मुख्य समाचार
आपसी सद्‌भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
आपसी सद्‌भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गरेका छन् ।

राष्ट्रपति पौडेलले विहिबार एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताएका छन् ।




‘यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु,’ उनले भने ।

राष्ट्रपति पौडेलले अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हरसम्भव प्रयासमा सरकार लाग्ने विश्वास व्यक्त गरेका छन् ।


अपिलमा राष्ट्रपति पौडेलले भनेका छन्, ‘यो कठिन अवस्थामा स्थितिलाई थप जटिल बन्न नदिई समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपिल गर्दछु ।’

उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडा कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरोकारवाला सबैलाई सचेत हुन पनि आग्रह गरे ।

राष्ट्रपति पौडेलले सो घटनामा ज्यान गुमाउनुहुनेप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूलाई आ-आफ्नो जिल्ला र क्षेत्रमा गएर सामाजिक सद्भावका काममा जुट्न निर्देशन दिएका छन् । बिहीबार आकस्मिक रूपमा कोशी र मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई सिंहदरबारमा बोलाएर सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् । बैठकपछि सांसद रहवर अन्सारीले सभापति लामिछानेले सुनसरी घटनापछि विकसित अवस्थाबारे ब्रिफिङ गर्दै सामाजिक सद्भाव ...
। गृह मन्त्रालयमा मुस्लिक आयोग र हिन्दु संघसंस्थाका पदाधिकारीबीच छलफल सुरु भएको छ । गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा छलफल जारी रहेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् । उनका अनुसार पछिल्लो केही दिन यता तराई-मधेशमा देखा परेका तनाव अन्त्य गर्ने विषयमा छलफल केन्द्रित रहेको छ ।
। सुनसरी घटनाको समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई पक्षबीचको झडपका कारण एक जनाको मृत्यु भएको र त्यसपछि उत्पन्न परिस्थिीतीबारे परिषद्‌मा समीक्षा भएको छ । आगामी दिनहरुमा यस्ता घटना हुन नदिनका सबै सुरक्षा निकाय तथा सरोकारवालासँगको समन्वयमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावलाई कायम गर्न प्रभाकारी रुपमा कार्य ...
। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अपुष्ट सूचना र घृणा फैलाउन समाचार प्रकाशन र प्रसारण नगर्न अनुरोध गरेका छन् । भ्रामक सामग्री, घृणा फैलाउने अभिव्यक्ति वा कुनै समुदाय, समूह वा व्यक्तिविरुद्ध उत्तेजना फैलाउने सामग्री शेयर नगर्न सामाजीक सञ्जाल मार्फत मन्त्री तिमिल्सिनाको अनुरोध छ । सरकारले मधेशमा घटेका हिंसात्मक घटनालाई गम्भीरतापूर्वक लिएर समस्या समाधानका लागि गम्भीर पहल गरिरहेको ...
। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत लगाएको शिक्षा र स्वास्थ्यको समता शूल्क पूर्ण छुट भएको छ । अर्थ मन्त्रालयले सो शुल्क छुट हुने सूचना राजपत्रमा प्रकाशित गरेको छ । यसअघि प्रधानमन्त्री बालेनले सो शुल्क छुट हुने घोषणा सामाजिक सञ्जालबाट गरेका थिए । राजपत्रमा प्रकाशित सूचना अनुसार हालसम्म असुल गरेको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम