मुख्य समाचार
नेपाली कांग्रेसका सभापति गगन थापाले कोशी र मधेश प्रदेशमा आगो जसले लगाएको भए पनि निभाउने काम पार्टीको भएको बताए
नेपाली कांग्रेसका सभापति गगन थापाले कोशी र मधेश प्रदेशमा आगो जसले लगाएको भए पनि निभाउने काम पार्टीको भएको बताए

। नेपाली कांग्रेसका सभापति गगन थापाले कोशी र मधेश प्रदेशमा आगो जसले लगाएको भए पनि निभाउने काम पार्टीको भएको बताएका छन् ।

पार्टीका तर्फबाट निर्वाचित कोशी र मधेश प्रदेशसभा र पालिकाका जनप्रतिनिधिसँग शुक्रबार भर्चुअल छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

‘हामी मुख्य शक्ति हो, हामी अभिभावक हो, हामी जिम्ेमवार हो र, सम्हाल्ने काम हाम्रो हो,’ सभापति थापाले भने, ‘आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हो ।’

उनले कांग्रेस सम्हाल्ने शक्ति भएकाले सहिष्णुता कायम रहने गरी काम गर्न पनि जनप्रतिनिधिहरूलाई निर्देशन दिए ।


‘सम्हाल्ने शक्ति हामी भएकाले जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राखेर सहिष्णुता कायम गर्ने गरी सबै साथीहरूले काम गर्नुहोला,’ सभापति थापाले भने ।

थापाले सामाजिक सञ्जालमा आउने सूचनाहरू पत्याएर धारणा नबनाउन पनि जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

‘जुन कुरा आयो, जस्ताको त्यस्तै त्यसलाई पत्याइहाल्ने कुरा र त्यसको आधारमा धारणा बनाएर कमेन्ट गरी हाल्ने, टिप्पणी गरिहाल्ने, बोली हाल्ने, लेखी हाल्ने, भनी हाल्ने हामीले नगरौं,’ उनले भने, ‘सबैलाई आग्रह छ ।’

सार्वजनिक रुपमा आएका विषयवस्तुलाई भावनामा बगेर हेर्न नहुने भन्दै उनले तथ्य, प्रमाण र विवेकका आधारमा हेर्नुपर्नेमा पनि जोड दिए ।

‘कुनै पनि विषय वस्तु कहीँ आएको छ भने पोलिटिकल लिडर भएकोले गर्दा हामी अलिकति र्‍यासनल हुनुपर्छ,’ सभापति थापाले भने, ‘यस्तो होला त यो, यो हो कि होइन भन्नका लागि एक छिन थामिने, त्यसलाई भेरिफाइ गर्ने, हो कि होइन भनेर सोध्ने, त्यसलाई बुझ्ने अनि त्यसपछि मात्रै आफ्नो धारणा बनाउनु पर्ने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्राध्यापक संघ संगठनले मतभेदलाई थाती राखेर शान्ति कायम गर्न तीनै तहको सरकारलाई आग्रह गरेका छन् । सुनसरी लगायतका जिल्लामा तनावको स्थिति बनिरहेका बेला प्राध्यापक संघ संगठनको सद्भाव कायम गर्न अपिल गरेका हुन् । ‘असहज परिस्थितिमा मतभेदलाई थाती राखी न्याय र शान्तिको लागि योगदान दिन तीनै तहका सरकार, रजनीतिक दल, सञ्चारकर्मी बुद्धिजीवी धार्मिक नेता तथा सबै देशभक्त ...
। प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई संघीयताविरोधीको रुपमा नलिन मधेशकेन्द्रित दलका नेताहरूसँग अनुरोध गरेका छन् । सुनसरी घटना लगायतका विषयमा शुक्रबार प्रधानमन्त्री कार्यालयमा छलफल गर्दै उनले संघीयताप्रतिको प्रतिबद्धता गरेका हुन् । मधेसका नेताहरूले प्रदेशहरूलाई बलियो नबनाउँदा, सुरक्षा लगायतका जिम्मेवारी प्रदेशमा नहुँदा यस्ता घटनाहरू नियन्त्रणमा समस्या भएको कुरा उठाएपछि प्रधानमन्त्री शाहले संघीयता र प्रदेशको विषयमा बोलेका थिए । बैठकपछि ...
। प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्‌भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका ...
। सशस्त्र प्रहरी बलले सामाजिक द्वेष फैलाउने गतिविधिमा नलाग्न अनुरोध गरेको छ । सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले एक सूचना जारी गर्दै सामाजिक द्वेष फैलाउने, धामिर्क सहिष्णुता बिथोल्ने किसिमका हिंसात्मक, गैह्रकानुनी र उत्तेजक गतिविधिमा संलग्न नहुन अनुरोध गरेका छन् । शान्ति सुव्यवस्था र सद्भाव कायम राख्न समन्यात्मक ढंगबाट सशस्त्र प्रहरीले काम गरिरहेको पनि बताइएको छ ...
। सरकारले प्राङ्‍गारिक मल उत्पादकहरूको विवरण संकलन गर्दैछ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले देशभर रहेका व्यावसायिक प्राङगारिक तथा जैविक मल उत्पादकहरूको विवरण संकलन अभियान सुरु भएको जानकारी गराएकी हुन् । नेपालमा प्राङ्‍गारिक तथा जैविक मलको व्यावसायिक उत्पादनलाई प्रवर्द्धन गर्ने, उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने तथा उत्पादकहरूबीच सशक्त सञ्जाल निर्माण गर्ने उद्देश्यले यो अभियान सञ्चालन भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम