। एकै वर्षमा कम्बोडियाबाट चार सय नेपालीको उद्धार गरिएको छ ।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा मंगलबार भएको मानव बेचबिखनविरुद्धको एक कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी नकुल पोखरेलले एकै वर्षमा चार सय नेपालीको उद्धार गरिएको बताए ।
उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३८२ पुरुष र १८ महिला गरी चार सय नेपाली नागरिकलाई कम्बोडियाबाट उद्धार गरिएको हो । जबकि आर्थिक वर्ष २०८१/८२ मा भने १२ पुरुष र २ महिला गरी जम्मा १४ नेपाली नागरिकलाई कम्बोडियाबाट उद्धार गरिएको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा २, आर्थिक वर्ष २०७९/८० मा १ र आर्थिक वर्ष २०७८/७९ मा भने ५ जनालाई उद्धार गरिएको छ । मानव तस्करले विभिन्न प्रलोभन देखाएर उनीहरुलाई कम्बोडिया लगेर साइबर दासको रुपमा अवैध गतिविधिमा काम लगाउने गरेको प्रहरीले बताएको छ ।