मुख्य समाचार
‘जोकर’ निर्माता क्लोथविरुद्ध १० करोडको ठगी मुद्दा
‘जोकर’ निर्माता क्लोथविरुद्ध १० करोडको ठगी मुद्दा

— ‘जोकर’, ‘गोस्टबस्टर्सः आफ्टरलाइफ’ लगायत दर्जनौं फिल्ममा लगानी गरेका जेसन क्लोथविरुद्ध १० करोड अमेरिकी डलर बराबरको पोन्जी स्कीम (ठगी धन्दा) चलाएको अभियोगमा संघीय ग्रान्ड जुरीद्वारा विद्युतीय ठगीको मुद्दा दर्ता गरिएको छ ।

६० वर्षीय क्लोथविरुद्ध मंगलबार सिकागोस्थित अमेरिकी जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको हो । उनलाई सोही दिन लस एन्जलसबाट पक्राउ गरी पहिलोपटक अदालतमा उपस्थित गराइएको उत्तरी इलिनोयका लागि अमेरिकी सरकारी वकिलको कार्यालयले जनाएको छ ।

अदालतको अभियोगपत्र अनुसार, क्लोथले फिल्म वा भिडियो गेम प्लेटफर्ममा प्रयोग गर्ने भन्दै लगानीकर्ताहरूबाट मोटो रकम उठाएका थिए । तर, उक्त रकम फिल्ममा लगाउनुको सट्टा क्यानाडाको घरजग्गा कारोबार (रियल स्टेट) र पुराना लगानीकर्ताहरूको रकम फिर्ता गर्नमा प्रयोग गरिएको आरोप लगाइएको छ ।
क्लोथले यस आपराधिक मुद्दाका लागि कुनै वकिल राखे, नराखेको बारेमा स्पष्ट खुलेको छैन । फ्लोरिडा र क्यालिफोर्नियामा चलिरहेका अन्य मुद्दाहरूमा उनको प्रतिनिधित्व गरिरहेका केही वकिलहरूसँग प्रतिक्रिया माग्दा कुनै जवाफ दिन मानेका छैनन् । अभियोगपत्रमा जनाइए अनुसार, क्लोथले क्यानाडामा क्रिएटिभ वेल्थ मिडिया फाइनान्स कर्पोरेसन नामको कम्पनी सञ्चालन गर्दै आएका थिए ।

उनले सन् २०१९ देखि विभिन्न ग्राहकलाई फिल्म तथा मनोरञ्जनका आयोजनाहरूमा लगानी गर्न प्रोत्साहन गरेका थिए । इलिनोयका एक लगानी सल्लाहकार, उनका ग्राहकहरू र अन्य व्यक्तिहरूबाट क्लोथले १० करोड डलरभन्दा बढी रकम उठाएको र लगानीको मूल्यबारे उनीहरूसँग ढाँटेको अभियोग लगाइएको छ ।

उनीमाथि विद्युतीय ठगीका सातवटा मुद्दा दर्ता गरिएका छन्, जसमा प्रत्येक मुद्दामा २० वर्षसम्मको कैद सजाय हुन सक्छ । यसका साथै उनीबाट १ करोड २० लाख डलरभन्दा बढी रकम जफत (फर्फिट) गर्न माग गरिएको छ । एफबीआईले आफू पीडित भएको शंका लागेका व्यक्तिहरूलाई अनलाइन फारम भरेर सिकागोस्थित आफ्नो कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

निर्माता क्लोथमाथि आर्थिक अनियमितताको आरोप लागेको यो पहिलोपटक भने होइन । पछिल्ला वर्षहरूमा उनीमाथि लगानीकर्ताहरूद्वारा धेरै मुद्दाहरू हालिएका छन् । जसमा सिकागोमा परेको फिल्मसम्बन्धि आर्थिक ठगीसम्बन्धी सामूहिक मुद्दा, फ्लोरिडाका एक लगानीकर्ताले सम्झौता उल्लंघन गरेको भन्दै हालेको मुद्दा र न्युयोर्कका लगानीकर्ताहरूले हालेको (पछि खारेज भएको) मुद्दा समावेश छन् । सिकागो र फ्लोरिडाका मुद्दाहरूमा क्लोथले कानुनी लडाइँ लडिरहेका छन् र ती मुद्दाहरू अझै विचाराधीन नै छन् ।

