मुख्य समाचार
स्पेनको उत्तर अफ्रिकी स्वायत्त शहर सेउटामा जारी आप्रवासी संकटले नयाँ मोड
स्पेनको उत्तर अफ्रिकी स्वायत्त शहर सेउटामा जारी आप्रवासी संकटले नयाँ मोड

। स्पेनको उत्तर अफ्रिकी स्वायत्त शहर सेउटामा जारी आप्रवासी संकटले नयाँ मोड लिएको छ । स्पेनी दैनिक एल पाइसले सुरक्षा निकायको प्रारम्भिक अनुमान उद्धृत गर्दै पछिल्ला केही दिनमा ४० हजारभन्दा बढी आप्रवासी अनियमित रूपमा सेउटा प्रवेश गरेको जनाएको छ । केही सुरक्षा स्रोतले यो संख्या ५० हजार नजिक पुग्न सक्ने आकलनसमेत गरेका छन् । स्पेनको गृह मन्त्रालयले भने अहिलेसम्म आधिकारिक संख्या सार्वजनिक गरेको छैन ।

यदि यो प्रारम्भिक अनुमान पुष्टि भयो भने, करिब ८४ हजार जनसंख्या रहेको सेउटामा केही दिनमै झन्डै आधा जनसंख्याबराबर नयाँ मानिस थपिएको हुनेछ । यही कारण सन् २०२१ को चर्चित सीमा संकटपछि फेरि एकपटक सेउटा युरोपको ध्यानको केन्द्र बनेको छ।

स्पेनी दैनिक ला भान्गार्डियाले शुक्रबार बिहानको सेउटालाई ‘एउटै शहरभित्र धेरै शहर’ जस्तो देखिएको चित्रण गरेको छ । एउटा भाग संगीत महोत्सव सकिएपछिको मैदानजस्तो, जहाँ पार्क र समुद्री किनारमा सयौं युवा घाँस र बालुवामै सुतेका छन् । अर्को भाग घेराबन्दीमा परेको शहरजस्तो, जहाँ सडकभर सेना र सुरक्षाकर्मीको गस्ती छ। अनि अर्को भाग सार्वजनिक बिदाजस्तो, जहाँ अनिश्चितताका कारण धेरै पसल र व्यवसाय बन्द छन्।

पहिलो रात : सडक नै आश्रय बन्यो

सेउटाको अस्थायी आप्रवासी केन्द्रले आफ्नो क्षमता धेरैअघि नै पार गरिसकेको छ । करिब पाँच सय जनाको क्षमता रहेको केन्द्र बाहिर सयौं युवाले रातभर पालो पर्खेर बिताएको ला भान्गार्डियाले उल्लेख गरेको छ।

आश्रय नपाएकाहरू पार्क, समुद्री किनार र सार्वजनिक स्थानमै सुते । कतिपय बिहान उठेर खाजा किन्न सिक्का जम्मा गरिरहेका थिए । कोही बन्दरगाहतर्फ हिँडिरहेका थिए-स्पेनी मुख्यभूमितर्फ जाने फेरी चढ्न पाइन्छ कि भन्ने आशामा । अरू केही मोबाइल पसलमा सिम कार्ड किन्न लाइनमा थिए, ताकि आफ्नो परिवारलाई आफू जीवित रहेको खबर दिन सकुन् ।

तर केहीका लागि पहिलो दिनको उत्साह दोस्रो दिनको अनिश्चिततामा बदलिन थालेको छ । थकान र अन्योलका कारण कतिपयले फेरि मोरक्को फर्किने सम्भावनाबारे पनि सोच्न थालेका छन्।

ला भान्गार्डियाका अनुसार सेउटामा पुगेकामध्ये ठूलो संख्या १८ वर्षभन्दा कम उमेरका किशोर-किशोरीहरूको छ। धेरैजसो समुद्रमा पसेकै पौडी खेल्ने लुगामा छन् । कतिपय नाङ्गो खुट्टा हिँडिरहेका छन् भने मोबाइल फोन प्लास्टिकको झोलामा राखेर सुरक्षित गरेका छन् ।

उनीहरू स्पेनी भाषा बोल्न सक्दैनन् । तर एउटै कुरा दोहोर्‍याइरहेका छन्-उनीहरू मोरक्को फर्किन चाहँदैनन् । स्पेनमा अवसर पाइन्छ भन्ने विश्वासले उनीहरू सीमा पार गरेर आएका हुन् । यही कारण अहिले स्पेनी सरकारका लागि सबैभन्दा जटिल प्रश्न नाबालिगहरूको व्यवस्थापन बनेको छ । सन् २०२१ को संकटपछि नाबालिगलाई सामूहिक रूपमा फिर्ता पठाउन नहुने कानुनी अभ्यास स्थापित भइसकेकाले प्रत्येकको अवस्था छुट्टाछुट्टै मूल्यांकन गर्नुपर्ने हुन्छ ।

१९ जनाको मृत्यु, खोजी अझै जारी

यसबीच एल पाइसका अनुसार मोरक्कोबाट पौडी खेलेर सेउटा पुग्ने प्रयासमा कम्तीमा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । प्रहरी स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारमा उद्धार टोलीको खोजी जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने सम्भावना औंल्याइएको छ।

समुद्र पार गरेर बाँचेकाहरूको यात्रा पनि सजिलो छैन । उनीहरूलाई अस्थायी आश्रय, स्वास्थ्य परीक्षण, खाना, पानी र कानुनी प्रक्रियाको व्यवस्थापन गर्नु अहिले स्पेनी प्रशासनको मुख्य चुनौती बनेको छ । बढ्दो संकटबीच प्रधानमन्त्री पेद्रो सान्चेज शुक्रबार सेउटा पुगेका छन् । केन्द्र सरकारले गार्डिया सिभिल, राष्ट्रिय प्रहरी, सेना, रेड क्रस र अन्य आपत्कालीन निकाय परिचालन गरी स्थानीय प्रशासनलाई सहयोग गरिरहेको छ।

सन् २०२१ को संकटमा करिब १० हजार मानिसले सीमा पार गरेका थिए । अहिले प्रारम्भिक अनुमान नै त्यसको चार गुणाभन्दा बढी छ । त्यसैले अहिले युरोपभर उठिरहेको प्रश्न केवल ‘कति जना आए ?’ भन्ने होइन । प्रश्न यो पनि हो- एउटा ८४ हजार जनसंख्या भएको शहरले ४० हजारभन्दा बढी आप्रवासी अनियमित रूपमा थपिए पछि त्यसको कसरी व्यवस्थापन गर्छ ?

सेउटाको सडकमा बितेको यो रात त्यसै प्रश्नको जीवित तस्वीर बनेको छ । संख्या अन्ततः परिवर्तन हुन सक्छ, तर शुक्रबार बिहानको सेउटाले युरोपको सीमा व्यवस्थापन र मानवीय उत्तरदायित्वबारे नयाँ बहस सुरु गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम