मुख्य समाचार
रोबर्टो मान्सिनीलाई दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
रोबर्टो मान्सिनीलाई दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त

। रोबर्टो मान्सिनीलाई दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । इटाली फुटबल महासंघ (एफआईजीसी) ले मंगलबार मान्सिनीलाई नयाँ प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएपछि यसअघिका प्रशिक्षक गेनारो गट्टुसोले अप्रिलमा इटालीको मुख्य प्रशिक्षकको पद छाडेका थिए । अब मान्सिनीले उनको स्थान लिनेछन् ।

आन्द्रे पिर्लो प्रशिक्षक पदको दौडबाट पछि हटेपछि र प्राविधिक निर्देशक पाओलो माल्दिनीले राजीनामा दिएको एक दिनपछि मान्सिटी पुन: इटालीको मुख्य प्रशिक्षक बनेका हुन् । इटालीको मुख्य प्रशिक्षक पदमा पेप ग्वार्डिओला लगायतको नाम चर्चामा आएपनि अन्तिमम मान्सिनी नै प्रशिक्षक बनेका हुन् ।

६१ वर्षीय मान्सिनीले यसअघि सन् २०१८ देखि २०२३ सम्म इटालीको प्रशिक्षकको भूमिका थिए । उनको प्रशिक्षणमा इटालीले इंग्ल्यान्डलाई पराजित गर्दै युरो २०२० को उपाधि जितेको थियो ।


साथै उनको नेतृत्वमा इटालीले लगातार ३७ खेलसम्म अपराजित रहँदै विश्व कीर्तिमान नै बनाएको थियो । तर २०२२ को विश्वकपमा छनोट हुन असफल भएपछि उनले राजीनामा दिएका थिए ।

पूर्व मिडफिल्डर पिर्लो पनि प्रशिक्षकको जिम्मेवार सम्हाल्न तयार देखिएका थिए । तर सोमबार रुसको एक सट्टाबाजी (बेटिङ) कम्पनीसँगको उनको सम्बन्धलाई लिएर विवाद उत्पन्न भएछि उनी पछि हटेका हुन् ।

इटाली फुटबल महासंघका अध्यक्ष जियोभानी मालागोले बीबीसीसँग भने, ‘मुख्य प्रशिक्षक बन्नका लागि रोबर्टो मान्सिनी नै सबैभन्दा उपयुक्त व्यक्ति हुन् भन्ने मलाई विश्वास थियो ।’

यस्तै सन् २०१५–१६ मा लेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका क्लाउडियो रानिएरीले माल्दिनीको स्थानमा प्राविधिक निर्देशकको जिम्मेवारीमा रहनेछन् ।

दुई साताअघि मात्रै प्राविधिक निर्देशक नियुक्त भएका माल्दिनी र सल्लाहकार लियोनार्डोले पिर्लोलाई प्रशिक्षक नियुक्त नगरेपछि राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम