मुख्य समाचार
गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी ५८५ जनाको मृत्यु
गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी ५८५ जनाको मृत्यु

। गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी ५८५ जनाको मृत्यु भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सो अवधिमा प्रदेशभर कूल चार हजार ७९७ वटा सवारी दुर्घटना भएका थिए ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापाले दुर्घटनामा परी ४२४ पुरुष, ११० महिला र ५१ बालबालिकाको ज्यान गएको जानकारी दिए ।

दुर्घटनामा परी एक हजार ७९९ जना गम्भीर घाइते भएका छन् भने छ हजार २५९ जना सामान्य घाइते भएका छन् ।


तीव्र गति, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउनु दुर्घटनाको मुख्य कारण रहेको एसपी थापाले बताए ।

दुर्घटनामा संलग्न कूल छ हजार ८२२ सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल र स्कुटर रहेका छन् । तथ्याङ्कअनुसार चार हजार २८६ वटा मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका छन् ।

यस्तै ६६६ जिप तथा कार, ५०९ टेम्पो, ४९५ शारीरिक शक्तिले चल्ने सवारी साधन, २१० बस तथा २०४ वटा ट्रक र ट्याक्टर दुर्घटनामा संलग्न रहेका छन् ।

यस्तै सोही आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख २० हजार ४८ वटा सवारी साधनलाई कारबाही गरिएको छ ।

उक्त कारबाहीबाट १३ करोड ५८ लाख छ हजार ६३ रुपैयाँ राजस्व सङ्कलन भएको एसपी थापाले बताए । –रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हालै भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कडा कारबाही र पीडितलाई राहतको माग गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनामा एक युवाको मृत्यु भएको र केही व्यक्ति घाइते भएकोमा दु:ख व्यक्त गरेका छन्। उनले मृतकका परिवारलाई राहत, क्षतिपूर्ति ...
। एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल घर भएका ३१ वर्षीय अब्दुल सानी हाकिम छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । यसअघि प्रश्नपत्र आउट प्रकरणमा दुई जना पक्राउ परेका थिए । योसँगै पक्राउ पर्ने ...
। नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी बनाउन सत्तापक्षकै भूमिका धेरै हुनेबारे सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराइएको बताएका छन् । प्रतिनिधिसभामा दलहरूको भूमिका कसरी प्रभावकारीब नाउन सकिन्छ भन्नेबारे सभामुख डीपी अर्यालले डाकेको बैठकमा सहभागी भएर निस्किनेक्रममा दुलालले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले विपक्षी दलका सांसदले बोलेको विषयमा सत्तापक्षका सांसदहरूले तत्कालै सरकारको तर्फबाटै जवाफ ...
। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको बताएका छन् । उनले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । कहिले भ्रमण हुने र कहिलेको लागि दिएको भन्ने चाहिँ उनले खुलाएका छैनन् । पत्रकारले हालै नेपाली अधिकारीले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको सन्दर्भमा ...
। दुबईबाट नेपाल आउँदै गरेकी एक युवती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेकी छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–१ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको ...