। थाइल्यान्डबाट नेपाल आएका नागरिकले ल्याएको कस्मेटिक सामानभित्र लागुऔषध गाँजा भेटिएको छ ।
गाँजासहित प्रहरीले भारतीय नागरिक ३३ वर्षीय सिद्धनाथ उत्तम जादेव र २९ वर्षीय सोमनाथ शंकर खड्की छन् ।
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनीहरूबाट ८ किलो ६६६ ग्राम गाँजा बरामद भएको छ ।