। नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी बनाउन सत्तापक्षकै भूमिका धेरै हुनेबारे सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराइएको बताएका छन् । प्रतिनिधिसभामा दलहरूको भूमिका कसरी प्रभावकारीब नाउन सकिन्छ भन्नेबारे सभामुख डीपी अर्यालले डाकेको बैठकमा सहभागी भएर निस्किनेक्रममा दुलालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले विपक्षी दलका सांसदले बोलेको विषयमा सत्तापक्षका सांसदहरूले तत्कालै सरकारको तर्फबाटै जवाफ दिएझैँ अभिव्यक्ति दिने परिपाटी अन्त्य गर्न सभामुखको ध्यानाकर्षण गराइएको पनि बताए ।
‘संसद्लाई प्रभावकारी बनाउन सत्तापक्षकै भूमिका धेरै हुन्छ प्रतिपक्षीको भन्दा,’ उनले भने, ‘एक सांसदले बोलेको विषयमा अर्का सांसदले जवाफ दिनु राम्रो नहुने भनेर आज सभामुखलाई भनेका छौं ।’
त्यस्तै सरकारले सदनलाई बिजनेश नदिएको विषयमा पनि ध्यानाकर्षण गराइएको बताए । साउन १४ गतेबाट प्रतिनिधिसभा बैठक बस्दैछ तर अहिलेसम्म विधेयक दर्ता नभएको भन्दै उनले सरकारको ध्यानार्षण गराउन सभामुखलाई आग्रह गराइएको बताए ।