— रुपन्देहीको भैरहवामा शनिबार बिहान व्यवसायिक संघ–संस्थाले मुलुकमा शान्ति स्थापनाको कामना सहित सद्भाव र्याली निकालेका छन् ।
चेम्बर अफ कमर्श र सिद्वार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको अगुवाइमा आयोजित सद्भाव र्यालीमा उद्योगी, व्यवसायीका साथै सदरमुकाम भैरहवामा रहेका सामाजिक संघ–संस्थाका प्रतिनिधि सहभागी रहेका थिए ।
बिहान भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको र्याली बर्मेली टोल हुँदै मुख्य बजारको मिलनचोकमा पुगेर टुंगिएको थियो । र्यालीमा सहभागीले रुपन्देहीमा सबै समूहबीच एकता कायम रहेको र आगामी दिनमा पनि मिलेर सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्वता जनाएका थिए ।