मुख्य समाचार
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपसँग आफ्ना प्रमुख प्रतियोगिताको सेयर विक्री गर्ने विवादास्पद योजना फिर्ता
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपसँग आफ्ना प्रमुख प्रतियोगिताको सेयर विक्री गर्ने विवादास्पद योजना फिर्ता

— अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपसँग आफ्ना प्रमुख प्रतियोगिताको सेयर विक्री गर्ने विवादास्पद योजना फिर्ता लिएको बताएका छन् । आफ्नो प्रस्तावको व्यापक विरोध भएपछि इन्फान्टिनाले यो योजना नै रद्द गर्न बाध्य भएका हुन् ।

यसअघि युरोपेली फुटबल महासंघ (यूईएफए) ले फिफाको यो प्रस्ताव कायम रहेसम्म विश्वकप नै बहिस्कार गर्ने धम्की दिएको थियो । एसियाली फुटबल महासंघ (एएफपी) ले प्रस्तावको विरोधमा प्रेस विज्ञप्नी नै जारी गरेको थियो ।

इन्फान्टिनोले भनेका छन्, ‘यो योजनाले विश्व फुटबलमा विभाजन सिर्जना गरेको र यस यसको मूल उद्देश्य नै यो खेलको हितमा नभएको स्पष्ट भएको छ । त्यसैले अब यो प्रस्तावलाई अगाडि बढाइने छैन् ।’

हृवाइट हाउस प्यानलमा रहेका उनका वरिष्ठ सल्लाहकारले राजीनामा दिएपछि तथा एसियाली फुटबल निकायले युरोप र उत्तर अमेरिकालाई साथ दिंदै यसको विरोध गरेपछि इन्फान्टिनोले उक्त निर्णय लिन बाध्य भएका हुन् ।
इन्फान्टिनोले कुश्नर परिवारलगायत निजी लगानीकर्ताहरूसँग मिलेर विश्वकप सञ्चालन गर्न २० अर्ब डलरको कम्पनी स्थापना गर्ने प्रस्ताव गत मंगलबार अघि सारेका थिए । तर उक्त प्रस्तावपछि हरेक दिन यसको विरोधको मात्रा बढ्दै गईरहेको थियो ।

युरोपेली फुटबल महासंघ (यूईएफए) का ५५ सदस्य राष्ट्रहरूले बिहीबार इन्फान्टिनोको योजनाको विरोध गर्दै विश्वकप र फिफाका सबै प्रतियोगिताहरू बहिष्कार गर्ने निर्णय नै गरेका थिए । पछि उत्तर अमेरिकाको कन्काकाफ र एसियाली फुटबल महासंघले पनि इन्फान्टिनोको उक्त योजनाको विरोध गरेका थिए ।

‘केही कुराहरु बेच्नको लागि धेरै महत्वपूर्ण हुन्छन्,’ यूईएफएले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘फिफा विश्वकप भनेको फुटबलको सम्पत्ति हो । यो सधैं रहनेछ । र जबसम्म युरोपको आवाज रहन्छ, यो कहिल्यै बिक्रीको लागि हुनेछैन ।’

विश्वकपका लागि हृवाइट हाउस टास्क फोर्समा फुटबल निकायको प्रतिनिधित्व गरेका पूर्व गोल्डम्यान स्याक्स बैंकर तथा इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेइरोले शुक्रबार राजीनामा दिए र फिफाका अन्य वरिष्ठ कर्मचारीहरूलाई पनि बोल्न आग्रह गरे । फिफाले ‘कसैले फुटबल बेचिरहेको छैन’ भनी दाबी गरेको केही घण्टापछि नै कोर्डेइरोले एक विज्ञप्तिमा भने, ‘फिफाले विश्वकपको हिस्सेदारी बेच्ने कुरा गरिरहँदा म चुप लागेर बस्न सक्दिनँ ।’

त्यसको केही घन्टापछि नै फिफाका प्रमुख कार्यसञ्चालन अधिकृत केभिन लामोरले एक विज्ञप्ति जारी गर्दै बिक्रीको योजना बनाउँदा इन्फान्टिनोले खुलापन नदेखाएको कारण फिफा कर्मचारीहरू धोकामा परेकाले पनि यो परियोजना अगाडि बढ्नु नहुने भनाइ राखेका छन् । फिफा र युरोपेली फुटबल निकाय यूईएफए दुवैमा इन्फान्टिनोका लामो समयदेखिका सहकर्मी रहेका लामोरले लेखेका छन्, ‘यो एक व्यक्तिको परियोजना हो । यो परियोजना अगाडि नबढ्नु मात्र होइन, अब फुटबलका राजनीतिक नेताहरूले आफैंलाई उपयुक्त प्रश्न सोध्ने र सही निर्णय लिने समय आएको छ ।’

इन्फान्टिनोले पुरुष र महिलाहरूको लागि समावेश विश्वकप र क्लब विश्वकपलाई छुट्ट्याएर फिफाको व्यावसायिक कारोबारहरू २० अर्ब डलरको सहायक कम्पनी बनाउने र त्यसमा २० प्रतिशत स्वामित्व निजी लगानीकर्ताहरूलाई दिने प्रस्ताव गरेका थिए । फिफाले भनेको मुख्य लगानीकर्ता ‘एंकर इन्भेस्टर’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुश्नरका कान्छा भाइ जोशुआ कुश्नरले स्थापना गरेको न्यूयोर्कस्थित एक लगानी फर्म हो ।

५ सेप्टेम्बरदेखि पोल्याण्डमा सुरु हुने फिफाको अर्को प्रतियोगिता महिला अन्डर–२० विश्वकपलाई यूईएफएका सदस्यहरूले बहिष्कार गर्ने बताएका थिए । सन् २०१९ र २०२३ मा निर्विरोध निर्वाचित भएका इन्फान्टिनोलाई फिफाको विधानअनुसार थप चार–वर्षे एक कार्यकालको अनुमति छ । अर्को अध्यक्षीय चुनावको अन्तिम म्याद १८ नोभेम्बरमा हो, जुन मोरक्कोको रबातमा हुने मतदानभन्दा ठ्याक्कै चार महिना अघि हो । रबातमा फिफाको अफ्रिकी मुख्यालय रहेको छ ।

उनको कार्यशैली र अलोकप्रिय परियोजनाहरू जबरजस्ती लागू गर्ने अघिल्ला प्रयासहरूप्रति लामो समयदेखिको असन्तुष्टिका बावजुद इन्फान्टिनोको पद सुरक्षित देखिन्थ्यो, तर यो असफल निजी इक्विटी प्रस्तावसँगै उनको स्थिति थप कमजोर बन्न सक्ने अनुमान गरिएको छ । फिफा र इन्फान्टिनोका लागि यो योजना फिर्ता लिनु ठूलो धक्का रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। क्रिकेट विश्वकप लिग २ मा लगातार चार खेलमा पराजित भएपछि शीर्ष चारमा रहँदै ओडिआई विश्वकपको ग्लोबल क्वालिफायर पुग्ने नेपालको सम्भावना निकै कठिन बनेको छ । शीर्ष चारको लागि एकदमै झिनो सम्भावना बाँकी रहेपनि एक खेलको नतिजाले नै नेपालको त्यो सम्भावना सकिन सक्नेछ । अब नेपालको लक्ष्य शीर्ष चार भन्दा पनि शीर्ष ६ मा रहँदै ओडिआई मान्यता ...
: आइसिसी विश्वकप लिग - २ अन्तर्गत जारी श्रृङ्खलाको अन्तिम खेलमा आज नेपालले घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दैछ। नेदरल्यान्ड्समा भइरहेको यस श्रृङ्खलामा नेपालले सुखद नतिजा निकाल्न सकेको छैन। पहिलो खेलदेखि नै लगातार ३ हार बेहोरेको नेपाल अन्तिम खेलमा सुखद नतिजासहित घर फर्कन चाहन्छ। नेपालले पहिलो खेलमा नामिबीयासँग ८ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपाल ...
। रोबर्टो मान्सिनीलाई दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । इटाली फुटबल महासंघ (एफआईजीसी) ले मंगलबार मान्सिनीलाई नयाँ प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएपछि यसअघिका प्रशिक्षक गेनारो गट्टुसोले अप्रिलमा इटालीको मुख्य प्रशिक्षकको पद छाडेका थिए । अब मान्सिनीले उनको स्थान लिनेछन् । आन्द्रे पिर्लो प्रशिक्षक पदको ...
। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकपलाई थप विस्तार गर्ने तयारी थालेको छ । फुटबलको विश्वकपलाई ४८ टोलीसम्म विस्तार गरेको फिफाको बाटो पछ्याउँदै आईसीसीले पनि टी–२० विश्वकपमा सहभागी टोलीको संख्या चरणबद्ध रूपमा बढाउने योजना अघि सारेको हो । बेलायती सञ्चारमाध्यम द टेलिग्राफ मा प्रकाशित समाचार अनुसार आईसीसीले सन् २०३० मा इंग्ल्यान्ड, वेल्स र आयरल्यान्डमा ...
विश्वकपमा निराशाजनक प्रदर्शनपछि पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले हलिउडमा आफ्नो पहिलो ड्रामा शृंखलाको तयारी गरिरहेको बताइएको छ । द सनका अनुसार रोनाल्डोले ‘किङ्सम्यान’ निर्देशक म्याथ्यु वनसँग मिलेर बेलायतका एक फुटबल एजेन्टको कथामा आधारित शृंखला निर्माण गरिरहेका छन् । ‘डे वन्स’ नाम दिइएको शृंखलामा डेमियन लुइस मुख्य भूमिकामा देखिनेछन् भने खेल क्षेत्रका थुप्रै चर्चित अनुहार पनि सहभागी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम