मुख्य समाचार
घाइते अवस्थामा भेटिएका एक युवकको मृत्यु सामान्य रूपमा लडेर नभई ट्रकले किचेर भएको तथ्य पोस्टमार्टमपछि खुलेको छ
घाइते अवस्थामा भेटिएका एक युवकको मृत्यु सामान्य रूपमा लडेर नभई ट्रकले किचेर भएको तथ्य पोस्टमार्टमपछि खुलेको छ

: मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित अगुर दाना मिलअगाडि घाइते अवस्थामा भेटिएका एक युवकको मृत्यु सामान्य रूपमा लडेर नभई ट्रकले किचेर भएको तथ्य पोस्टमार्टमपछि खुलेको छ । घटनाको वास्तविकता सार्वजनिक भएपछि प्रहरीले ट्रक चालकलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ ।

सुनसरीको गढी गाउँपालिका–२ घर भई हाल बुढीगंगा गाउँपालिका–५ दीपु टोलस्थित ससुरालीमा बस्दै आएका ३५ वर्षीय सुरज ऋषिदेव साउन १० गते आइतबार साँझ करिब ६:३० बजे सडकमा घाइते अवस्थामा फेला परेका थिए । उनको उद्धार गरी उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल पुर्‍याएको थियो । तर, अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

त्यसपछि शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको थियो । प्रारम्भिक रूपमा लडेर मृत्यु भएको अनुमान गरिए पनि पोस्टमार्टम रिपोर्टले त्यसलाई पुष्टि गरेन । रिपोर्टमा अन्य कारणबाट मृत्यु भएको देखिएपछि प्रहरीले घटनाको नयाँ कोणबाट अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा मृतक रोकेर राखिएको ना ७ ख ७८८ नम्बरको ट्रकमुनि गएर सुतेको र चालकले त्यसका बारेमा जानकारी नपाई ट्रक अगाडि बढाउँदा चक्काले किचेर उनको मृत्यु भएको खुलेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार घटनामा संलग्न ट्रक र चालक झापाको कचनकवल गाउँपालिका–१ निवासी ३० वर्षीय हरि थापालाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको छ ।

चालकको लापरबाहीका कारण दुर्घटना भएको देखिएको मिश्रले बताए । पोस्टमार्टम रिपोर्टपछि घटनाको वास्तविकता खुलेसँगै ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वीरगन्ज महानगरपालिका–२६ चक्रदहस्थित निर्माणाधीन पुल नजिकैको खाल्डोको पानीमा डुबेको अवस्थामा दुई बालिका मृत फेला परेका छन् । वडा नम्बर २६ सुगौलीका प्रभु ठाकुरकी छोरीहरु ५ वर्षीया पुच्की ठाकुर र ३ वर्षीया घघरी ठाकुर एउटै खाल्डोको पानीमा डुबेको अवस्थामा मंगलबार बिहान मृत फेला परेका हुन् । प्रहरीका अनुसार, सोमबार ती बालिका आफना हजुरबुबवा किशोरी ठाकुरसगँ खेतमा ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले नै संवाद गर्नुपर्नेमा जोड दिएका छन् । आज बिहान रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकबाट बाहिरिँदै सञ्चारमाध्यम र दलसँग संवाद गर्नुपर्नेमा जोड दिए। थापाले प्रधानमन्त्री बालेन शाह बैठकमा सहभागी नभएको र संवाद अगाडि नबढाएको प्रतिसमेत आपत्ति जनाए। राष्ट्रमा समस्या आउँदा विगतमा दलका आ-आफ्नो विमति भएपनि ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कार्यस्थलमै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि दुव्र्यवहार र भौतिक आक्रमण हुन सध्य समाजमा स्वीकार्य हुन नसक्ने बताएका छन् । सभापति थापाले साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटना अत्यन्तै दुःखद र निन्दनीय भएको बताएका छन् । सभापति थापाले घटना पश्चात पेशागत ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करका दर संशोधन गर्न तथा आयात महसुल घटाउन सरकार सकारात्मक रहेको बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा उद्योगी–व्यवसायीहरूसँगको छलफलमा उनले निजी क्षेत्रलाई चलायमान बनाउन कर प्रणालीमा आवश्यक सुधार गर्ने आश्वासन दिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वअध्यक्ष ...
: संघीय संसदमा प्रतिनिधित्व गर्ने बिपक्षी दलहरुले नियमित रुपमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका छन् । मंगलबार सिंहदरबारमा आगामी प्रतिनिधिसभा बैठकको तयारीका बिषयमा सभामुख अर्यालले दलका प्रमुख सचेतक र सचेतकसँग गरेको छलफलका क्रममा बिपक्षी दलका प्रमुख सचेतकहरुले सरकारसंग सांसदहरुको धेरै प्रश्न रहेकाले नियमित रुपमा प्रश्नोत्तर कार्यक्रम राख्न ध्यानाकर्षण गराएका हुन् । छलफलपछि ...