मुख्य समाचार
जापानको दक्षिणी कुमामोटो प्रदेशमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा सपिङ मलमा भएको विस्फोट र विभिन्न संरचना भत्किँदा कम्तीमा तीन जनाको मृत्यु
जापानको दक्षिणी कुमामोटो प्रदेशमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा सपिङ मलमा भएको विस्फोट र विभिन्न संरचना भत्किँदा कम्तीमा तीन जनाको मृत्यु

। जापानको दक्षिणी कुमामोटो प्रदेशमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा सपिङ मलमा भएको विस्फोट र विभिन्न संरचना भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् ।

कुमामोटो प्रान्तीय सरकारले बुधबार बिहान दिएको जानकारीअनुसार भूकम्पपछि एइअन मलमा भएको विस्फोटपछि रातभर सञ्चालन गरिएको उद्धार अभियानमा आठ जनालाई जीवित उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २० वर्ष उमेर समूहका दुई महिलाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना कार्डियोपल्मोनरी अरेस्ट (हृदय र श्वासप्रश्वास बन्द भएको अवस्था) मा भेटिएका छन् ।

अन्य पाँच जना घाइते भए पनि उनीहरूको अवस्था गम्भीर नरहेको जनाइएको छ ।

जापानको अग्नि नियन्त्रण निकाय, प्रहरी र सेल्फ डिफेन्स फोर्सले रातभर उद्धार अभियान सञ्चालन गरेका थिए । भवनभित्रबाट सहयोगको आग्रह आएको स्थानलाई केन्द्रित गरेर खोज तथा उद्धार कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन् ।


जापानी प्रधानमन्त्री सानाए ताकाइचीले क्षतिको पूर्ण विवरण संकलन भइरहेको बताउँदै केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको, आगलागी भएको तथा सडक, पुल र भवनमा व्यापक क्षति पुगेको जानकारी दिइन् ।

भूकम्पपछि करिब तीन लाख मानिसलाई सुरक्षित स्थान तथा अस्थायी आश्रय केन्द्रमा जान निर्देशन दिइएको छ । क्युसु क्षेत्रमा लगातार परकम्प (आफ्टरसक) आइरहेकाले उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

करीब २०० पसल रहेको एइअन सपिङ मलको एक भाग विस्फोटपछि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । भवनको बाहिरी भाग भत्किँदा फलामका संरचना बाहिर निस्किएका र पार्किङ क्षेत्रमा भग्नावशेष छरिएको दृश्य सार्वजनिक भएका छन् ।

मल सञ्चालक कम्पनीले भूकम्पलगत्तै ग्राहक र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको जनाएको छ । विस्फोटको कारण अझै खुल्न नसके पनि ग्यास चुहावटका कारण विस्फोट भएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ ।

घटनास्थल नजिकै रहेका एक प्रत्यक्षदर्शीले भूकम्पपछि भाँडा सफा गरिरहेको बेला ठूलो विस्फोट भएको र धुवाँको मुस्लो उड्दा ज्वालामुखीको खरानी झरेजस्तै वातावरण बनेको बताएका छन् ।

यसैबीच, निप्पोन पेपर इन्डस्ट्रिजको एक कारखानामा चिम्नी भत्किँदा केही कर्मचारी सम्पर्कविहीन भएका छन् । दुई अस्पतालमा ५० भन्दा बढी घाइतेको उपचार भइरहेको छ, जसमा केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । भूकम्पका बेला सञ्चालनमा रहेका तीव्र गतिको रेलका केही यात्रु पनि घाइते भएका छन् ।

भूकम्पपछि विभिन्न स्थानमा भवनहरू आंशिक रूपमा भत्किएका तथा आगलागीका घटना भएका छन् । केन्द्रबिन्दु नजिकैको एक सहरमा भवन भत्किँदा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुख्य राजमार्गमा ठूला चिरा परेपछि सडक यातायात प्रभावित भएको छ । रेल सेवा स्थगित गरिएको छ भने कुमामोटो विमानस्थलको धावनमार्ग बन्द भएपछि धेरै उडान रद्द तथा अन्यत्र मोडिएका छन् ।

भूकम्पपछि विश्वकै ठूलो चिप उत्पादन गर्ने कम्पनी टीएसएमसी, सोनी र फुजिफिल्मले आफ्ना कारखानाबाट कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालेका छन् । टीएसएमसीले आफ्नो उत्पादन केन्द्रमा ठूलो क्षति नभएको र क्रमश: उत्पादन पुन: सञ्चालन भइरहेको जनाएको छ ।

टोकियो इलेक्ट्रोनले भने कुमामोटोस्थित आफ्ना दुई कारखानाको सञ्चालन बुधबारसम्मका लागि स्थगित गरेको छ ।

होन्डाले पनि मोटरसाइकल कारखानाको उत्पादन अस्थायी रूपमा रोकेको जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु कुमामोटो सहरबाट करिब २० किलोमिटर दक्षिणमा रहेको जापानको मौसम विज्ञान निकायले जनाएको छ । प्रभावित क्षेत्रमा आगामी एक सातासम्म शक्तिशाली परकम्प आउन सक्ने तथा पहिरोको जोखिम उच्च रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।

क्युसु इलेक्ट्रिक पावरका अनुसार भूकम्पपछि करिब ४८ हजार घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । यद्यपि, प्रभावित क्षेत्रमा रहेका कुनै पनि आणविक विद्युत् केन्द्रमा असामान्य अवस्था नदेखिएको जापानको आणविक नियमन प्राधिकरणले जनाएको छ ।

कुमामोटोमा एक दशकअघि आएको विनाशकारी भूकम्पमा २७५ जनाको मृत्यु भएको थियो भने हजारौं भवन क्षतिग्रस्त भएका थिए । यसपटक पनि ठूलो क्षति हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए पछि, जापान मौसम विज्ञान विभागले सुनामीको चेतावनी जारी गरेको छ । जापानको क्युशु टापुमा आएको कम्पन जापानको आफ्नै “शिन्डो स्केल” मा मापन गरिएको विभागले जनाएको छ । सुनामी एक मिटरसम्म मापन गर्न सकिने तथा साँझ ५ः०० बजेसम्म आइ पुग्न सक्ने जनाइएको छ । जापानी मिडीया एन एच ...
। विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा पोखरास्थित ‘ओसिस टुरिज्म इन्टरनेशनल’का दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले पोखरा–५ पर्स्याङमा सञ्चालित उक्त कम्पनीमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, सान्तीनगर बस्ने मोहम्मद यासेर ...
। जापानको राजधानी टोकियोस्थित प्रसिद्ध पर्यटकीय थलो ओदाइबामा जुलाई १८, १९ र २० गते तीनदिने ‘नेपाल फेस्टिभल २०२६’ आयोजना हुने भएको छ । नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ, आदिवासी जनजाति महासंघको संयुक्त आयोजनामा १५ औं संस्करणको महोत्सव आयोजना हुन लागेको हो । एनआरएनए जापानका प्रवक्ता सचिन आचार्यका अनुसार यसपटकको फेस्टिभललाई नेपाली समुदायभन्दा पर विस्तार गर्ने लक्ष्य छ ...
। जापानले भिसा शुल्क बढाउने निर्णय गरेको छ। ४८ वर्षपछि भिसा शुल्क संशोधन गर्ने निर्णय बुधबार जापान सरकारको मन्त्रिपरिषद बैठकले गरेको हो । सन् १९७८ यता भिसा शुल्कमा कुनै परिवर्तन गरिएको थिएन । कति बढ्यो भिसा शुल्क ? जापान टाइम्सका अनुसार, भिसा शुल्क बढाएर सिङ्गल-इन्ट्री भिसाका लागि हालको ३,००० येनबाट बढाएर १५,००० येन पुर्‍याइने निर्णय मन्त्रिपरिषद्ले गरेको ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दिपककुमार साहले यस पटकको बजेटलाई आवश्यकता र दिगो विकासलाई केन्द्रमा राखेर तयार गरिएको दस्तावेजको रुपमा व्याख्या गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले थिति बसाल्न र राष्ट्र निर्माणको महाअभियानका लागी आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रित गर्ने संकुचित सोचभन्दा माथि उठेर, समग्र देशको उत्पादन बढाउने बृहत्तर सोचका साथ बजेट आएको ...