मुख्य समाचार
धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय भाइचारा कायम राख्न सम्पूर्ण नेपालीलाई संयमता अपनाउन आग्रह
धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय भाइचारा कायम राख्न सम्पूर्ण नेपालीलाई संयमता अपनाउन आग्रह

। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय भाइचारा कायम राख्न सम्पूर्ण नेपालीलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

शुक्रबार जारी सन्देशमा उनले नेपाल धर्म, भाषा, जातजाति र संस्कृतिको विविधता भए पनि आपसी सम्मान, सहिष्णुता र सद्भावका साथ अघि बढ्दै आएको मुलुक भएको उल्लेख गरेका छन् । विविधतामा एकता नै नेपालको पहिचान, गौरव र शक्ति भएको उनको भनाइ छ ।

‘धर्म, भाषा, जातजाति र संस्कृतिको भिन्नताबीच पनि हामी आपसी सम्मान, सहिष्णुता र सम्मानका साथ सँगै बाँच्दै आएका छौं,’ उनले प्रहरी प्रमुख कार्कीले भनेका छन्, ‘विविधतामा एकता नै हाम्रो पहिचान, शान र शक्ति हो ।’

उनले धर्म, संस्कार र संस्कृति फरक भए पनि मुलुक र साझा भावना एउटै भएकाले एकअर्काको संस्कृति, संस्कार र आस्थाको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।


उनले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा कानुनविपरीत गतिविधि गर्ने कार्य कसैको हितमा नहुने उल्लेख गरेका छन् । यस्ता गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन बढाउने भएकाले सबै नागरिकलाई जिम्मेवार र संयमित बन्न उनले आग्रह गरेका छन् ।

विशेषगरी पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा खलल पुग्ने तथा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिएको भन्दै उनले त्यसप्रति चिन्ता व्यक्त गरेका छन् ।

यस संवेदनशील समयमा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्न उनले सबैमा आह्वान गरेका छन् ।

सबै नागरिकलाई संयमता, सहिष्णुता र आपसी सम्मानका साथ सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारा कायम राख्न सहयोग गर्न उनले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनकपुरधाममा कर्फ्युको कारण रेल सेवा बन्द भएको छ । कर्फ्यु आदेश बमोजिम यात्रुहरुको सुरक्षालाई मध्यनजर गरी हाल जयनगर-जनकपुर-भंगहा रेलखण्डअन्तर्गतका रेल सेवा कर्फ्यू आदेश जारी रहुन्जेलसम्मको लागि स्थगन गरिएको हो । नेपाल रेल्वे कम्पनीका निमित्त प्रशासन प्रमुख अजयकुमार सिंहले सूचना जारी गर कर्फ्यु अवधिभर सेवा स्नगन रहने बताएका छन् ।
। प्रधानमन्त्री बालेन शाहले देशका मधेशकेन्द्रित जिल्लामा भएको पछिल्लो घटनाक्रमबारे सम्बोधन गर्दै राज्य थप जिम्मेवार बन्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार साँझ देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले स्थानीय तहसम्म जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरु, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वसँग निरन्तर संवाद भइरहेको पनि बताएका छन् । ‘परिस्थिति सामान्य गर्न केन्द्रीय तहमा सर्वदलीय बैठक आह्वान गरी ...
आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू, म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु। १) केही दिनअघि सुनसरीको देवानगन्ज, सिरहालगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ। यस दुःखद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा देखिएको समस्याबारे मधेशकेन्द्रित दलका नेताहरू छलफल गरिरहेका छन् । अहिले सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा छलफल भइरहेको छ । देशमा देखिएको वर्तमान समस्याको निकास सम्बन्धमा तराई-मधेसकेन्द्रित दलहरूसँग छलफल भइरहेको लामिछानेको सचिवालयले जनाएको छ । छलफलमा जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत अन्य ...
। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले तराईका विभिन्न जिल्लामा देखिएको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उपचारका लागि हङकङमा रहेका देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालीको विशेषता भनेकै एकअर्काको सहअस्तित्वलाई स्वीकार्दै सद्भाव कायम राख्नु भएको बताएका हुन् । ‘केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएका गतिविधिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हामी नेपालीहरूको विशेषता भनेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम