मुख्य समाचार
विभिन्न माग राखी आन्दोलनरत रहेका लघुवित्त पीडितहरू र सरकारद्वारा गठित वार्ता टोलीबीच पाँच बुँदे सहमति
विभिन्न माग राखी आन्दोलनरत रहेका लघुवित्त पीडितहरू र सरकारद्वारा गठित वार्ता टोलीबीच पाँच बुँदे सहमति

— विभिन्न माग राखी आन्दोलनरत रहेका लघुवित्त पीडितहरू र सरकारद्वारा गठित वार्ता टोलीबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयमा सरकारी वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषणविरूद्धको संघर्ष समितिबीच सम्झौता भएको हो । सहमतिसँगै संघर्ष समितिले देशभर जारी रहेका आन्दोलन र अनसनका सबै कार्यक्रम अन्त्य गर्ने घोषणा गरेको छ ।

सम्झौताअनुसार लघुवित्त पीडितका समस्या समाधानका लागि गठित कार्यदलले २०८१ साउन २२ मा बुझाएको प्रतिवेदन कार्यान्वयनको योजनासहित १५ दिनभित्र अर्थ मन्त्रालयमा सिफारिस गरिनेछ । ‘समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन एवं कालोसूची र धितो लिलामसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन लगायतका विषयमा उपयुक्त कार्यान्वयनयोग्य विकल्पसहित प्रतिवेदनमा सिफारिस गर्ने,’ बुँदा २ मा भनिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको ‘घ’ वर्गका लघुवित्त संस्थाहरूका लागि सञ्चालन मार्गनिर्देशन, २०७९ लाई पूर्ण रूपमा कार्यान्वयन गर्ने सहमति भएको छ । यसको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्र बैंकले कडाइका साथ अनुगमन गर्ने भनिएको छ ।

लघुवित्त संस्थाहरूले ऋण असुलीका नाममा ऋणीहरूलाई दिने यातना, घरबाट जिन्सी सामान उठाउने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्नेजस्ता गैरकानुनी कार्य रोक्न गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइने सहमति भएको छ ।

लघुवित्त पीडितका समस्या समाधान गर्ने सहमति कार्यान्वयन गर्न सरकारका नाममा सर्वोच्च अदालतले जारी गरेको परमादेश कार्यान्वयको माग गर्दै गत मंगलबारदेखि सयभन्दा बढी पीडित काठमाडौंको माइतीघरमा संयुक्त आन्दोलनमा उत्रिएका थिए । समितिका अध्यक्ष मणिराम ज्ञवालीको नेतृत्वमा तीन दर्जनभन्दा बढी आमरण अनसन बसेका थिए भने बाँकीले ओढ्ने ओच्छ्याउने र खाद्यन्नसहित माइतीघरमै संघर्ष जारी राखेका थिए ।

उनीहरूले बुझाएको १४ बुँदे मागमध्ये ५ वटा बुँदामा सहमति भएको हो । वार्ता दुई दिनसम्म चलेको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेका थिए । समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल थिए भने वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री सुदन गुरुङ र हिन्दु सम्राट सेनाबीच जनकपुरमा वार्ता सुरु भएको छ । तराई-मधेशका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यीकरण गर्न गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेका हुन् । जिल्ला प्रशासन कार्यालय धनुषाको परिसरमा रहेको अधिकृत संगममा गृहमन्त्री गुरुङ र हिन्दु सम्राट सेनाका प्रतिनिधिबीच वार्ता भइरहेको हो । वार्तामा हिन्दु ...
— सिरहाको गोलबजारमा भएको घटनामा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ। मृतकको परिवार र सरकारबीच शुक्रबार राति सम्झौता भएको हो। वार्ताका लागि पीडित परिवारले गृहमन्त्री गुरुङलाई ८ घण्टाभन्दा बढी प्रतीक्षा गरेका थिए। गुरुङ लहानमा भेटघाटमा व्यस्त देखिएका कारण सम्झौतामा ढिलाइ भएको थियो। अबेर राति भएको सम्झौतामा मृतकका बुवा रामवृक्ष ...
— विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको ब्रड पिकमा गएको हिमपहिरोमा परी निधन भएको एलिट एक्स्पेडले पुष्टि गरेको छ । शनिबार सार्वजनिक गरेको शोक वक्तव्यमा कम्पनीले 'गहिरो दुःख र अपार पीडाका साथ ब्रड पिकमा गएको हिमपहिरोपछि निर्मल ‘निम्सदाइ’ पुर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौं' भनेको छ । साथै उक्त दुर्घटनामा अभियानका ...
— चीन सीमाअन्तर्गत उत्तरी गोरखाका चुमनुब्री गाउँपालिका–१ को रुइला र वडा नं. ७ को डुइला नाका निश्चित अवधिका लागि खुलेपछि स्थानीयवासी दैनिक उपभोग्य सामग्री खरिद गर्न तिब्बतको बजार जान थालेका छन्। असार अन्तिम सातादेखि दुवै नाका सञ्चालनमा आएपछि सीमावर्ती बस्तीका बासिन्दाको आवतजावत बढेको छ। तर यस पटक वनलसुन र यार्सागुम्बाले तिब्बती बजारमा भाउ नपाएको स्थानीयले बताए ...
— जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १० स्थानीय तहमा लागू गरिएको निषेधाज्ञाको अवधि आइतबार बिहान ९ बजेसम्मका लागि थप गरेको छ। यसअघि शनिबार बिहान ८ः३० बजेदेखि साँझ ५ बजेसम्म लागू गरिएको निषेधाज्ञालाई सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आइतबार बिहान ९ बजेसम्म निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी अर्यालद्वारा जारी आदेशअनुसार स्थानीय प्रशासन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम