मुख्य समाचार
पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु

। उदयपुरको कटारी नगरपालिका–३ हडैयामा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कटारी नगरपालिका–३ निवासी एकै घरका दाजुभाइ ११ वर्षीय सुमितकुमार दनुवार, ७ वर्षीय सुगमकुमार दनुवार तथा ८ वर्षीय आदित्यकुमार दनुवार रहेका छन् ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र खरेलका अनुसार हडैयास्थित खहरे खोलामा बाँध लगाउँदा बनेको गहिरो खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेका हुन् ।

स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि कटारी प्रादेशिक अस्पताल पुर्‍याएका थिए । तर, चिकित्सकले परीक्षणपछि तीनै जनालाई मृत घोषणा गरेका हुन् ।


प्रहरीका अनुसार तीनै बालकको शव पोस्टमार्टमका लागि कटारी प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूलाई आ-आफ्नो जिल्ला र क्षेत्रमा गएर सामाजिक सद्भावका काममा जुट्न निर्देशन दिएका छन् । बिहीबार आकस्मिक रूपमा कोशी र मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई सिंहदरबारमा बोलाएर सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् । बैठकपछि सांसद रहवर अन्सारीले सभापति लामिछानेले सुनसरी घटनापछि विकसित अवस्थाबारे ब्रिफिङ गर्दै सामाजिक सद्भाव ...
। गृह मन्त्रालयमा मुस्लिक आयोग र हिन्दु संघसंस्थाका पदाधिकारीबीच छलफल सुरु भएको छ । गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा छलफल जारी रहेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् । उनका अनुसार पछिल्लो केही दिन यता तराई-मधेशमा देखा परेका तनाव अन्त्य गर्ने विषयमा छलफल केन्द्रित रहेको छ ।
। सुनसरी घटनाको समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई पक्षबीचको झडपका कारण एक जनाको मृत्यु भएको र त्यसपछि उत्पन्न परिस्थिीतीबारे परिषद्‌मा समीक्षा भएको छ । आगामी दिनहरुमा यस्ता घटना हुन नदिनका सबै सुरक्षा निकाय तथा सरोकारवालासँगको समन्वयमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावलाई कायम गर्न प्रभाकारी रुपमा कार्य ...
। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अपुष्ट सूचना र घृणा फैलाउन समाचार प्रकाशन र प्रसारण नगर्न अनुरोध गरेका छन् । भ्रामक सामग्री, घृणा फैलाउने अभिव्यक्ति वा कुनै समुदाय, समूह वा व्यक्तिविरुद्ध उत्तेजना फैलाउने सामग्री शेयर नगर्न सामाजीक सञ्जाल मार्फत मन्त्री तिमिल्सिनाको अनुरोध छ । सरकारले मधेशमा घटेका हिंसात्मक घटनालाई गम्भीरतापूर्वक लिएर समस्या समाधानका लागि गम्भीर पहल गरिरहेको ...
। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत लगाएको शिक्षा र स्वास्थ्यको समता शूल्क पूर्ण छुट भएको छ । अर्थ मन्त्रालयले सो शुल्क छुट हुने सूचना राजपत्रमा प्रकाशित गरेको छ । यसअघि प्रधानमन्त्री बालेनले सो शुल्क छुट हुने घोषणा सामाजिक सञ्जालबाट गरेका थिए । राजपत्रमा प्रकाशित सूचना अनुसार हालसम्म असुल गरेको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम