पारिएपछि स्थानीय बासिन्दालाइ सहज भएको छ । शनिबार बिहान जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बिहान ७ देखि ९ बजेसम्मका लागि खुकुलो पारिएको थियो । सो समय सर्वसाधारण किनमेल र महत्वपूर्ण कामका लागि बाहिर निस्किएका थिए । जिल्लाको समग्र ...
— गर्मी बढेपछि दुई दिनयता पौडी खेल्न गएका तीन बालको डुबेर मृत्यु भएको छ । एक बालिका बेपत्ता छिन् । जिल्ला प्रहरी उदयपुरका अनुसार कटारी नगरपालिका–३ हडैयामा शुक्रबार एकैघरका ११ वर्षीय सुमतकुमार दनुवार, ७ वर्षीय सुगमकुमार दनुवार र ८ वर्षीय आदित्यकुमार दनुवारको डुबेर मृत्यु भएको थियो । दिउँसो गर्मीबाट जोगिन भन्दै हडैया गाउँमा पौडी खेल्न गएका ...
— नेपाल आयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ । शनिबार निगमले विज्ञप्ती जारी गर्दै यस्तो निर्देशन दिएको हो । साथै निगमले बजारमा १४.२ केजी एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नगर्न पनि आग्रह गरेको छ। निगमले असार ३१ गतेको निर्णयअनुसार १४.२ केजी ...
— भारतमा निर्यात हुने माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको अनुमति सकिएको एक महिना बित्दा पनि नवीकरण हुन सकेको छैन । माथिल्लो चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादित ३८.८० मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्न स्वीकृती पाएको थियो । उक्त आयोजनाको स्वीकृती ३१ जुन मै सकिए पनि अहिलेसम्म नविकरण हुन सकेको छैन । सेती नदीको २४.२५ र माथिल्लो तादी खोलाको ...
— प्रधानमन्त्री वालेन्द्र शाहले ‘ब्रड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित विश्वको १ २औं अग्लो आठ हजार ५१ मिटर उचाइको ब्रड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमाननी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना आरोहीको निधनप्रति दुःख व्यक्त गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम