मुख्य समाचार
सरकारले विधेयक तर्जुमामा बाह्य परामर्शदाता (कन्सल्टेन्ट) को भूमिकालाई निरुत्साहित गर्न कानुनी व्यवस्था गर्ने
सरकारले विधेयक तर्जुमामा बाह्य परामर्शदाता (कन्सल्टेन्ट) को भूमिकालाई निरुत्साहित गर्न कानुनी व्यवस्था गर्ने

— सरकारले विधेयक तर्जुमामा बाह्य परामर्शदाता (कन्सल्टेन्ट) को भूमिकालाई निरुत्साहित गर्न कानुनी व्यवस्था गर्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको नेपाल कानुन आयोग ऐन संशोधन विधेयकको मस्यौदामा आयोगमार्फत कानुन तर्जुमा गर्नुपर्ने उल्लेख गरिएको छ ।

विधेयकको मस्यौदामा भनिएको छ– ‘नेपाल सरकारका सम्बन्धित मन्त्रालयले बनाउनुपर्ने विधेयक तथा प्रत्यायोजित विधायनको तर्जुमा विस्तृत अध्ययन तथा अनुसन्धानमा आधारित भई तर्जुमा गर्नुपर्ने भए त्यस्ता विधेयक तथा प्रत्यायोजित मस्यौदा आयोगबाट गराउनुपर्नेछ ।’ ऐनको दफा २१ मा रहेको व्यवस्थालाई विस्थापित गर्दै उक्त प्रावधान राख्ने प्रस्ताव गरिएको हो ।

ऐनमा कानुन तर्जुमासम्बन्धी काममा आवश्यकताअनुसार आयोगलाई संलग्न गराउन सकिने मस्यौदामा उल्लेख छ । खुकुलो कानुनी प्रावधानका कारण अधिकांश मन्त्रालयहरूले आयोगलाई नभई परामर्शदातालाई काम दिँदै आएका छन् । कानुनको तर्जुमा र सुधारसँग सम्बन्धित जिम्मेवारी ऐनले आयोगलाई तोकेको छ । गत आर्थिक वर्षमा आयोगले तीन, २०८१/८२ मा दुई र २०८०/८१ मा चार विधेयकको तर्जुमा गरेको थियो । विधेयकको मस्यौदा आयोगबाट तर्जुमा गराउने गरी एकद्वार प्रणाली अवलम्बन गर्न आयोगले पहिलेदेखि नै सिफारिस गर्दै आएको छ ।

ads/1440x233ekantipurcomcombinesummerkv-0462026073435.jpg
कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले सरकारलाई चाहिने विधेयक सरकारी संयन्त्रबाटै निर्माण होस् भन्ने उद्देश्यले ऐनमै त्यस्तो प्रावधान राख्ने प्रस्ताव गरिएको बताए । आयोगको भूमिका बढाउन तथा कानुन तर्जुमामा बाह्य संलग्नतालाई निरुत्साहित गर्न खोजिएको उनको भनाइ छ । सरकारका सबै विधेयक सम्बन्धित मन्त्रालयले तयार पार्छ । मन्त्रालयले विधेयक तयार पार्न बाह्य परामर्शदातालाई जिम्मा लगाउने अभ्यास छ ।

मन्त्रालयमा भएकै जनशक्तिबाट विधेयक तयार पार्नुपर्ने, त्यो हुन नसके आयोगमा पठाउनुपर्ने अर्यालको धारणा छ । उनका अनुसार प्रदेश सरकार र स्थानीय तहको अनुरोधमा प्रदेश तथा स्थानीय तहका लागि पनि विधेयक आयोगले तर्जुमा गर्नेछ । त्यसका लागि आयोगको हालको संरचनालाई समेत सबलीकरण गर्ने प्रस्ताव गरिएको उनले बताए ।

आयोगका सदस्यहरू बैठकका बेला मात्रै आउने र सुविधाका नाममा बैठक भत्ता पाउने हालको प्रबन्ध छ । अब भने अन्य संवैधानिक आयोगका सदस्यसरहको सुविधा दिने व्यवस्था प्रस्ताव गरिएको छ । यस्तै, कानुन, न्याय तथा संसदस्य मामिलामन्त्री नै आयोगको अध्यक्ष रहने प्रस्ताव गरिएको छ । अहिले सर्वोच्च अदालतको न्यायाधीश भइसकेको वा हुने योग्यता पुगेको व्यक्तिलाई नेपाल सरकारले अध्यक्षमा नियुक्ति गर्ने प्रावधान छ ।

ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
कानुन तर्जुमाका क्षेत्रमा काम गरी विशिष्ट श्रेणीको पदबाट अवकाशप्राप्त वा सो क्षेत्रमा कम्तीमा २० वर्षको कार्य अनुभव भएका व्यक्तिमध्येबाट उपाध्यक्ष नियुक्त गर्ने व्यवस्था विधेयकको मस्यौदामा उल्लेख छ । त्यस्तै, संवैधानिक वा कानुनको क्षेत्रमा अध्यापन वा अनुसन्धानसम्बन्धी कार्यमा १५ वर्षको अनुभव हासिल गरेको व्यक्तिमध्येबाट एक सदस्य नियुक्त गर्ने व्यवस्था प्रस्ताव गरिएको । कानुन तर्जुमाका क्षेत्रमा कम्तीमा १५ वर्षको कार्य अनुभव हासिल गरेका व्यक्तिमध्येबाट थप दुई सदस्य नियुक्त गर्ने भनिएको छ ।

प्रस्तावित व्यवस्थाअनुसार कानुन मन्त्रालयका सचिव तथा आयोगका सचिवसमेत सदस्य रहनेछन् । उपाध्यक्ष वा मनोनीत सदस्यमा कार्यक्षमताको अभाव भए निजले पद अनुकूलको आचरण नगरे सरकारले जुनसुकै बखत हटाउन सक्ने प्रावधान मस्यौदामा उल्लेख छ । अहिलेको ऐनमा अध्यक्ष, उपाध्यक्ष वा सदस्यले आफ्नो पद अनुरूपको जिम्मेवारी पूरा नगरेको भनी प्रतिनिधिसभा, कानुन तथा मानव अधिकार समितिका बहुमत सदस्यले निर्णय गरे निजको पदावधि समाप्त नहुँदै पदबाट हट्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवा प्रवाहमा अवरोध नगर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सुनौलो मेडिकल क्लिनिकका सञ्चालक कालीबहादुर थापासमेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले यस्तो आदेश गरेको हो । मन्त्रीस्तरीय बैठकले सबै स्वास्थ्य संस्थाका लागि स्वास्थ्य परीक्षण खुला गरेको थियो ...
— सुनसरीका १० स्थानीय तहमा आज पनि दिनभर कर्फ्यु आदेश कायम रहने भएको छ। जिल्ला प्रशासन कार्यालयले मङ्गलबार राति ९ बजेदेखि जारी गरेको कर्फ्यु आदेश आज दिनभर लागू रहने जनाएको छ। सुरक्षाको अवस्था क्रमशः सहज बन्दै गए पनि मृतकका परिवारसँग सहमति हुन नसकेका कारण कर्फ्युलाई निरन्तरता दिइएको जनाइएको छ। सुरक्षा स्रोतका अनुसार आज दिउँसो ४ बजे जिल्ला ...
— सडक पूर्वाधार विकासले गति लिइरहँदा सवारी दुर्घटनाको जोखिम पनि उच्च बन्दै गएको छ । पूर्वी र पश्चिम नवलपरासीमा आर्थिक वर्ष २०८२/८३ मा ७ सय ५४ वटा सवारी दुर्घटना हुँदा १ सय १६ जनाले ज्यान गुमाएका छन् । पश्चिम नवलपरासीमा आर्थिक वर्ष ०८२/८३ मा ६ सय ३६ वटा सवारी दुर्घटनामा परेर ४७ जनाको मृत्यु भएको ...
। सभामुख डोलप्रसाद (डीपी) अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा संसद्को प्रभावकारी सञ्चालनबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । साथै, संघीय संसद्का समसामयिक विषय, संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको छ । संघीय संसद्को दुई साता लामो बैठक स्थगित भएको थियो ...
। सरकारले सहकारी पीडितका माग सम्बोधन गर्न थप ३ महिना समय पाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावललाई पीडितले आगामी ३ महिनामा बचतकर्ताको बचत फिर्ताको सुनिश्चितता गर्न भनेका हुन् । सरकारले समस्याग्रस्त सहकारीलाई मात्र ध्यान दिएको र त्यसमा पनि साना बचतकर्तालाई मात्र बचत फिर्ता गरी विभेद गरेको भन्दै सोमबार र मंगलबार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम