मुख्य समाचार
उज्यालो नेपाल पार्टीले सरकार सस्तो प्रचारमुखी कार्यमा बढी केन्द्रित भएको आरोप
उज्यालो नेपाल पार्टीले सरकार सस्तो प्रचारमुखी कार्यमा बढी केन्द्रित भएको आरोप

: उज्यालो नेपाल पार्टीले सरकार सस्तो प्रचारमुखी कार्यमा बढी केन्द्रित भएको आरोप लगाएको छ। काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उज्यालो नेपाल पार्टीले सरकारले समग्र अर्थतन्त्रमा देखिएको निराशाबाट आशा र विश्वास जगाउने तर्फ ध्यान दिनुपर्नेमा सस्तो प्रचारमुखी कार्यमा बढी केन्द्रित भएको जनाएको हो।

सरकारका जनहितकारी नीति र सकारात्मक कदमलाई रचनात्मक सहयोग गर्ने र जनविरोधी निर्णय, कमजोर कार्यसम्पादन, संस्थागत कमजोरी, भ्रष्टाचार संरक्षण वा राज्य सञ्चालनमा देखिएका गैरजिम्मेवार प्रवृत्तिको लोकतान्त्रिक ढङ्गले सशक्त विरोध गरिने निर्णय गरिएको सो पार्टीले जनाएको छ।

केन्द्रीय समिति बैठकले पछिल्लो समय राज्य सञ्चालनमा देखिएका कमजोरीप्रति चिन्ता गर्दै संविधान, कानुन र स्थापित प्रक्रियाभन्दा माथि कुनै व्यक्ति, पद वा शक्ति हुन नसक्ने स्पष्ट पारेको छ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रक्रियाभन्दा व्यक्तिकेन्द्रित निर्णय शैली प्रभावशाली बन्दै गएको जनअनुभूति बढिरहेको भन्दै यस्ता प्रवृत्तिले लोकतान्त्रिक संस्थाहरूको विश्वसनीयता र राज्य प्रणालीप्रतिको जनविश्वास कमजोर बनाउने जोखिम उत्पन्न भएको बताए।

उनले बाहिरबाट नियुक्त स्वकीय तथा सल्लाहकारहरूले मन्त्रालयका सचिव तथा कर्मचारीहरूलाई हस्तक्षेप गर्दा स्थायी कर्मचारीतन्त्र निरुत्साहित र निराश भएको बताए। बैठकले देशको दीर्घकालीन आर्थिक तथा सामाजिक रूपान्तरणका लागि 'हरित क्रान्ति, समृद्ध नेपाल’ को राष्ट्रिय मार्ग केन्द्रीय कमिटीबाट पारित गरिएको घिसिङले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वीरगन्ज महानगरपालिका–२६ चक्रदहस्थित निर्माणाधीन पुल नजिकैको खाल्डोको पानीमा डुबेको अवस्थामा दुई बालिका मृत फेला परेका छन् । वडा नम्बर २६ सुगौलीका प्रभु ठाकुरकी छोरीहरु ५ वर्षीया पुच्की ठाकुर र ३ वर्षीया घघरी ठाकुर एउटै खाल्डोको पानीमा डुबेको अवस्थामा मंगलबार बिहान मृत फेला परेका हुन् । प्रहरीका अनुसार, सोमबार ती बालिका आफना हजुरबुबवा किशोरी ठाकुरसगँ खेतमा ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले नै संवाद गर्नुपर्नेमा जोड दिएका छन् । आज बिहान रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकबाट बाहिरिँदै सञ्चारमाध्यम र दलसँग संवाद गर्नुपर्नेमा जोड दिए। थापाले प्रधानमन्त्री बालेन शाह बैठकमा सहभागी नभएको र संवाद अगाडि नबढाएको प्रतिसमेत आपत्ति जनाए। राष्ट्रमा समस्या आउँदा विगतमा दलका आ-आफ्नो विमति भएपनि ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कार्यस्थलमै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि दुव्र्यवहार र भौतिक आक्रमण हुन सध्य समाजमा स्वीकार्य हुन नसक्ने बताएका छन् । सभापति थापाले साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटना अत्यन्तै दुःखद र निन्दनीय भएको बताएका छन् । सभापति थापाले घटना पश्चात पेशागत ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करका दर संशोधन गर्न तथा आयात महसुल घटाउन सरकार सकारात्मक रहेको बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा उद्योगी–व्यवसायीहरूसँगको छलफलमा उनले निजी क्षेत्रलाई चलायमान बनाउन कर प्रणालीमा आवश्यक सुधार गर्ने आश्वासन दिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वअध्यक्ष ...
: संघीय संसदमा प्रतिनिधित्व गर्ने बिपक्षी दलहरुले नियमित रुपमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका छन् । मंगलबार सिंहदरबारमा आगामी प्रतिनिधिसभा बैठकको तयारीका बिषयमा सभामुख अर्यालले दलका प्रमुख सचेतक र सचेतकसँग गरेको छलफलका क्रममा बिपक्षी दलका प्रमुख सचेतकहरुले सरकारसंग सांसदहरुको धेरै प्रश्न रहेकाले नियमित रुपमा प्रश्नोत्तर कार्यक्रम राख्न ध्यानाकर्षण गराएका हुन् । छलफलपछि ...