: मालारानी गाउँपालिका –०६ साकिन्धारामा भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन् । मंगलबार दिउँसो करिब १:३० बजे आफ्नै बारिमा बाँदर धपाउनका लागि लोड गरिएको भरुवा बन्दुक पड्कादा ३० वर्षीय विष्णु थापा घाइते भएका हुन् ।
लोड गरिएको बोकेर हिँड्ने क्रममा चिप्लिँदा बन्दुक अचानक पड्किँदा उनको दायाँ हातको पञ्जामा चोट लागेको हो ।
घाइते थापाको बुटवलस्थित एडमन सिटी अस्पतालमा उपचार भइरहेको छ । घटनामा प्रयोग भएको भरुवा बन्दुक नियन्त्रणमा लिनुका साथै घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।