गत वर्ष, ओन्टारियो सेक्युरिटिज कमिसनले पनि क्लोथ र उनको कम्पनीविरुद्ध इलिनोयको अभियोगपत्रसँग मिल्दोजुल्दो आरोपमा कानुनी कारबाही सुरु गरेको थियो । कमिसनका अनुसार क्लोथ र उनको कम्पनीले विभिन्न फिल्म तथा टेलिभिजन कार्यक्रमका लागि लगानीकर्ताबाट ५० करोड डलरभन्दा बढी उठाएका थिए र त्यसमध्ये ७ करोड डलर पुराना लगानीकर्तालाई रकम फिर्ता गर्नेजस्ता अन्य काममा प्रयोग गरेका थिए । उक्त मुद्दा पनि हाल विचाराधीन नै छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘मिस युनिभर्स नेपाल’ का १४ जना फाइनलिस्ट सुन्दरीले फेसन रन-वेमा क्याट-वाक प्रस्तुति दिएका छन् । मंगलबार राति होटल सोल्टीमा आयोजित समारोहमा नेपाली कला, संस्कृति र मौलिकता दर्शाउने पहिरनमा आफूलाई प्रस्तुति दिए । उक्त फेसन-शोको उद्देश्य नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनु रहेको आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चर्सले जनाएको छ । रन-वेका लागि श्वेता आचार्य फेसन हाउस, प्रियान्शी ...
नेपाल-तिब्बत सीमामा आएको विनाशकारी पहिरो र आकस्मिक बाढीपछि हलिउड अभिनेता रिचर्ड गेरेले नेपाल र तिब्बतका जनताप्रति ऐक्यबद्धता जनाएका छन् । ‘आज मेरो मन नेपाल र तिब्बतका जनतासँग छ,’ गेरेले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा लेखेका छन् । गेरेको नेपाल र तिब्बतसँग करिब ५० वर्षदेखि गहिरो सम्बन्ध छ । उनी सन् १९७८ मा ब्राजिलियन चित्रकार सिल्भिया मार्टिन्ससँग पहिलोपटक ...
। यही भदौ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा लिच्छवि सिनेमा फेस्टिभलको पहिलो संस्करण आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिका र युरोपेली युनियनको सहयोगमा कला तथा सांस्कृतिक केन्द्र लिच्छवि हाउसले यो महोत्सव आयोजना गर्न लागेको हो। फिस्टिभलमा नेपाली र अन्तर्राष्ट्रिय सिनेमाबीच नयाँ संवादको सुरुवात गर्ने लक्ष्य राखिएको छ । फेस्टिभलमा एसिया तथा विश्व सिनेमाका १० वटा ...
विश्वभरका देश, अन्तर्राष्ट्रिय संस्था, फिल्म, टेलिभिजन तथा गेमिङ उद्योगका अगुवा, सर्जक, महोत्सव र सांस्कृतिक संस्थाका प्रतिनिधिले सोमबार सेन्ट-पल-दे-भेन्समा आयोजित लुमिएर समिटमा ‘सिनेमा र मुभिङ इमेजको भविष्यसम्बन्धी लुमिएर घोषणापत्र’ पारित गरेका छन् । फ्रान्स र दक्षिण कोरियाले संयुक्त रूपमा प्रस्तुत गरेको तथा दुवै देशका राष्ट्रपतिको सह-अध्यक्षतामा आयोजित समिटबाट पारित घोषणापत्रले १५ सिद्धान्त अघि सारेको छ । घोषणापत्रमा ...
। सौन्दर्य प्रतियोगिता ‘मिस कस्मो’ले भोटेकोशी बाढीबाट प्रभावितका लागि राहतस्वरूप १० हजार अमेरिकी डलर प्रदान गरेको छ । शनिबार भियतनाममा आयोजित मिस वर्ल्डको फिनालेका क्रममा कस्मो इन्टरनेसनलका प्रतिनिधिले मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरलाई उक्त रकम प्रदान गरेका हुन् । हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले उक्त रकम बुझेका छन् । राहतस्वरूप प्राप्त रकम तत्काल प्रधानमन्त्री दैवीप्रकोप ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम