मुख्य समाचार
सुनसरी जिल्लामा पर्ने महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी
सुनसरी जिल्लामा पर्ने महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी

। जिल्ला प्रशासन कार्यालय सुनसरीले सुनसरी जिल्लामा पर्ने महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्यालले मंगलबार दिउँसो एक आदेश जारी गरी अहिले दिउँसो साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन् ।

‘..स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सुनसरी जिल्लामा पर्ने महेन्द्र राजमार्गको देहायका चार किल्ला तथा इनरुवा बजार क्षेत्र सिमानाभित्र कसैले आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ,’ आदेशमा भनिएको छ ।

सूचनाअनुसार पूर्वमा पकली चोकसम्म, पश्चिममा कोशी ब्यारेजको पुल, उत्तर र दक्षिण महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कर्फ्यूको चार किल्ला तोकिएको छ ।


सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि सुनसरीमा तनावको अवस्था छ । आइतबार कप्तानगञ्जमा दुई समूहको झडप नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । ९ जना घाइते भएका थिए ।

यसअघि घटनापछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले दक्षिण क्षेत्रका पाँच स्थानमा कर्फ्यू आदेश जारी गरेको थियो । कर्फ्यू उल्लङ्घन गर्दै सोमबार दिनभर प्रदर्शन पनि भएका थिए ।

ती क्षेत्रमा मंगलबार पनि कर्फ्यू मंगलबार पनि यथावत् छ ।

जिल्ला प्रशासनको सूचना अनुसार आज पनि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ । हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यू जारी छ ।

हरिनगरा बजार क्षेत्रमा पूर्वमा नुनिया टोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्म कर्फ्यू छ ।

भुटाहा बजार क्षेत्रमा पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्म कर्फ्यू कायम छ ।

कप्तानगञ्ज बजार क्षेत्रमा पूर्वमा यादव टोल, पश्चिममा पाँचौँ सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमा क्षेत्रसम्म कर्फ्यू जारी छ ।

घुस्की बजार क्षेत्रमा पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्म कर्फ्यू छ ।

देवानगञ्ज बजार क्षेत्रमा पूर्वमा विराटनगर जाने सडकस्थित मुसहर टोल, पश्चिममा मोरिया खोला र उत्तरमा चिउरा मिलसम्म पनि कर्फ्यू जारी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दुबईबाट नेपाल आउँदै गरेकी एक युवती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेकी छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–१ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि केन्द्रीय प्रतिनिधिहरू खटाउने भएको छ । पूर्वसभापति शेरबहादुर देउवासँग निकट रहेको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारीका लागि १६५ वटै निर्वाचन क्षेत्रहरूमा केन्द्रीय प्रतिनिधिहरू खटाउने तयारी गरेको हो । इतर समूहको प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले १६ साउनसम्म केन्द्रीय प्रतिनिधिहरू खटाउने आन्तरिक तयारी भइरहेको जानकारी दिए । ‘प्रदेशअनुसार ...
। मुग्लिन-नारायणगढ सडकखण्डमा राति गाडी चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि नारायणगढ-मुग्लिन सडकमा सबै प्रकृतिका सवारीसाधनहरू सञ्चालनमा रोक लगाइएको हो । मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढ तर्फ सुक्खा पहिरो गई सडक अवरुद्ध भएको र सुक्खा पहिरो खस्ने क्रम निरन्तर रहेकोले रातिको ...
। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनापछि देशभरका चिकित्सकले आन्दोलन जारी राखिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा ओपीडी सेवा बन्द नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले मन्त्रालयले अस्पताल बन्द गर्न नभनेको स्पष्ट गर्दै केही स्थानमा सेवा सञ्चालन भइरहेको र स्वास्थ्य सेवा निरन्तर प्रवाह हुनुपर्नेमा जोड दिए । मन्त्रालयले ...
। प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेले निर्वाचन आयोगले राजनीतिक दल, नागरिक समाज, मतदाता तथा अन्य सरोकारवालासँग सहकार्य र सहमतिका आधारमा काम गर्नुपर्ने बताएका छन्। मंगलबारको संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना तथा प्रतिबद्धता प्रस्तुत गर्दै उनले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबै पक्षसँग समन्वय र संवादलाई प्राथमिकता दिने बताएका हुन्। संसदीय सुनुवाइका क्रममा प्रस्तुत गरिएको प्रतिबद्धतापत्रमा वाग्लेले ...