मुख्य समाचार
क्रिकेट विश्वकप लिग २ मा लगातार चार खेलमा पराजित
क्रिकेट विश्वकप लिग २ मा लगातार चार खेलमा पराजित

। क्रिकेट विश्वकप लिग २ मा लगातार चार खेलमा पराजित भएपछि शीर्ष चारमा रहँदै ओडिआई विश्वकपको ग्लोबल क्वालिफायर पुग्ने नेपालको सम्भावना निकै कठिन बनेको छ ।

शीर्ष चारको लागि एकदमै झिनो सम्भावना बाँकी रहेपनि एक खेलको नतिजाले नै नेपालको त्यो सम्भावना सकिन सक्नेछ ।

अब नेपालको लक्ष्य शीर्ष चार भन्दा पनि शीर्ष ६ मा रहँदै ओडिआई मान्यता जोगाउनेतर्फ हुनेछ । बुधबार नेदरल्यान्ड्ससँग पराजित भएपछि कप्तान रोहित पौडेलले पनि अब नेपालको ध्यान ओडिआई मान्यतामै केन्द्रित हुने बताएका छन् ।

होस्ट ब्रोडकास्टरसँग कुरा गर्दै कप्तान पौडेलले अब अन्तिम सिरिज बाँकी रहेको र शीर्ष ६ मा आफूहरुको नजर रहेको बताएका छन् । ‘ओडिआई मान्यता बचाउनका लागि अब हामीसँग अन्तिम सिरिज बाँकी छ । शीर्ष ६ मा पर्नु नै हाम्रो मुख्य लक्ष्य हो, कसरी पुनरागन गर्ने भन्ने प्रश्नमा रोहितले भने, ‘अन्तिम ४ खेल हाम्रा लागि धेरै महत्त्वपूर्ण छन् । त्यसका लागि तयारी पनि निकै महत्वपूर्ण हुनेछ । मलाई यो टोलीमाथि पूर्ण विश्वास छ र हामी अझ बलियो रूपमा पुनरागमन गर्नेछौँ ।’


२०२४-२६ को लिग २ साइकलमा उत्कृष्ट ८ एसोसिएट टिमले प्रतिस्पर्धा गरिरहेका छन् र यसमा शीर्ष चारमा रहने टिमले सिधै ओडिआई विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् । पूछारका चार राष्ट्रले भने ग्लोबल क्वालिफायरमा लागि क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ । यस पटक लिग २ को शीर्ष ६ मा रहने टिमको ओडिआई मान्यता कायम रहने चर्चा रहेपनि आधिकारिक रुपमा भने आईसीसीले सार्वजनिक गरेको छैन ।

नेदरल्यान्ड्समा भएको लिग २ सिरिजमा नेपालले खेलेको सबै चार खेलमा हार बेहोर्दै जितविहिन बनेपछि नेपालको शीर्ष चारको सम्भावना लगभग सकिएको हो । सम्भावित ८ अंक मध्ये नेपालले कुनै अंक जोड्न नसक्दा अंकतालिकामा समेत असर गर्‍यो ।

शीर्ष चारमा रहन नेपालले अब बाँकी चार खेल जितेर मात्र पुग्दै अन्य चार टोलीको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ । ओमानले बाँकी ८ मध्ये एक खेल मात्र जितेपनि वा नेपाल आफ्नो एक खेलमा मात्र पराजित भएपनि नेपालको शीर्ष चारको समिकरण सकिनेछ ।

त्यसैले पनि कप्तान रोहित पौडेलले भने अब शीर्ष चार भन्दा ओडिआई बचाउनेमा केन्द्रित हुने बताएका हुन् ।

नामिबियासँग दुई खेल हारेपछि नेपाललाई नामिबियाले पनि उछिनेको छ । ३२ खेलबाट २४ अंक रहेको नेपाल छैटौं स्थानमा झरेको छ । नामिबिया ३१ खेलबाट २६ अंकसहित पाँचौ स्थानमा उक्लेको छ ।

नेपाल भन्दा पछि रहेका मध्ये क्यानडाको पनि समान २४ अंक नै छ तर रनरेटमा नेपाल भन्दा पछि छ । यस्तै युएई २४ खेलबाट १४ अंकसहित पूछारमा छ ।

शीर्ष स्थानमा रहेको अमेरिकाले विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गरिसकेको छ । अमेरिकाको ३२ खेलबाट ४३ अंक छ । नेपाललाई हराएपछि ३१ खेलबाट ३८ अंक जोडेको नेदरल्यान्ड्स पनि दोस्रो स्थानमा उक्लँदै ग्लोबल क्वालिफायर नजिक पुगेको छ । स्कटल्यान्डको पनि ३२ खेलबाट समान ३८ अंक छ । ओमान २८ खेलबाट ३१ अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम