: आइसिसी विश्वकप लिग - २ अन्तर्गत जारी श्रृङ्खलाको अन्तिम खेलमा आज नेपालले घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दैछ। नेदरल्यान्ड्समा भइरहेको यस श्रृङ्खलामा नेपालले सुखद नतिजा निकाल्न सकेको छैन।
पहिलो खेलदेखि नै लगातार ३ हार बेहोरेको नेपाल अन्तिम खेलमा सुखद नतिजासहित घर फर्कन चाहन्छ। नेपालले पहिलो खेलमा नामिबीयासँग ८ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा नेपाल नामिबीयासँग ३ रनले पराजित हुन पुगेको थियो।
जारी श्रृङ्खलामा नेपालले तिनै खेलमा ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकेको छैन। नेपालका लेगस्पिनर स्टार सन्दीप लामिछाने पनि लगातार तीन खेलमा विकेटविहिन रहन पुगेका छन्।
श्रृङ्खलाको दौरान नेपालका तीव्र गतिका बलर नन्दन यादव ह्याम्स्ट्रिङ इन्जुरीको कारण टोलीबाट बाहिरिएका छन्।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, इशान पाण्डे, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, अर्जुन कुमाल र विनोद भण्डारी।