मुख्य समाचार
सुनसरीमा नेपाली सेनाले हवाई गस्ती
सुनसरीमा नेपाली सेनाले हवाई गस्ती

। सुनसरीमा नेपाली सेनाले हवाई गस्ती गरेको छ । देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र आसपासको अवस्था तनावग्रस्त बनेपछि सेनाले हवाई गस्ती गरेको हो ।

सुरक्षा अवस्था र वस्तुस्थिति बुझ्न सेनाले आफ्नो तर्फबाट गस्ती गरिरहेको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले बताए । उनका अनुसार बुधबार अहिलेसम्म सुनसरी क्षेत्र शान्त रहेको छ ।
कर्फ्यु आदेश जारी भएसँगै नेपाली सेना परिचालन भएर फिल्डमा खटिएको थियो । बुधबार हवाई गस्ती पनि गरेसँगै पैदल र हवाई दुवैमार्फत सेनाले शान्ति सुव्यवस्था कायम गर्ने प्रयास गरेको उनले बताए ।

यता प्रहरीले पनि ड्रोनमार्फत कप्तानगञ्जको वस्तुस्थिति बुझ्ने काम गरेको छ ।


देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको विवादपछि स्थिति नियन्त्रणमा लिन भन्दै सुरक्षाकर्मीले चलाएको गोलीबाट कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको आइतबार राति मृत्य भयो ।

एउटा पक्षले झण्डा नहटाएको र अर्को पक्षले चर्को आवाजमा डिजे बजाएको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको र स्थिति नियन्त्रणमा लिने क्रममा हवाई फायर गर्दा एक जनाको मृत्यु भएको दाबी सुरक्षा निकायको छ ।

एक जनाको मृत्यु र ९ सर्वसाधारण घाइते भएपछि तनाव बनेको सुनसरी मंगलबार साँझ फेरि झडपमा परिणत भएको थियो । मंगलबार तोडफोड, आगजनी, झडप भएको सुनसरी अहिले भने शान्त बन्दै गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन गरिने भएको छ । शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन हुन लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको उक्त शवदाहगृह भरतपुर महानगरपालिकालाई आज हस्तान्तरण गरिएको छ । सार्वजनिक निजी साझेदारी ढाँचामा शवदाह सञ्चालन गर्नका लागि महानगरपालिकाले कार्यविधि तयार गरिसकेको ...
। निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिसहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरु वाग्ले र डा राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन भएको हो । दुई आयुक्तको सुनुवाइ मंगलबार भएको थियो भने प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ आज भएको हो ।
। थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत् तथा दूरसञ्चारका तारमा मंगलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले तत्काल समाधानका लागि सम्बन्धित निकायसँग समन्वय सुरु गरेका छन् । आगलागीका कारण स्थानीय बासिन्दाको सुरक्षा र जनधनमा पर्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै मन्त्री श्रेष्ठ बुधबार बिहान घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका ...
। सामाजिक सद्‌भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद गर्ने भएका छन् । रास्वपा सभापति रवि लामिछानले बुधबार विहान आह्वान गरेको सर्वदलीय बैठकले तल्लो तहमा सर्वदलीय संयन्त्र सहित बैठक आह्वान गर्ने निर्णय गरेका छन् । बैठकपछि जारी गरिएको नौ दलको संयुक्त वक्तव्यमा भनिएको छ,‘समाजमा शान्ति र सद्‌भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन ...
। सामाजिक सद्‌भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद गर्ने भएका छन् । रास्वपा सभापति रवि लामिछानले बुधबार विहान आह्वान गरेको सर्वदलीय बैठकले तल्लो तहमा सर्वदलीय संयन्त्र सहित बैठक आह्वान गर्ने निर्णय गरेका छन् । बैठकपछि जारी गरिएको नौ दलको संयुक्त वक्तव्यमा भनिएको छ,‘समाजमा शान्ति र सद्‌भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन ...