मुख्य समाचार
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार सेवामा अभूतपूर्व सुधारको वर्ष बनाउने लक्ष्य रहेको बताए
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार सेवामा अभूतपूर्व सुधारको वर्ष बनाउने लक्ष्य रहेको बताए

। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार सेवामा अभूतपूर्व सुधारको वर्ष बनाउने लक्ष्य रहेको बताएका छन् ।

उनले टेलिफोन तथा इन्टरनेट सेवा पहुँच विस्तार एवं गुणस्तर सुधारमा उल्लेखनीय परिवर्तन देखिने गरी काम गर्न मन्त्रालय र मातहत निकायलाई निर्देशन दिए ।

मन्त्रालयमा आज आयोजित गत आव २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकलाई सम्बोधन गर्दै उनले दूरदराजसम्म फोरजी सेवा विस्तार, फाइभजी सेवा सुरुवात, सेवा गुणस्तर सुधार तथा नागरिकलाई प्रभावकारी सेवा प्रवाहलाई मन्त्रालयले चालु आवका प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पारे ।

सञ्चारमन्त्री तिमिल्सिनाले विगतका वर्षमा निर्धारण गरिएका लक्ष्य अपेक्षित हासिल हुन नसकेको उल्लेख गर्दै अब परिणाम देखिने गरी काम गर्नुपर्ने समय आएको बताए ।


उनले दूरसञ्चार क्षेत्रमा सुधारका लागि आवश्यक नीतिगत, कानुनी तथा अन्तरनिकाय समन्वयमा मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यान्वयनमा भने कुनै ढिलासुस्ती स्वीकार्य नहुने बताए ।

‘यो वर्ष टेलिफोन र इन्टरनेट सेवा सुधारको वर्ष हुनेछ, पहुँच र गुणस्तरका सवालमा हामी अभूतपूर्व परिवर्तनको लक्ष्यसहित अघि बढिरहेका छौं, सरकारले दूरसञ्चार क्षेत्रलाई आगामी आर्थिक वर्षको सबैभन्दा महत्त्वाकांक्षी क्षेत्रका रूपमा लिएको छ,’ उनले भने, ‘नेपालमा दूरसञ्चार सेवामा अभूतपूर्व विकास र प्रगति हुने वर्षका रूपमा यसलाई स्थापित गनुपर्ने जिम्मेवारीबोध सबैले गर्नुहोला ।’

फोरजी विस्तार र फाइभजी सेवा सुरु गर्ने विषयमा नतिजा हासिल गर्न नसक्ने अवस्था अब स्वीकार्य नहुने उनको भनाइ छ । ‘म आफैं हरेक दिन खटिन तयार छु, नीतिगत वा कानुनी रूपमा जे सहयोग आवश्यक पर्छ, त्यसका लागि मन्त्रालय पूर्णरूपमा तयार छ,’ उनले भने, ‘कुन निकायसँग कस्तो समन्वय गर्नुपर्ने हो, त्यसमा हामी सबै जिम्मेवार भएर अघि बढ्नुपर्ने छ ।’

बैठकमा सञ्चारमन्त्री तिमिल्सिनाले मन्त्रालय तथा मातहत निकायको कमजोर पूँजीगत खर्च र कार्यान्वयन क्षमताप्रति पनि असन्तुष्टि व्यक्त गरे ।

सम्बन्धित निकायले आफैं समाधान गर्न सक्ने विषय मन्त्रालय स्तरीय समितिसम्म पुग्नु व्यवस्थापकीय कमजोरी भएको उल्लेख गर्दै समयमै समस्या समाधान गर्ने कार्यसंस्कृति विकास गर्नसमेत निर्देशन दिए ।

गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति र सार्वजनिक सेवा प्रसारण संस्थालाई थप प्रभावकारी, व्यावसायिक तथा प्रतिस्पर्धी बनाउन सरकारले आवश्यक सुधारका काम थालिसकेको उनले बताए ।

उनले चालु आव पहिलो त्रैमासलाई निर्णायक अवधि भन्दै सुरुदेखि नै परिणाममुखी कार्यसम्पादन गर्नसमेत निर्देशन दिए । ‘अबको तीन महिना यसअघिको तीन महिनाजस्तो हुनु हुँदैन, सरकार कुन दिशामा अघि बढिरहेको छ भन्ने स्पष्ट भइसकेको छ’ उनले भने, ‘चालु आर्थिक वर्ष पहिलो त्रैमासमै उत्कृष्ट नतिजा देखाउनुहोला ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुनसरी घटनाको समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई पक्षबीचको झडपका कारण एक जनाको मृत्यु भएको र त्यसपछि उत्पन्न परिस्थिीतीबारे परिषद्‌मा समीक्षा भएको छ । आगामी दिनहरुमा यस्ता घटना हुन नदिनका सबै सुरक्षा निकाय तथा सरोकारवालासँगको समन्वयमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावलाई कायम गर्न प्रभाकारी रुपमा कार्य ...
। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अपुष्ट सूचना र घृणा फैलाउन समाचार प्रकाशन र प्रसारण नगर्न अनुरोध गरेका छन् । भ्रामक सामग्री, घृणा फैलाउने अभिव्यक्ति वा कुनै समुदाय, समूह वा व्यक्तिविरुद्ध उत्तेजना फैलाउने सामग्री शेयर नगर्न सामाजीक सञ्जाल मार्फत मन्त्री तिमिल्सिनाको अनुरोध छ । सरकारले मधेशमा घटेका हिंसात्मक घटनालाई गम्भीरतापूर्वक लिएर समस्या समाधानका लागि गम्भीर पहल गरिरहेको ...
। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत लगाएको शिक्षा र स्वास्थ्यको समता शूल्क पूर्ण छुट भएको छ । अर्थ मन्त्रालयले सो शुल्क छुट हुने सूचना राजपत्रमा प्रकाशित गरेको छ । यसअघि प्रधानमन्त्री बालेनले सो शुल्क छुट हुने घोषणा सामाजिक सञ्जालबाट गरेका थिए । राजपत्रमा प्रकाशित सूचना अनुसार हालसम्म असुल गरेको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले सुनसरी घटनाका सम्बन्धमा सरकार, राजनीतिक दल, नागरिक समाज लगायत सबैको ध्यानाकर्षण गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुनसरी जिल्लाको जनप्रतिनिधि भएर सदनमा बोलिरहँदा गृह जिल्लामा भएको अप्रिय घटनाले अत्यन्त दुःखित भएको बताए । घटनामा ज्यान गुमाएका युवा ओमप्रकाश मेहताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे । घाइतेहरूको शिघ्रस्वास्थ्यलाभको ...
। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी सुनसरी र सिरहाका घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र न्यायिक आयोग गठन गर्न माग गरेको छ । उनेपाले पीडितलाई न्याय सुनिश्चित,घाइतेहरूको उचित उपचारको व्यवस्था गर्न तथा प्रभावित क्षेत्रमा तत्काल सर्वपक्षीय संवाद सुरु गरी सामाजिक सद्भाव कायम गर्न माग गरेको छ । स्थानीयस्तरमा प्रभावकारी संयन्त्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम