। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुनसरी घटनाको बारेमा सबै दलहरूले एउटा संयुक्त अपिल गरिने बताएका छन् ।
बुधबार सिंहदरबारमा रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले भने, ‘राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक छन् तर यस्तो बेला हामी एकै ठाउँमा उभियौं । सबै दलको एउटा अपिल छिट्टै आउँछ ।’
लामिछानेले यो बैठक दलहरूको तर्फबाट सरकारलाई ध्यानाकर्षण गराउनका लागि पनि भएको बताए । बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले आफ्नो धारणा र मार्गनिर्देशन राखेको सभापति लामिछानेले बताए ।
उनले सरकारको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले बैठकमा सहभागी भएको जानकारी दिए ।