मुख्य समाचार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकपलाई थप विस्तार गर्ने तयारी
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकपलाई थप विस्तार गर्ने तयारी

। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकपलाई थप विस्तार गर्ने तयारी थालेको छ । फुटबलको विश्वकपलाई ४८ टोलीसम्म विस्तार गरेको फिफाको बाटो पछ्याउँदै आईसीसीले पनि टी–२० विश्वकपमा सहभागी टोलीको संख्या चरणबद्ध रूपमा बढाउने योजना अघि सारेको हो ।

बेलायती सञ्चारमाध्यम द टेलिग्राफ मा प्रकाशित समाचार अनुसार आईसीसीले सन् २०३० मा इंग्ल्यान्ड, वेल्स र आयरल्यान्डमा हुने टी–२० विश्वकपदेखि सहभागी टोली संख्या २४ पुर्‍याउने लक्ष्य राखेको छ । त्यसपछि सन् २०३२ सम्म प्रतियोगितालाई ३२ टोलीसम्म विस्तार गर्ने दीर्घकालीन योजना बनाइएको छ। सन् २०३२ को विश्वकपको आयोजक भने अझै तय भइसकेको छैन ।

हालै भारत र श्रीलङ्कामा सम्पन्न टी–२० विश्वकपले एसोसिएट राष्ट्रहरूको बढ्दो प्रतिस्पर्धात्मक क्षमता देखाएपछि प्रतियोगिता विस्तारको पक्षमा बलियो आधार तयार भएको आईसीसीको बुझाइ छ ।

यस संस्करणमा जिम्बाबेले अस्ट्रेलिया र श्रीलङ्कालाई हराउँदै समूह चरण पार गरेको थियो भने इटाली र नेपालले पनि इंग्ल्यान्डजस्तो बलियो टोलीलाई कडा चुनौती दिएका थिए ।


यसअघि २० टोली सहभागी हुने विश्वकपमा चार समूहबाट सुपर–८ चरण खेलाइँदै आएको थियो । तर सन् २०२८ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकपदेखि नयाँ फर्म्याट लागू हुनेछ ।

पाँच समूहमा चार–चार टोली रहनेछन्। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर–१० मा पुग्नेछन् र त्यसपछि सेमिफाइनल खेलाइनेछ ।

यदि प्रतियोगिता २४ टोलीसम्म विस्तार भयो भने सबैभन्दा सम्भावित ढाँचा छ समूहमा चार–चार टोली रहने र प्रत्येक समूहका शीर्ष दुई टोली सुपर–१२ मा पुग्ने हुनेछ ।

प्रतियोगिता विस्तारबाट नेपालसहित एसोसिएट राष्ट्रहरूलाई सबैभन्दा ठूलो फाइदा पुग्ने अपेक्षा गरिएको छ । पछिल्ला वर्षहरूमा तीव्र रूपमा क्रिकेट विकास गरिरहेका जर्मनी, नाइजेरियाजस्ता राष्ट्रले पहिलो पटक विश्वकप खेल्ने अवसर पाउन सक्छन् ।

त्यस्तै मलेसिया, स्पेन, कुवेत, कतार, जर्सी, बहराइन, बर्मुडा र साउदी अरेबियाजस्ता टोलीहरू पनि विश्वकपको दौडमा बलियो दाबेदार बन्नेछन् ।

नेपाल, इटाली, युगान्डा, पपुवा न्युगिनी, हङकङ, अमेरिका र क्यानडाजस्ता टोलीका लागि भने यो विस्तार विश्वकपमा नियमित उपस्थिति जनाउने सुनौलो अवसर बन्न सक्छ ।

तर आईसीसीको यो विस्तार योजनासँगै अर्को निर्णय भने विवादमा परेको छ । आईसीसीले आगामी एकदिवसीय विश्वकपमा सहभागी टोली संख्या १४ बाट घटाएर १२ बनाउने निर्णय गरिसकेको छ । यसले एसोसिएट राष्ट्रहरूको अवसर झन् साँघुरिने भन्दै व्यापक आलोचना भइरहेको छ ।

नयाँ एकदिवसीय विश्वकप फर्म्याटअनुसार तल्लो वरियताका तीन राष्ट्रले मुख्य प्रतियोगितामा सिधै स्थान नपाई ‘प्ले–इन’ प्रतियोगिता खेल्नुपर्नेछ । त्यसपछि मात्र अन्तिम टोलीले विश्वकपमा स्थान बनाउनेछ ।

विश्व क्रिकेटर्स एसोसिएसन (डब्ल्यूसीए) का प्रमुख कार्यकारी अधिकृत टम मोफाटले आईसीसीको निर्णयलाई विश्वव्यापी क्रिकेट विस्तारको लक्ष्यसँग मेल नखाने बताएका छन् । उनका अनुसार विश्वव्यापी क्रिकेट विकासको कुरा गर्ने तर विश्वकपमा अवसर घटाउने निर्णय परस्पर विरोधाभासपूर्ण छ ।

स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले यस्ता महत्वपूर्ण निर्णय गर्दा खेलाडीसँग पर्याप्त परामर्श नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले पनि विश्वकप छनोट गर्नु आफैंमा ठूलो उपलब्धि भए पनि त्यसको मूल्य नै घटाउने निर्णय निराशाजनक रहेको बताएका छन् ।

आईसीसीले प्रतियोगिता विस्तारमार्फत टी–२० क्रिकेटलाई अझ विश्वव्यापी बनाउने लक्ष्य राखेको भए पनि एकदिवसीय विश्वकपमा अवसर कटौती गरेको निर्णय भने अझै पनि क्रिकेट जगतमा बहसको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम