मुख्य समाचार
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यूले विशेष पहल जारी राखेको बताए
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यूले विशेष पहल जारी राखेको बताए

। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यूले विशेष पहल जारी राखेको बताएका छन् ।

केही दिनदेखि अशान्त रहेको सुनसरी घटनाको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले बुधबार बिहान सिंहदरबारमा बोलाइएको सर्वदलीय बैठकमा सरकारको तर्फबाट सहभागी हुँदै यस्तो धारणा राखेका हुन् ।

सुनसरीमा घटेको दुःखद् दुर्घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई समाधान गर्न प्रधानमन्त्रीज्यूले पर्याप्त पहल लिइरहेको उनको भनाइ छ । ‘सुनसरीमा सामाजिक सद्भाव कायम गर्न, सुरक्षा प्रबन्ध चुस्त राख्न, दुःखद् घटनाका पीडित परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारलगायतका विषयमा प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ’, अर्थमन्त्रीले सर्वदलीय बैठकमा भने, ‘उहाँकै समन्वयमा सरकारले यथेष्ट पहल लिइरहेको छ। राजनीतिक दलहरूले लिएको पहलकदमीलाई सरकारले सकारात्मक रूपमा लिएको छ ।’

सुनसरी घटनामा स्थिति सामान्यीकरण गर्न र सुरक्षा व्यवस्थाको प्रत्याभूति गर्न सरकारले आवश्यक समन्वयमा प्रयत्न गरिरहेको पनि उनले राजनीतिक दलको नेतृत्वलाई अवगत गराए ।


सर्वदलीय बैठकमा उठेका विषय प्रधानमन्त्रीलाई अवगत गराउने भन्दै उनले सबैको प्रयत्नमा साझा समाधान खोजिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन गरिने भएको छ । शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन हुन लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको उक्त शवदाहगृह भरतपुर महानगरपालिकालाई आज हस्तान्तरण गरिएको छ । सार्वजनिक निजी साझेदारी ढाँचामा शवदाह सञ्चालन गर्नका लागि महानगरपालिकाले कार्यविधि तयार गरिसकेको ...
। निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिसहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरु वाग्ले र डा राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन भएको हो । दुई आयुक्तको सुनुवाइ मंगलबार भएको थियो भने प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ आज भएको हो ।
। थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत् तथा दूरसञ्चारका तारमा मंगलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले तत्काल समाधानका लागि सम्बन्धित निकायसँग समन्वय सुरु गरेका छन् । आगलागीका कारण स्थानीय बासिन्दाको सुरक्षा र जनधनमा पर्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै मन्त्री श्रेष्ठ बुधबार बिहान घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका ...
। सामाजिक सद्‌भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद गर्ने भएका छन् । रास्वपा सभापति रवि लामिछानले बुधबार विहान आह्वान गरेको सर्वदलीय बैठकले तल्लो तहमा सर्वदलीय संयन्त्र सहित बैठक आह्वान गर्ने निर्णय गरेका छन् । बैठकपछि जारी गरिएको नौ दलको संयुक्त वक्तव्यमा भनिएको छ,‘समाजमा शान्ति र सद्‌भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन ...
। सामाजिक सद्‌भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद गर्ने भएका छन् । रास्वपा सभापति रवि लामिछानले बुधबार विहान आह्वान गरेको सर्वदलीय बैठकले तल्लो तहमा सर्वदलीय संयन्त्र सहित बैठक आह्वान गर्ने निर्णय गरेका छन् । बैठकपछि जारी गरिएको नौ दलको संयुक्त वक्तव्यमा भनिएको छ,‘समाजमा शान्ति र सद्‌भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन ...