मुख्य समाचार
अफवाह नफैलाउन र सामाजिक सद्‌भाव कायम राख्न पर्सा प्रशासनको अपिल
अफवाह नफैलाउन र सामाजिक सद्‌भाव कायम राख्न पर्सा प्रशासनको अपिल

। पर्सा जिल्ला प्रशासन कार्यालयले पछिल्लो समय देशका विभिन्न जिल्लामा विकसित प्रदर्शन, विरोध तथा त्यसबाट सिर्जित संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै जिल्लावासीका नाममा सार्वजनिक अपिल जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपिलमा पर्सा ऐतिहासिक रूपमा बहुजातीय, बहुधार्मिक तथा सामाजिक सद्भावको केन्द्र भएकाले सबै समुदायबीच आपसी विश्वास, सम्मान र सहिष्णुता कायम राख्न आग्रह गरिएको छ।




प्रशासनले हालको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै १५ गते बिहान ६ बजेसम्म लागू गरिएको निषेधाज्ञाको पूर्ण पालना गर्न अनुरोध गरेको छ। अनावश्यक रूपमा घर बाहिर ननिस्कन, भेला, जुलुस तथा प्रदर्शन नगर्न पनि प्रशासनले आग्रह गरेको छ।

यस्तै, सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, उत्तेजना बढाउने वा शान्ति–सुरक्षामा असर पर्ने किसिमका समाचार, अफवाह, फोटो तथा भिडियो पोस्ट, शेयर वा टिप्पणी नगर्न चेतावनी दिइएको छ। यस्ता गतिविधिमा संलग्न पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रशासनले जनाएको छ।


जिल्ला प्रशासन कार्यालयले कुनै पनि विवाद वा असहमतिको समाधान कानुनी प्रक्रिया र शान्तिपूर्ण संवादबाट मात्र गर्न आग्रह गर्दै कानुन हातमा नलिन, सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन तथा सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न सबै नागरिकसँग अपिल गरेको छ।

अपिलको अन्त्यमा विविधतामा एकता नै पर्साको पहिचान र शक्ति भएको उल्लेख गर्दै प्रशासनले सबै पक्षलाई संयम, जिम्मेवारी र आपसी सद्‌भाव कायम राखी जिल्लाको शान्ति र सुरक्षा संरक्षणमा सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनकपुरधाममा कर्फ्युको कारण रेल सेवा बन्द भएको छ । कर्फ्यु आदेश बमोजिम यात्रुहरुको सुरक्षालाई मध्यनजर गरी हाल जयनगर-जनकपुर-भंगहा रेलखण्डअन्तर्गतका रेल सेवा कर्फ्यू आदेश जारी रहुन्जेलसम्मको लागि स्थगन गरिएको हो । नेपाल रेल्वे कम्पनीका निमित्त प्रशासन प्रमुख अजयकुमार सिंहले सूचना जारी गर कर्फ्यु अवधिभर सेवा स्नगन रहने बताएका छन् ।
। प्रधानमन्त्री बालेन शाहले देशका मधेशकेन्द्रित जिल्लामा भएको पछिल्लो घटनाक्रमबारे सम्बोधन गर्दै राज्य थप जिम्मेवार बन्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार साँझ देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले स्थानीय तहसम्म जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरु, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वसँग निरन्तर संवाद भइरहेको पनि बताएका छन् । ‘परिस्थिति सामान्य गर्न केन्द्रीय तहमा सर्वदलीय बैठक आह्वान गरी ...
आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू, म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु। १) केही दिनअघि सुनसरीको देवानगन्ज, सिरहालगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ। यस दुःखद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा देखिएको समस्याबारे मधेशकेन्द्रित दलका नेताहरू छलफल गरिरहेका छन् । अहिले सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा छलफल भइरहेको छ । देशमा देखिएको वर्तमान समस्याको निकास सम्बन्धमा तराई-मधेसकेन्द्रित दलहरूसँग छलफल भइरहेको लामिछानेको सचिवालयले जनाएको छ । छलफलमा जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत अन्य ...
। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले तराईका विभिन्न जिल्लामा देखिएको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उपचारका लागि हङकङमा रहेका देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालीको विशेषता भनेकै एकअर्काको सहअस्तित्वलाई स्वीकार्दै सद्भाव कायम राख्नु भएको बताएका हुन् । ‘केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएका गतिविधिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हामी नेपालीहरूको विशेषता भनेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम