मुख्य समाचार
एमालेले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले किन राजीनामा नदिने भन्दै प्रश्न उठाएको छ
एमालेले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले किन राजीनामा नदिने भन्दै प्रश्न उठाएको छ

। प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले किन राजीनामा नदिने भन्दै प्रश्न उठाएको छ ।

१४ दिनपछि सुरु भएको प्रतिनिधिसभाको बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले विगतमा काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जिम्मेवार ठहर गरिएको प्रसंग स्मरण गराउँदै सुनसरीमा पनि मानिसको ज्यान गएको अवस्थामा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने धारणा राखिन् ।

उनले भनिन्, ‘काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री थुनामा बस्नुपर्छ भन्ने अवस्था सिर्जना गरियो भने सुनसरीमा मानिस मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन ? यो घटनाको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’

अर्यालले सरकारले दंगा नियन्त्रण गर्न नसकेको आरोप पनि लगाइन् ।


उनले भनिन्, ‘देशमा शान्ति–सुरक्षा कायम गर्न राज्य असफल भएको छ । दंगा नियन्त्रण गर्नुको सट्टा सरकारले आफैं त्रास सिर्जना गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले विगतका अनुभव बटुलेका नेताहरूसँग भेटेर संवाद गर्नका लागि प्रधानमन्त्री बालेन शाहलाई के ले रोकेको ? भन्दै प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले यदी कुनै अहंकार र आफूमात्रै पर्याप्त हो भन्ने लागेको खण्डमा त्यो दुर्भाग्यपूर्ण हुने बताए । ‘यो रोस्ट्रमबाट खासगरी प्रधानमन्त्री बालेन शाहज्यूलाई भन्न ...
। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले चालु आर्थिक वर्षका कार्यक्रमलाई सुरुदेखि नै प्राथमिकताका साथ कार्यान्वयनमा लैजान मन्त्रालय तथा मातहत निकायलाई निर्देशन दिएकी छिन् । आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले समयमै लक्ष्य हासिल गर्न सबै निकायले परिणाममुखी ढंगले काम गर्नुपर्नेमा जोड दिइन् ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्रलाई असफल बनाउने अर्को ठूलो दुर्घटना गराउने प्रयास कसैबाट भइरहेको हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । उनी भन्छन्, ‘यो सरकारलाई फेरि असफल सावित गर्ने, यो सरकारले पनि शान्ति सुरक्षा कायम गर्न सकेन, जनताको आर्थिक विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्न सकेन, यो सरकारले पनि सुशासन कायम ...
। सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा सप्तरीको राजविराज र बोदेबरसाईनमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरूले राजबिराजको नेता चोक, गजेन्द्र चोकलगायत विभिन्न स्थानमा प्रदर्शन गर्दै बजारका पसलहरू बन्द गराएका छन् । त्यसका कारण राजबिराज बजार क्षेत्रको जनजीवन प्रभावित बनेको छ । यस्तै, जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र बोदेबरसाईन बजारमा पनि प्रदर्शन गरिएको छ । साप्ताहिक हाटबजार लाग्ने दिन ...
। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गरेका छन् । राष्ट्रपति पौडेलले विहिबार एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम