। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्ज घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै उनले नागरिकहरूबीच नै द्वन्द्व हुने अवस्था कसरी आयोग भनेर प्रश्न गरेका हुन् ।
‘सुनसरीको कप्तानगञ्जमा बोलबमको धार्मिक यात्राका सन्दर्भमा उत्पन्न विवाद चर्किएर दुखद घटनासम्म पुग्यो, यसले कतै ठूलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र व्यक्त भइराखेको छ,’ उनले भने, ‘यो घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो? के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन?’