मुख्य समाचार
‘जोकर’ निर्माता क्लोथविरुद्ध १० करोडको ठगी मुद्दा
‘जोकर’ निर्माता क्लोथविरुद्ध १० करोडको ठगी मुद्दा

— ‘जोकर’, ‘गोस्टबस्टर्सः आफ्टरलाइफ’ लगायत दर्जनौं फिल्ममा लगानी गरेका जेसन क्लोथविरुद्ध १० करोड अमेरिकी डलर बराबरको पोन्जी स्कीम (ठगी धन्दा) चलाएको अभियोगमा संघीय ग्रान्ड जुरीद्वारा विद्युतीय ठगीको मुद्दा दर्ता गरिएको छ ।

६० वर्षीय क्लोथविरुद्ध मंगलबार सिकागोस्थित अमेरिकी जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको हो । उनलाई सोही दिन लस एन्जलसबाट पक्राउ गरी पहिलोपटक अदालतमा उपस्थित गराइएको उत्तरी इलिनोयका लागि अमेरिकी सरकारी वकिलको कार्यालयले जनाएको छ ।

अदालतको अभियोगपत्र अनुसार, क्लोथले फिल्म वा भिडियो गेम प्लेटफर्ममा प्रयोग गर्ने भन्दै लगानीकर्ताहरूबाट मोटो रकम उठाएका थिए । तर, उक्त रकम फिल्ममा लगाउनुको सट्टा क्यानाडाको घरजग्गा कारोबार (रियल स्टेट) र पुराना लगानीकर्ताहरूको रकम फिर्ता गर्नमा प्रयोग गरिएको आरोप लगाइएको छ ।
क्लोथले यस आपराधिक मुद्दाका लागि कुनै वकिल राखे, नराखेको बारेमा स्पष्ट खुलेको छैन । फ्लोरिडा र क्यालिफोर्नियामा चलिरहेका अन्य मुद्दाहरूमा उनको प्रतिनिधित्व गरिरहेका केही वकिलहरूसँग प्रतिक्रिया माग्दा कुनै जवाफ दिन मानेका छैनन् । अभियोगपत्रमा जनाइए अनुसार, क्लोथले क्यानाडामा क्रिएटिभ वेल्थ मिडिया फाइनान्स कर्पोरेसन नामको कम्पनी सञ्चालन गर्दै आएका थिए ।

उनले सन् २०१९ देखि विभिन्न ग्राहकलाई फिल्म तथा मनोरञ्जनका आयोजनाहरूमा लगानी गर्न प्रोत्साहन गरेका थिए । इलिनोयका एक लगानी सल्लाहकार, उनका ग्राहकहरू र अन्य व्यक्तिहरूबाट क्लोथले १० करोड डलरभन्दा बढी रकम उठाएको र लगानीको मूल्यबारे उनीहरूसँग ढाँटेको अभियोग लगाइएको छ ।

उनीमाथि विद्युतीय ठगीका सातवटा मुद्दा दर्ता गरिएका छन्, जसमा प्रत्येक मुद्दामा २० वर्षसम्मको कैद सजाय हुन सक्छ । यसका साथै उनीबाट १ करोड २० लाख डलरभन्दा बढी रकम जफत (फर्फिट) गर्न माग गरिएको छ । एफबीआईले आफू पीडित भएको शंका लागेका व्यक्तिहरूलाई अनलाइन फारम भरेर सिकागोस्थित आफ्नो कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

निर्माता क्लोथमाथि आर्थिक अनियमितताको आरोप लागेको यो पहिलोपटक भने होइन । पछिल्ला वर्षहरूमा उनीमाथि लगानीकर्ताहरूद्वारा धेरै मुद्दाहरू हालिएका छन् । जसमा सिकागोमा परेको फिल्मसम्बन्धि आर्थिक ठगीसम्बन्धी सामूहिक मुद्दा, फ्लोरिडाका एक लगानीकर्ताले सम्झौता उल्लंघन गरेको भन्दै हालेको मुद्दा र न्युयोर्कका लगानीकर्ताहरूले हालेको (पछि खारेज भएको) मुद्दा समावेश छन् । सिकागो र फ्लोरिडाका मुद्दाहरूमा क्लोथले कानुनी लडाइँ लडिरहेका छन् र ती मुद्दाहरू अझै विचाराधीन नै छन् ।

गत वर्ष, ओन्टारियो सेक्युरिटिज कमिसनले पनि क्लोथ र उनको कम्पनीविरुद्ध इलिनोयको अभियोगपत्रसँग मिल्दोजुल्दो आरोपमा कानुनी कारबाही सुरु गरेको थियो । कमिसनका अनुसार क्लोथ र उनको कम्पनीले विभिन्न फिल्म तथा टेलिभिजन कार्यक्रमका लागि लगानीकर्ताबाट ५० करोड डलरभन्दा बढी उठाएका थिए र त्यसमध्ये ७ करोड डलर पुराना लगानीकर्तालाई रकम फिर्ता गर्नेजस्ता अन्य काममा प्रयोग गरेका थिए । उक्त मुद्दा पनि हाल विचाराधीन नै छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ शुक्रबारबाट सुरु हुँदैछ । काठमाडौंको मौलिक संस्कृति, परम्परा र सम्पदालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवको उद्‍घाटन शुक्रबार वसन्तपुरमा गरिने भएको छ । फेस्टिभलका भेन्यू वसन्तपुर, राष्ट्रिय सभा गृह, जय नेपाल हल, नेपाल पर्यटन बोर्ड र तारागाउँ नेक्स्ट म्युजियम बौद्ध रहेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ...
। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरेका छन् । बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितलाई आज मन्त्रालयलमा नियुक्तिपत्र हस्तान्तरणका अवसरमा उहाँले चलचित्रकर्मीहरूले बोर्ड सबैको साझा हुन सकेन भन्ने गुनासो रहेको उल्लेख गर्र्दै चलचित्रकर्मीहरूले वर्तमान सरकारबाट ठूलो अपेक्षा राखेको बताए । ‘चलचित्र ...
हलिउडका दिग्गज अभिनेता टम स्केरिटको निधन भएको छ । उनी ९३ वर्षका थिए । ‘एलियन’ र ‘टप गन’ जस्ता चर्चित फिल्ममा निर्वाह गरेका सम्झनलायक भूमिकाका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । एमी अवार्ड विजेता स्केरिट टेलिभिजन शृङ्खला ‘पिकेट फेन्सेस’मा अभिनय गरेपछि झनै चर्चित बनेका थिए । छ दशक लामो अभिनय यात्रामा स्केरिटले फिल्म र टेलिभिजन दुवै ...
रियालिटी टेलिभिजन स्टार काइली जेनरले ५० मिलियन अमेरिकी डलर (करिब सात अर्ब ५९ करोड ७९ लाख रुपैयाँ) मूल्यको ब्रा लगाएर भिक्टोरियाज सिक्रेट फेसन शोमा डेब्यु गरेकी छन् । उनको यो प्रस्तुतिलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । मेकअप उद्योगकी चर्चित हस्ती जेनरले आइतबार लन्जरी ब्रान्ड भिक्टोरियाज सिक्रेटको वार्षिक फेसन शोमा सबैको ध्यान खिचिन् । डिजाइनरका ...
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...