मुख्य समाचार
हिमाली जिल्ला डोल्पामा लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ
हिमाली जिल्ला डोल्पामा लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

। हिमाली जिल्ला डोल्पामा लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

त्रिपुरासुन्दरी नगरपालिका- ०१ बजार बजारस्थित फ्लग फिगर होटलबाट मंगलबार साँझ ७:५० मिनेटमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार होटलमा कोठा भाडामा लिएर बसेका दुई जनाले लागुऔषध बिक्रीवितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो।

होटलमा कोठा भाडामा लिएर बसेका उनीहरूलाई खानतलासीका क्रममा ठूलीभेरी नगरपालिका-८ निवासी २५ वर्षीय सन्तोष भण्डारी र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका- ११ निवासी २३ वर्षीय नवीन खड्कालाई पक्राउ गरिएको हो ।


उनीहरूको साथबाट लागुऔषध खैरो हिरोइन ०.९४ ग्राम बरामद गरिएको छ । साथै ६२ हजार ५०० रुपैयाँ नगद र विभिन्न कम्पनीका तीन थान मोबाइल फोन समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विनय कुमार सिंहले जानकारी दिए ।

पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वीरगन्ज महानगरपालिका–२६ चक्रदहस्थित निर्माणाधीन पुल नजिकैको खाल्डोको पानीमा डुबेको अवस्थामा दुई बालिका मृत फेला परेका छन् । वडा नम्बर २६ सुगौलीका प्रभु ठाकुरकी छोरीहरु ५ वर्षीया पुच्की ठाकुर र ३ वर्षीया घघरी ठाकुर एउटै खाल्डोको पानीमा डुबेको अवस्थामा मंगलबार बिहान मृत फेला परेका हुन् । प्रहरीका अनुसार, सोमबार ती बालिका आफना हजुरबुबवा किशोरी ठाकुरसगँ खेतमा ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले नै संवाद गर्नुपर्नेमा जोड दिएका छन् । आज बिहान रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकबाट बाहिरिँदै सञ्चारमाध्यम र दलसँग संवाद गर्नुपर्नेमा जोड दिए। थापाले प्रधानमन्त्री बालेन शाह बैठकमा सहभागी नभएको र संवाद अगाडि नबढाएको प्रतिसमेत आपत्ति जनाए। राष्ट्रमा समस्या आउँदा विगतमा दलका आ-आफ्नो विमति भएपनि ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कार्यस्थलमै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि दुव्र्यवहार र भौतिक आक्रमण हुन सध्य समाजमा स्वीकार्य हुन नसक्ने बताएका छन् । सभापति थापाले साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटना अत्यन्तै दुःखद र निन्दनीय भएको बताएका छन् । सभापति थापाले घटना पश्चात पेशागत ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करका दर संशोधन गर्न तथा आयात महसुल घटाउन सरकार सकारात्मक रहेको बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा उद्योगी–व्यवसायीहरूसँगको छलफलमा उनले निजी क्षेत्रलाई चलायमान बनाउन कर प्रणालीमा आवश्यक सुधार गर्ने आश्वासन दिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वअध्यक्ष ...
: संघीय संसदमा प्रतिनिधित्व गर्ने बिपक्षी दलहरुले नियमित रुपमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका छन् । मंगलबार सिंहदरबारमा आगामी प्रतिनिधिसभा बैठकको तयारीका बिषयमा सभामुख अर्यालले दलका प्रमुख सचेतक र सचेतकसँग गरेको छलफलका क्रममा बिपक्षी दलका प्रमुख सचेतकहरुले सरकारसंग सांसदहरुको धेरै प्रश्न रहेकाले नियमित रुपमा प्रश्नोत्तर कार्यक्रम राख्न ध्यानाकर्षण गराएका हुन् । छलफलपछि ...