। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नोटा, राइट टु रिकल, अन्तर जिल्ला र बिदेशबाट मतदानबारे प्रष्टता खोजेका छन ।
प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेको सुनुवाइको क्रममा उनले यसबारे प्रष्टता खोजेका हुन ।
‘यो सकिन्छ, यसैपटक सकिन्छ भनेर प्रष्ट आएन,’ पुनाले भने, ‘विदेशमा रहेका नेपालीलाई मताधिकार दिन सकिन्छ भन्ने आयो । तर कसरी ? प्रश्न यथावत छ ।’
विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रतिबद्धता जनाइरहँदा नेपालमै रोजगारी, पढाइ आदिका कारण स्थायी मतदान केन्द्रमा पुग्न नसक्नेहरू मतदानबाट बन्चित रहेको बताए ।
‘अन्तरजिल्ला मतदान बारे के हो ?,’ उनले भने, ‘यसलाई कसरी सम्बोधन गर्ने ?’
नो भोट र राइट टु रिकलबारे संविधान बनाउँदादेखि नै छलफल चलिरहेको स्मरण गरे। यसबारे प्रष्ट भएर अगाडि बढ्नुपर्ने उनको आग्रह छ ।