मुख्य समाचार
मधेश प्रदेश सरकारले नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय
मधेश प्रदेश सरकारले नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय

। मधेश प्रदेश सरकारले नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मधेश सकरारको मन्त्रिपरिषद् बैठकपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा भएका सामाजिक, आर्थिक तथा सार्वजनिक सुरक्षासँग सम्बन्धित घटनाको गम्भीर समीक्षा गरिएको जनाएका छन् ।

प्रदेश सरकारले सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सम्भावित सुरक्षा चुनौतीको समयमै पहिचान, रोकथाम तथा प्रभावकारी व्यवस्थापन गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

प्रदेश सरकारले शान्ति, सामाजिक सद्भाव, धार्मिक तथा सांस्कृतिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दल, संघ–संस्था, धार्मिक गुरु, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र तथा आम नागरिकलाई संयमता, जिम्मेवारी र सहयोगको भूमिका निर्वाह गर्न अपिल गरेको छ ।


त्यसैगरी सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट अपुष्ट, भ्रामक वा समाजमा द्वेष, हिंसा तथा सार्वजनिक अशान्ति फैलाउन सक्ने प्रकृतिका सूचना वा सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरिएको छ ।

प्रदेश सरकारले आधिकारिक निकायबाट जारी भएका सूचनालाई मात्र विश्वास गर्न प्रदेशवासीसँग अनुरोध गरेको छ ।

विज्ञप्तिमा पछिल्ला घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

साथै, प्रदेश सरकार शान्ति–सुरक्षा, सुशासन, कानुनी शासन तथा नागरिकको संवैधानिक एवं कानुनी अधिकारको संरक्षणप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। डोल्पामा विद्यालयबाट घर फर्किँदै गरेका एक बालक सडकमा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङस्थित फोक्सुण्डो आधारभूत विद्यालयबाट पढाइ सकेर करवगाडतर्फ जाँदै गरेका करिब ११ वर्षका वीरेन्द्र रोकाया भेरी करिडोर सडकखण्डको हसु खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएका छन् । प्रहरीका अनुसार बालक विद्यालय पोशाक र झोलासहित मृत अवस्थामा फेला परेको ...
। रास्वपा सभापति रवि लामिछानेले तराई–मधेशका जिल्लामा हिंसा भड्कन नदिनका लागि सबै पक्ष जिम्मेवार बन्न आग्रह गरेका छन् । केहीबेर अघि सञ्चारकर्मीसँग सिंहदरबारमा कुराकानी गर्ने क्रममा उनले अहिलेको समय मूल्यांकन गर्ने भन्दा पनि हिंसा रोक्नेतर्फ केन्द्रित हुनुपर्ने बताए । ‘अहिले यो समय कस्तो हो भने, मूल्यांकन गर्नका लागि हामीसँग समय छ । तर अहिले हिंसा नभड्कियोस् भन्नका ...
। मधेशकेन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न अपिल गरेका छन् । उनीहरूले संयुक्त वक्तव्यमा सम्पूर्ण घटनाको सत्यतथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । जसपाका महन्थ ठाकुर, राष्ट्रिय ...
। उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री बालेन शाहबीच संवाद भएको छ । तराई मधेशको पछिल्लो परिस्थितिका विषयमा प्रधानमन्त्री शाहले उपराष्ट्रपति यादवसँग टेलिफोन संवाद गरेका हुन् । संवादका क्रममा दुवै जनाबीच आपसी समन्वय र राष्ट्रिय हितका विषयमा विचार-विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसअघि प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई शितलनिवास पुगेका भेटेका थिए । त्यस्तै उनले आज ...
। सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव प्रहरीले सडकबाट उठाएको छ । आफन्तहरूले प्रदर्शन जारी राख्दै शव सडकमै राखिरहेका थिए । सडकमै शव राखेर उनीहरूले दिनभर प्रदर्शन गरे । साँझ भने प्रहरीले शव भ्यानमा राखेर लगेको छ । केहीबेर अघिमात्रै उक्त शव उठाएर लगिएको हो । झडपका क्रममा गोली लागेर गम्भीर घाइते ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम