मुख्य समाचार
निर्माणाधीन पुल नजिकैको खाल्डोको पानीमा डुबेको अवस्थामा दुई बालिका मृत फेला
निर्माणाधीन पुल नजिकैको खाल्डोको पानीमा डुबेको अवस्थामा दुई बालिका मृत फेला

: वीरगन्ज महानगरपालिका–२६ चक्रदहस्थित निर्माणाधीन पुल नजिकैको खाल्डोको पानीमा डुबेको अवस्थामा दुई बालिका मृत फेला परेका छन् । वडा नम्बर २६ सुगौलीका प्रभु ठाकुरकी छोरीहरु ५ वर्षीया पुच्की ठाकुर र ३ वर्षीया घघरी ठाकुर एउटै खाल्डोको पानीमा डुबेको अवस्थामा मंगलबार बिहान मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार, सोमबार ती बालिका आफना हजुरबुबवा किशोरी ठाकुरसगँ खेतमा गएका थिए । सोमबार बिहान ११ बजेतिर खेतमा गएका बेला हजुरबुबा किशोरीले ती दुवै बालिकालाई तिमीहरु यहिँ बस म तिमीहरुको हजुरआमालाई बोलाएर ल्याउँछु भनेर खेतमै छाडेर गएका थिए । केहि बेरपछि उनी फर्किएर खेतमा आउँदा ती दुवै बालिका त्यहाँ थिएनन् ।

त्यसपछि अभिभावकहरुले गाउँघर र आफन्तकोमा खोजतलास गर्दा नभेटिएपछि ती दुवै बालिकाकी आमा अन्तिमा देवीले खोजतलासका लागि सोमबार नै राति ईलाका प्रहरी कार्यालय सुगौलीमा जानकारी गराएकी दिएकी थिइन् ।

त्यसपछि खोजीमा जुटेको प्रहरीले खोजतलासकै क्रममा मंगलबार बिहान ६ बजेतिर वडा नम्बर २६ मै पर्ने चक्रदहस्थित निर्माणाधिन पुल नजिक रहेको खाल्डोमा जमेको पानी डुबेर दुवै बालिका मृत अवस्थामा भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । दुवै बालिकाको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले नै संवाद गर्नुपर्नेमा जोड दिएका छन् । आज बिहान रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकबाट बाहिरिँदै सञ्चारमाध्यम र दलसँग संवाद गर्नुपर्नेमा जोड दिए। थापाले प्रधानमन्त्री बालेन शाह बैठकमा सहभागी नभएको र संवाद अगाडि नबढाएको प्रतिसमेत आपत्ति जनाए। राष्ट्रमा समस्या आउँदा विगतमा दलका आ-आफ्नो विमति भएपनि ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कार्यस्थलमै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि दुव्र्यवहार र भौतिक आक्रमण हुन सध्य समाजमा स्वीकार्य हुन नसक्ने बताएका छन् । सभापति थापाले साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटना अत्यन्तै दुःखद र निन्दनीय भएको बताएका छन् । सभापति थापाले घटना पश्चात पेशागत ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करका दर संशोधन गर्न तथा आयात महसुल घटाउन सरकार सकारात्मक रहेको बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा उद्योगी–व्यवसायीहरूसँगको छलफलमा उनले निजी क्षेत्रलाई चलायमान बनाउन कर प्रणालीमा आवश्यक सुधार गर्ने आश्वासन दिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वअध्यक्ष ...
: संघीय संसदमा प्रतिनिधित्व गर्ने बिपक्षी दलहरुले नियमित रुपमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका छन् । मंगलबार सिंहदरबारमा आगामी प्रतिनिधिसभा बैठकको तयारीका बिषयमा सभामुख अर्यालले दलका प्रमुख सचेतक र सचेतकसँग गरेको छलफलका क्रममा बिपक्षी दलका प्रमुख सचेतकहरुले सरकारसंग सांसदहरुको धेरै प्रश्न रहेकाले नियमित रुपमा प्रश्नोत्तर कार्यक्रम राख्न ध्यानाकर्षण गराएका हुन् । छलफलपछि ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनाव समाधानका लागि प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार बोलाएको सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले संवेदनशील अवस्थामा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्नुपर्ने बताए ...