मुख्य समाचार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

। कपिलवस्तुको शिवराज नगरपालिका–५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । अन्दाजी ४५ वर्षीय पुरुषको सनाखत हुन बाँकी छ ।

गएराति करिब ११ बजे टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा गएराति साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सन्जिवनी चोकबाट दक्षिण रहटकोलतर्फ ना ८ ख ६३१० नम्बरको टिपरले ती पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


कपिलवस्तुमा हिजो मात्र ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय सतर्कता केन्द्रले बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार गठन भएयता सात हजारभन्दा बढी कर्मचारीमाथि कारबाही सिफारिस गरेको छ । सतर्कता केन्द्रले १३ चैत २०८२ देखि अहिलेसम्म अनुगमनका क्रममा कैफियत देखिएका सात हजार ६४ जना कर्मचारीहरूलाई कारबाहीका लागि सम्बन्धित कार्यालयसमक्ष सिफारिस गरेको हो । सतर्कता केन्द्रका उपसचिव एवं सूचना अधिकारी सरिता खतिवडाले कार्यालयहरूको अनुगमनका क्रममा ती ...
। दक्षिण कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ। राहदानी विभागले बुधबार जारी गरेको सूचनाअनुसार साउन १४ गतेदेखि २२ गतेसम्म सेवा दुई सिफ्टमा सञ्चालन गरिनेछ। पछिल्लो एक सातादेखि विशेषगरी दक्षिण कोरियाको ईपीएसका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेपछि सेवाग्राहीलाई ...
। सरकारले विद्युतीय सवारीसाधन (ईभी) र जलवायु अनुकूल इन्जिनियरिङ पूर्वाधारलाई प्राथिमकता दिँदै राष्ट्रिय यातायात नीति २०८३ कार्यान्वयनमा ल्याएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार मन्त्रिपरिषद्ले २४ असारमा यो नीति स्वीकृत गरेको हो । योसँगै राष्ट्रिय यातायात नीति २०५८ प्रतिस्थापन भएको छ । सरकारले नयाँ यातायात नीतिमार्फत नागरिकका लागि सुरक्षित प्रणाली दृष्टिकोणमा आधारित सवारी तथा यातायात सुनिश्चित गर्ने ...
। अत्यधिक वर्षासँगै गएको पहिरोका कारण समुद्रटार-त्रिशूली ३बी १३२ केभी प्रसारण लाइनको टावर नम्बर ४१ क्षतिग्रस्त भएको छ । टावरमा क्षति पुगेपछि प्रसारण लाइन प्रभावित बनेको छ । टावर क्षतिग्रस्त बनेसँगै सोही प्रसारण लाइन मार्फत राष्ट्रिय ग्रिडमा जोडिएका ११ मेगावाट क्षमताको सूर्यकुण्ड हाइड्रोपावर र ५ मेगावाट क्षमताको बुद्धभूमि हाइड्रोपावरको विद्युत प्रवाह (पावर इभाकुएसन) मा कठिनाइ उत्पन्न ...
। असारको महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई नै सचिवालयमा राख्ने निर्णय गर्दै रास्वपा बैठक सकिएको छ । सचिवालय सदस्यका आकांक्षी व्यवस्थापन गर्न कठिन परेपछि सभापति रवि लामिछानेले यस्तो निर्णय गरेका हुन् । बालेन शाहकाे टिमबाट सदस्यमा नाम नआएको, अरु आकांक्षीको संख्या थपिएको अवस्थामा सभापति रवि लामिछानेले हाललाई सभापति, उपसभापतिहरू, महामन्त्री, सहमहामन्त्री रहेको टिमलाई सचिवालयको मान्यता दिने प्रस्ताव राखेका थिए ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम