मुख्य समाचार
कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने
कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी आन्तरिक प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानको १०–११ साउनमा बसेको छैठौं बैठकले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी तीन दिने आन्तरिक प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार प्रशिक्षण १५–१७ साउनसम्म प्रशिक्षण सञ्चालन हुने छ । प्रशिक्षणमा इच्छुकहरू मध्येबाट चुनिएका ४० युवा मात्रै पहिलो चरणमा सहभागी हुने बताइएको छ ।

प्रशिक्षणमा सैद्धान्तिक ज्ञानसँगै प्राविधिक सिप सिकाइनुका साथै अभ्याससमेत गराइने छ । प्राकृतिक विपद्को क्षेत्रमा लामो समयदेखि स्वदेश र विदेशमा कार्य गरिरहेका विषय विज्ञहरूले प्रशिक्षकका रूपमा सहजीकरण गर्ने दुलालले जानकारी दिए ।


प्रशिक्षणमार्फत विपद्मा सचेतनादेखि प्रतिकार्यसम्मका लागि कार्य गर्न सक्ने दक्ष युवाशक्ति निर्माण हुने विश्वास कांग्रेसले लिएको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको प्रतिष्ठानले आगामी दिनमा ‘हरेक जिल्लामा विपद् व्यवस्थापन स्वयंसेवक’ को अवधारणाबमोजिम अघि बढ्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल घर भएका ३१ वर्षीय अब्दुल सानी हाकिम छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । यसअघि प्रश्नपत्र आउट प्रकरणमा दुई जना पक्राउ परेका थिए । योसँगै पक्राउ पर्ने ...
। नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी बनाउन सत्तापक्षकै भूमिका धेरै हुनेबारे सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराइएको बताएका छन् । प्रतिनिधिसभामा दलहरूको भूमिका कसरी प्रभावकारीब नाउन सकिन्छ भन्नेबारे सभामुख डीपी अर्यालले डाकेको बैठकमा सहभागी भएर निस्किनेक्रममा दुलालले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले विपक्षी दलका सांसदले बोलेको विषयमा सत्तापक्षका सांसदहरूले तत्कालै सरकारको तर्फबाटै जवाफ ...
। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको बताएका छन् । उनले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । कहिले भ्रमण हुने र कहिलेको लागि दिएको भन्ने चाहिँ उनले खुलाएका छैनन् । पत्रकारले हालै नेपाली अधिकारीले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको सन्दर्भमा ...
। दुबईबाट नेपाल आउँदै गरेकी एक युवती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेकी छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–१ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि केन्द्रीय प्रतिनिधिहरू खटाउने भएको छ । पूर्वसभापति शेरबहादुर देउवासँग निकट रहेको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारीका लागि १६५ वटै निर्वाचन क्षेत्रहरूमा केन्द्रीय प्रतिनिधिहरू खटाउने तयारी गरेको हो । इतर समूहको प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले १६ साउनसम्म केन्द्रीय प्रतिनिधिहरू खटाउने आन्तरिक तयारी भइरहेको जानकारी दिए । ‘प्रदेशअनुसार ...