मुख्य समाचार
कप्तानगञ्जमा हालै भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कडा कारबाही र पीडितलाई राहतको माग
कप्तानगञ्जमा हालै भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कडा कारबाही र पीडितलाई राहतको माग

। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हालै भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कडा कारबाही र पीडितलाई राहतको माग गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनामा एक युवाको मृत्यु भएको र केही व्यक्ति घाइते भएकोमा दु:ख व्यक्त गरेका छन्।

उनले मृतकका परिवारलाई राहत, क्षतिपूर्ति र न्याय दिलाउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

राप्रपाले घटनाको सत्यतथ्य, निष्पक्ष, स्वतन्त्र र पारदर्शी रूपमा छानबिन गरी हिंसा भड्काउने, हत्या, आगजनी वा सामाजिक सद्भाव बिथोल्ने जो-कोहीलाई पनि कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने स्पष्ट पारेको छ।

दण्डहीनताको संस्कृतिले यस्ता घटनालाई थप प्रोत्साहन गर्ने भएकाले दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने अध्यक्ष लिङ्देनले उल्लेख गरेका छन्। विशेषगरी तराई–मधेस क्षेत्रमा चाडपर्व वा धार्मिक अवसरका बेला बारम्बार तनाव र साम्प्रदायिक विवाद उत्पन्न हुने गरेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।


धार्मिक संवेदनशीलतामाथि भइरहेको प्रहार, सुरक्षा व्यवस्थाको कमजोरी र प्रशासनिक उत्तरदायित्वको गहिरो अध्ययन गरी दीर्घकालीन समाधान खोज्न राप्रपाले सरकारसँग आग्रह गरेको छ।

यस्ता घटना सधैँका लागि अन्त्य गर्न सर्वपक्षीय समिति बनाएर तत्काल संवाद थाल्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिने सुनिश्चितता प्रदान गर्न सरकारसँग माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी ५८५ जनाको मृत्यु भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सो अवधिमा प्रदेशभर कूल चार हजार ७९७ वटा सवारी दुर्घटना भएका थिए । मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापाले दुर्घटनामा परी ४२४ ...
। एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल घर भएका ३१ वर्षीय अब्दुल सानी हाकिम छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । यसअघि प्रश्नपत्र आउट प्रकरणमा दुई जना पक्राउ परेका थिए । योसँगै पक्राउ पर्ने ...
। नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी बनाउन सत्तापक्षकै भूमिका धेरै हुनेबारे सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराइएको बताएका छन् । प्रतिनिधिसभामा दलहरूको भूमिका कसरी प्रभावकारीब नाउन सकिन्छ भन्नेबारे सभामुख डीपी अर्यालले डाकेको बैठकमा सहभागी भएर निस्किनेक्रममा दुलालले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले विपक्षी दलका सांसदले बोलेको विषयमा सत्तापक्षका सांसदहरूले तत्कालै सरकारको तर्फबाटै जवाफ ...
। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको बताएका छन् । उनले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । कहिले भ्रमण हुने र कहिलेको लागि दिएको भन्ने चाहिँ उनले खुलाएका छैनन् । पत्रकारले हालै नेपाली अधिकारीले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको सन्दर्भमा ...
। दुबईबाट नेपाल आउँदै गरेकी एक युवती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेकी छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–१ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको ...