मुख्य समाचार
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिसहरूको नाम सर्वसम्मत अनुमोदन
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिसहरूको नाम सर्वसम्मत अनुमोदन

। निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिसहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरु वाग्ले र डा राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन भएको हो ।

दुई आयुक्तको सुनुवाइ मंगलबार भएको थियो भने प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ आज भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा भाग नलिने दललाई सधैं पालिराख्न नसकिने बताएका छन् । दल दर्तामा सरलीकृत गर्ने भन्दै उनले थपे, ‘निर्वाचनमा सहभागी नहुने दललाई सधै पालिराख्ने भन्ने हुँदैन ।’ दल दर्ता गरेपछि यतिकै रहने प्रवृत्ति रहेको भन्दै उनले यस्तो बताएका हुन् । कार्कीको संसदीय सुनुवाइ जारी छ । सुनुवाइका क्रममा प्रस्तुतीकरण गर्दै उनले यस्तो ...
। सर्वोच्च अदालतले निश्चित मापदण्ड नबनेसम्म चार प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आफ्नै मुख्य रजिष्ट्रारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू विनोद शर्मा र शान्तिसिंह थापाको इजलासले प्रचलित कानुन अनुसार गोपनीय राख्नुपर्ने विषय, बन्द इजलासबाट सुनुवाइ हुने विषयवस्तुलाई प्रत्यक्ष प्रशारण नगर्नू भनी अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतले मुद्दाका कुनैपनि पक्ष वा उनीहरूका ...
। देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन गरिने भएको छ । शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन हुन लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको उक्त शवदाहगृह भरतपुर महानगरपालिकालाई आज हस्तान्तरण गरिएको छ । सार्वजनिक निजी साझेदारी ढाँचामा शवदाह सञ्चालन गर्नका लागि महानगरपालिकाले कार्यविधि तयार गरिसकेको ...
। थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत् तथा दूरसञ्चारका तारमा मंगलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले तत्काल समाधानका लागि सम्बन्धित निकायसँग समन्वय सुरु गरेका छन् । आगलागीका कारण स्थानीय बासिन्दाको सुरक्षा र जनधनमा पर्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै मन्त्री श्रेष्ठ बुधबार बिहान घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका ...
। सामाजिक सद्‌भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद गर्ने भएका छन् । रास्वपा सभापति रवि लामिछानले बुधबार विहान आह्वान गरेको सर्वदलीय बैठकले तल्लो तहमा सर्वदलीय संयन्त्र सहित बैठक आह्वान गर्ने निर्णय गरेका छन् । बैठकपछि जारी गरिएको नौ दलको संयुक्त वक्तव्यमा भनिएको छ,‘समाजमा शान्ति र सद्‌भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन ...