मुख्य समाचार
सुनसरी घटनाका सम्बन्धमा सरकार, राजनीतिक दल, नागरिक समाज लगायत सबैको ध्यानाकर्षण
सुनसरी घटनाका सम्बन्धमा सरकार, राजनीतिक दल, नागरिक समाज लगायत सबैको ध्यानाकर्षण

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले सुनसरी घटनाका सम्बन्धमा सरकार, राजनीतिक दल, नागरिक समाज लगायत सबैको ध्यानाकर्षण गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुनसरी जिल्लाको जनप्रतिनिधि भएर सदनमा बोलिरहँदा गृह जिल्लामा भएको अप्रिय घटनाले अत्यन्त दुःखित भएको बताए ।

घटनामा ज्यान गुमाएका युवा ओमप्रकाश मेहताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे । घाइतेहरूको शिघ्रस्वास्थ्यलाभको कामना गरे । शोकाकुल र पीडित परिवारप्रति समानुभूति प्रकट गर्दै उनले सरकारले देखाएको तत्परता र अभिभावकिय भूमिकाप्रति आभार प्रकट गरे ।

नेपालको विविधता र सहिष्णुता सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै उनले भने, सहिष्णुताको मर्ममा नेपाल एउटा यस्तो पावन भूमि हो, जहाँ पशुपतिनाथमा बुद्धको मुकुट पहिराउने अनुपम संस्कृति जीवन्त छ। हामी आलमदेवीलाई श्रद्धापूर्वक पूजा गर्छौं ।’


खोटाङको हलेसी त्रिधाममा एउटै आस्थाका साथ प्रार्थना गर्ने उल्लेख गर्दै भने, ‘हलेसी यस्तो पवित्र धाम हो, जहाँ हिन्दूहरूले शिव–पार्वती, बौद्धहरूले मारातिका र किराँतहरूले पारुहाङ-सुम्निमाका रूपमा एउटै देवतालाई पुज्ने गर्छन ।’

हिन्दुहरूले सरस्वती भनेर आस्था राख्ने तीनै देवी बौद्धहरूका लागि पुज्य मञ्जुश्रीको रूपमा सम्मानीत हुने प्रचलन रहेको भन्दै उनले छठ पर्वमा मुस्लिमहरूले पनि आस्था राख्ने अनुपम अभ्यास यही भूमिमा रहेको स्मरण गरे ।

उनले भने, ‘इतिहास साक्षी छ, यो देशमा आजसम्म धर्म र संस्कृतिका नाममा कहिल्यै युद्ध भएको छैन, र हुन दिइने छैन ।’

पछिल्लो समय सुनसरीमा घटेका घटनाहरू र सामाजिक सद्भाव भड्काउने, सहिष्णुता निमोठ्ने किसिमका गतिविधिले चिन्तित बनाएको भन्दै उनले अगाडि भनेका छन्, ‘सदियौँदेखि भाइचाराका साथ बसोबास गरिरहेका नेपालीहरूबीच वैमनस्यता फैलाउने प्रयास कतै भइरहेका छन् भने त्यसप्रति उच्च सतर्क हुनु अत्यावश्यक छ।’

यसतर्फ ख्याल गर्न उनको आग्रह छ ।

‘सदनमार्फत प्रष्ट भन्न चाहन्छु, हाम्रो यो ऐतिहासिक सहिष्णुतामाथि कसैले आँखा नलगाओस् । कुनै पनि वाह्य वा भित्रि शक्तिले प्रोजेक्ट डिजाइन गरेर हाम्रो सामाजिक सद्भाव बिगार्ने दुस्साहस नगरोस् । हामी हाम्रो बहुमूल्य विविधतालाई कसैको विभेद र विभाजनको हतियार बन्न दिने छैनौँ ।’

सुनसरी लगायत देशका विभिन्न भागमा नागरिकहरूलाई संयमित रहन र भ्रामक हल्लाको पछि नलाग्न अपिल गरे ।

साथै, सरकारले यस्ता सद्भाव भड्काउने तत्त्वहरू पहिचान गरी कडा कानुनी कारबाही गर्नुपर्ने र घटनाका दोषीहरू दण्डित बन्नुपर्ने माग गरे ।

‘भाइचारा, सद्भाव,सहिष्णुता र भगिनी सम्बन्धमा हाम्रो मौलिक अभ्यास अटल राख्ने कर्तव्य हाम्रै हो, हामी भाग्ने छैन‍ौं, उनले भने, ‘जय सद्भाव, जय सहिष्णुता ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उदयपुरको कटारी नगरपालिका–३ हडैयामा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका–३ निवासी एकै घरका दाजुभाइ ११ वर्षीय सुमितकुमार दनुवार, ७ वर्षीय सुगमकुमार दनुवार तथा ८ वर्षीय आदित्यकुमार दनुवार रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र खरेलका अनुसार हडैयास्थित खहरे खोलामा बाँध ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूलाई आ-आफ्नो जिल्ला र क्षेत्रमा गएर सामाजिक सद्भावका काममा जुट्न निर्देशन दिएका छन् । बिहीबार आकस्मिक रूपमा कोशी र मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई सिंहदरबारमा बोलाएर सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् । बैठकपछि सांसद रहवर अन्सारीले सभापति लामिछानेले सुनसरी घटनापछि विकसित अवस्थाबारे ब्रिफिङ गर्दै सामाजिक सद्भाव ...
। गृह मन्त्रालयमा मुस्लिक आयोग र हिन्दु संघसंस्थाका पदाधिकारीबीच छलफल सुरु भएको छ । गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा छलफल जारी रहेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् । उनका अनुसार पछिल्लो केही दिन यता तराई-मधेशमा देखा परेका तनाव अन्त्य गर्ने विषयमा छलफल केन्द्रित रहेको छ ।
। सुनसरी घटनाको समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई पक्षबीचको झडपका कारण एक जनाको मृत्यु भएको र त्यसपछि उत्पन्न परिस्थिीतीबारे परिषद्‌मा समीक्षा भएको छ । आगामी दिनहरुमा यस्ता घटना हुन नदिनका सबै सुरक्षा निकाय तथा सरोकारवालासँगको समन्वयमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावलाई कायम गर्न प्रभाकारी रुपमा कार्य ...
। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अपुष्ट सूचना र घृणा फैलाउन समाचार प्रकाशन र प्रसारण नगर्न अनुरोध गरेका छन् । भ्रामक सामग्री, घृणा फैलाउने अभिव्यक्ति वा कुनै समुदाय, समूह वा व्यक्तिविरुद्ध उत्तेजना फैलाउने सामग्री शेयर नगर्न सामाजीक सञ्जाल मार्फत मन्त्री तिमिल्सिनाको अनुरोध छ । सरकारले मधेशमा घटेका हिंसात्मक घटनालाई गम्भीरतापूर्वक लिएर समस्या समाधानका लागि गम्भीर पहल गरिरहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम