मुख्य समाचार
रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूलाई आ-आफ्नो जिल्ला र क्षेत्रमा गएर सामाजिक सद्भावका काममा जुट्न निर्देशन
रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूलाई आ-आफ्नो जिल्ला र क्षेत्रमा गएर सामाजिक सद्भावका काममा जुट्न निर्देशन

। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूलाई आ-आफ्नो जिल्ला र क्षेत्रमा गएर सामाजिक सद्भावका काममा जुट्न निर्देशन दिएका छन् ।

बिहीबार आकस्मिक रूपमा कोशी र मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई सिंहदरबारमा बोलाएर सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।

बैठकपछि सांसद रहवर अन्सारीले सभापति लामिछानेले सुनसरी घटनापछि विकसित अवस्थाबारे ब्रिफिङ गर्दै सामाजिक सद्भाव कायम राख्ने काममा सांसदहरूलाई निर्देशन दिएको जानकारी दिए ।

‘यो घटनाको अपनत्व लिएर पार्टीका सबै सांसदहरू यहाँ बसेर होइन, आ–आफ्ना क्षेत्रमा, जिल्लामा गएर कसरी समन्वयकारी भूमिका निर्वाह गर्नसकिन्छ खेल्नुस् भनेर उहाँले भन्नुभयो,’ अन्सारीले भने, ‘सद्भावको सन्देश यहाँबाट सुरु गरेर गाउँ–टोलमा पुगेर दिँदै यस किसिमका कुनैपनि द्वेष फैलाउने काम, बाहिरी तत्वहरूले सामाजिक सद्भाव भड्काउन खोजेका छन् भने त्यसलाई मत्थर पार्न सम्पूर्ण सांसदको भूमिका रहनुपर्छ भनेर उहाँले स्पष्ट रूपले निर्देशन दिनुभएको छ ।’


अब सभापति लामिछानेको निर्देशन बमोजिम सांसदहरू आफ्नो जिल्ला र क्षेत्रमा जाने उनले बताए । ‘अब हामी आफ्ना जिल्ला र क्षेत्रमा जान्छौं । राज्यका संयन्त्रसँग मिलेर काम गर्छौं,’ सांसद अन्सारीले भने ।

गोली चल्नु र ज्यान जानु दु:खद् दुर्घटना रहेको सांसद अन्सारीले बताए ।

‘सामाजिक सद्भाव भड्किनु सामूहिक समस्या हो, यो देशलाई एक राख्नखोज्दा सबै सुरक्षित रहन्छौं भन्ने उहाँको धारणा आएको छ हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उदयपुरको कटारी नगरपालिका–३ हडैयामा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका–३ निवासी एकै घरका दाजुभाइ ११ वर्षीय सुमितकुमार दनुवार, ७ वर्षीय सुगमकुमार दनुवार तथा ८ वर्षीय आदित्यकुमार दनुवार रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र खरेलका अनुसार हडैयास्थित खहरे खोलामा बाँध ...
। गृह मन्त्रालयमा मुस्लिक आयोग र हिन्दु संघसंस्थाका पदाधिकारीबीच छलफल सुरु भएको छ । गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा छलफल जारी रहेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् । उनका अनुसार पछिल्लो केही दिन यता तराई-मधेशमा देखा परेका तनाव अन्त्य गर्ने विषयमा छलफल केन्द्रित रहेको छ ।
। सुनसरी घटनाको समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई पक्षबीचको झडपका कारण एक जनाको मृत्यु भएको र त्यसपछि उत्पन्न परिस्थिीतीबारे परिषद्‌मा समीक्षा भएको छ । आगामी दिनहरुमा यस्ता घटना हुन नदिनका सबै सुरक्षा निकाय तथा सरोकारवालासँगको समन्वयमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावलाई कायम गर्न प्रभाकारी रुपमा कार्य ...
। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अपुष्ट सूचना र घृणा फैलाउन समाचार प्रकाशन र प्रसारण नगर्न अनुरोध गरेका छन् । भ्रामक सामग्री, घृणा फैलाउने अभिव्यक्ति वा कुनै समुदाय, समूह वा व्यक्तिविरुद्ध उत्तेजना फैलाउने सामग्री शेयर नगर्न सामाजीक सञ्जाल मार्फत मन्त्री तिमिल्सिनाको अनुरोध छ । सरकारले मधेशमा घटेका हिंसात्मक घटनालाई गम्भीरतापूर्वक लिएर समस्या समाधानका लागि गम्भीर पहल गरिरहेको ...
। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत लगाएको शिक्षा र स्वास्थ्यको समता शूल्क पूर्ण छुट भएको छ । अर्थ मन्त्रालयले सो शुल्क छुट हुने सूचना राजपत्रमा प्रकाशित गरेको छ । यसअघि प्रधानमन्त्री बालेनले सो शुल्क छुट हुने घोषणा सामाजिक सञ्जालबाट गरेका थिए । राजपत्रमा प्रकाशित सूचना अनुसार हालसम्म असुल गरेको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम