मुख्य समाचार
सुनसरीले जिल्लाका १० स्थानीय तहमा लागू गरिएको निषेधाज्ञाको अवधि आइतबार बिहान ९ बजेसम्मका लागि थप
सुनसरीले जिल्लाका १० स्थानीय तहमा लागू गरिएको निषेधाज्ञाको अवधि आइतबार बिहान ९ बजेसम्मका लागि थप

— जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १० स्थानीय तहमा लागू गरिएको निषेधाज्ञाको अवधि आइतबार बिहान ९ बजेसम्मका लागि थप गरेको छ।

यसअघि शनिबार बिहान ८ः३० बजेदेखि साँझ ५ बजेसम्म लागू गरिएको निषेधाज्ञालाई सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आइतबार बिहान ९ बजेसम्म निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी अर्यालद्वारा जारी आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञा अवधिभर एक स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, धर्ना, जुलुस, प्रदर्शन, सभा तथा यस्तै प्रकृतिका गतिविधि गर्न रोक लगाइएको छ।

निषेधाज्ञा इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिकामा लागू रहने प्रशासनले जनाएको छ।

देवानगञ्जमा भएको हिंसात्मक घटनापछि जिल्लाका संवेदनशील क्षेत्रमा प्रशासनले सुरक्षा सतर्कता बढाउँदै कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरेको थियो। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै प्रशासनले निषेधाज्ञाको अवधि पुनः थप गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
काठमाडौँ — रेजिडेन्ट (एमडी/एमएसका आवासीय) र इन्टर्न (एमबीबीएस/बीडीएसका प्रशिक्षार्थी) चिकित्सकले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ । डा. गोविन्द केसी र सरकारबीच निजी मेडिकल कलेजको सिट तत्काल नबढाउने सहमतिपछि रेजिडेन्टलाई दिँदै आएको निर्वाह भत्ता नदिने कलेज सञ्चालकहरूको घोषणा र इन्टर्न चिकित्सकहरूले आफूहरूलाई पनि भत्ताको व्यवस्था गर्न अल्टिमेटम दिएपछि मासिक भत्ताको विषयमा विवाद ...
— बर्दिबासको कालापानीमा शनिबार बिहानदेखि स्थानीयले अबरुद्ध गरेको बीपी राजमार्ग सञ्चालनमा आएको छ। आन्दोलनरत स्थानीय र स्थानीय प्रशासन बीच अनौपचारीक सहमति भएपछि बिहानदेखि अबरुद्ध राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए। डिभिजन वन कार्यालयका कर्मचारीलाई नियन्त्रणमा लिएर सरकारी गाडीमा आगजनी गर्नेमाथि दर्ता भएको मुद्दा फिर्ता हुनुपर्ने माग राख्दै स्थानीयले बीपी राजमार्ग ...
— सुनसरीको देवानगन्जबाट सुरु भएको तनाव देशका विभिन्न स्थानमा फैलिएको भन्दै पूर्वकूटनीतिज्ञ, नागरिक अगुवा तथा बुद्धिजीवीहरूले सामाजिक सद्भाव, सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल गरेका छन् । शनिबार जारी अपिलमा दंगाबा क्रममा ज्यान गुमाएका सुनसरीका ओमप्रकाश मेहता, गणेश मेहता र सिरहाका गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । साथै, मृतकका ...
— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, लगनखेलका तीन नायब सुब्बासहित पाँच जनालाई ३ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगका अनुसार भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवालले मिलेमतोमा जग्गाको बकसपत्र गराइदिने काममा सेवाग्राहीलाई दुःख–हैरानी दिई घुस मागेको भन्ने ...
— गृहमन्त्री सुदन गुरुङ र हिन्दु सम्राट सेनाबीच जनकपुरमा वार्ता सुरु भएको छ । तराई-मधेशका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यीकरण गर्न गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेका हुन् । जिल्ला प्रशासन कार्यालय धनुषाको परिसरमा रहेको अधिकृत संगममा गृहमन्त्री गुरुङ र हिन्दु सम्राट सेनाका प्रतिनिधिबीच वार्ता भइरहेको हो । वार्तामा हिन्दु ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम