। उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री बालेन शाहबीच संवाद भएको छ । तराई मधेशको पछिल्लो परिस्थितिका विषयमा प्रधानमन्त्री शाहले उपराष्ट्रपति यादवसँग टेलिफोन संवाद गरेका हुन् ।
संवादका क्रममा दुवै जनाबीच आपसी समन्वय र राष्ट्रिय हितका विषयमा विचार-विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसअघि प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई शितलनिवास पुगेका भेटेका थिए । त्यस्तै उनले आज यसै सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन समेत गरे ।