मुख्य समाचार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकपलाई थप विस्तार गर्ने तयारी
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकपलाई थप विस्तार गर्ने तयारी

। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकपलाई थप विस्तार गर्ने तयारी थालेको छ । फुटबलको विश्वकपलाई ४८ टोलीसम्म विस्तार गरेको फिफाको बाटो पछ्याउँदै आईसीसीले पनि टी–२० विश्वकपमा सहभागी टोलीको संख्या चरणबद्ध रूपमा बढाउने योजना अघि सारेको हो ।

बेलायती सञ्चारमाध्यम द टेलिग्राफ मा प्रकाशित समाचार अनुसार आईसीसीले सन् २०३० मा इंग्ल्यान्ड, वेल्स र आयरल्यान्डमा हुने टी–२० विश्वकपदेखि सहभागी टोली संख्या २४ पुर्‍याउने लक्ष्य राखेको छ । त्यसपछि सन् २०३२ सम्म प्रतियोगितालाई ३२ टोलीसम्म विस्तार गर्ने दीर्घकालीन योजना बनाइएको छ। सन् २०३२ को विश्वकपको आयोजक भने अझै तय भइसकेको छैन ।

हालै भारत र श्रीलङ्कामा सम्पन्न टी–२० विश्वकपले एसोसिएट राष्ट्रहरूको बढ्दो प्रतिस्पर्धात्मक क्षमता देखाएपछि प्रतियोगिता विस्तारको पक्षमा बलियो आधार तयार भएको आईसीसीको बुझाइ छ ।

यस संस्करणमा जिम्बाबेले अस्ट्रेलिया र श्रीलङ्कालाई हराउँदै समूह चरण पार गरेको थियो भने इटाली र नेपालले पनि इंग्ल्यान्डजस्तो बलियो टोलीलाई कडा चुनौती दिएका थिए ।


यसअघि २० टोली सहभागी हुने विश्वकपमा चार समूहबाट सुपर–८ चरण खेलाइँदै आएको थियो । तर सन् २०२८ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकपदेखि नयाँ फर्म्याट लागू हुनेछ ।

पाँच समूहमा चार–चार टोली रहनेछन्। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर–१० मा पुग्नेछन् र त्यसपछि सेमिफाइनल खेलाइनेछ ।

यदि प्रतियोगिता २४ टोलीसम्म विस्तार भयो भने सबैभन्दा सम्भावित ढाँचा छ समूहमा चार–चार टोली रहने र प्रत्येक समूहका शीर्ष दुई टोली सुपर–१२ मा पुग्ने हुनेछ ।

प्रतियोगिता विस्तारबाट नेपालसहित एसोसिएट राष्ट्रहरूलाई सबैभन्दा ठूलो फाइदा पुग्ने अपेक्षा गरिएको छ । पछिल्ला वर्षहरूमा तीव्र रूपमा क्रिकेट विकास गरिरहेका जर्मनी, नाइजेरियाजस्ता राष्ट्रले पहिलो पटक विश्वकप खेल्ने अवसर पाउन सक्छन् ।

त्यस्तै मलेसिया, स्पेन, कुवेत, कतार, जर्सी, बहराइन, बर्मुडा र साउदी अरेबियाजस्ता टोलीहरू पनि विश्वकपको दौडमा बलियो दाबेदार बन्नेछन् ।

नेपाल, इटाली, युगान्डा, पपुवा न्युगिनी, हङकङ, अमेरिका र क्यानडाजस्ता टोलीका लागि भने यो विस्तार विश्वकपमा नियमित उपस्थिति जनाउने सुनौलो अवसर बन्न सक्छ ।

तर आईसीसीको यो विस्तार योजनासँगै अर्को निर्णय भने विवादमा परेको छ । आईसीसीले आगामी एकदिवसीय विश्वकपमा सहभागी टोली संख्या १४ बाट घटाएर १२ बनाउने निर्णय गरिसकेको छ । यसले एसोसिएट राष्ट्रहरूको अवसर झन् साँघुरिने भन्दै व्यापक आलोचना भइरहेको छ ।

नयाँ एकदिवसीय विश्वकप फर्म्याटअनुसार तल्लो वरियताका तीन राष्ट्रले मुख्य प्रतियोगितामा सिधै स्थान नपाई ‘प्ले–इन’ प्रतियोगिता खेल्नुपर्नेछ । त्यसपछि मात्र अन्तिम टोलीले विश्वकपमा स्थान बनाउनेछ ।

विश्व क्रिकेटर्स एसोसिएसन (डब्ल्यूसीए) का प्रमुख कार्यकारी अधिकृत टम मोफाटले आईसीसीको निर्णयलाई विश्वव्यापी क्रिकेट विस्तारको लक्ष्यसँग मेल नखाने बताएका छन् । उनका अनुसार विश्वव्यापी क्रिकेट विकासको कुरा गर्ने तर विश्वकपमा अवसर घटाउने निर्णय परस्पर विरोधाभासपूर्ण छ ।

स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले यस्ता महत्वपूर्ण निर्णय गर्दा खेलाडीसँग पर्याप्त परामर्श नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले पनि विश्वकप छनोट गर्नु आफैंमा ठूलो उपलब्धि भए पनि त्यसको मूल्य नै घटाउने निर्णय निराशाजनक रहेको बताएका छन् ।

आईसीसीले प्रतियोगिता विस्तारमार्फत टी–२० क्रिकेटलाई अझ विश्वव्यापी बनाउने लक्ष्य राखेको भए पनि एकदिवसीय विश्वकपमा अवसर कटौती गरेको निर्णय भने अझै पनि क्रिकेट जगतमा बहसको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
विश्वकपमा निराशाजनक प्रदर्शनपछि पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले हलिउडमा आफ्नो पहिलो ड्रामा शृंखलाको तयारी गरिरहेको बताइएको छ । द सनका अनुसार रोनाल्डोले ‘किङ्सम्यान’ निर्देशक म्याथ्यु वनसँग मिलेर बेलायतका एक फुटबल एजेन्टको कथामा आधारित शृंखला निर्माण गरिरहेका छन् । ‘डे वन्स’ नाम दिइएको शृंखलामा डेमियन लुइस मुख्य भूमिकामा देखिनेछन् भने खेल क्षेत्रका थुप्रै चर्चित अनुहार पनि सहभागी ...
। पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल लिगमा नेपालले खेलेको सबै ६ खेलमा पराजित हुँदै अन्तिम भएको छ । लिग चरणमा जितविहीन बनेको नेपाल मंगलबार पाँचौ स्थानको लागि भएको खेलमा कजाखस्तानसँग सोजो सेटमा पराजित भएको हो । यो हारपछि ६ टोली सहभागि प्रतियोगितामा नेपाल जितविहिन रहँदै अन्तिम स्थानमा रह्यो । इस्लामावादस्थित लियाकत लियाकत जिम्न्यासियममा भएको खेलमा कजाखस्तानले ...
। नेपाली क्रिकेट टोली आईसीसीको ओडीआई वरियतामा एक स्थान खस्किएको छ । आईसीसीले सोमबारसम्मको तथ्याङ्क समेटेर अध्यावधि गरेको नयाँ वरियतामा नेपाल १७औं स्थानबाट १८औं स्थानमा पुगेको हो । नेपालले हाल नेदरल्यान्ड्समा भइरहेको लिग २ को ओडीआई शृङ्खलामा लगातार तीन हार बेहोरेको छ । नेपालले नामिबियासँग दुई अनि नेदरल्यान्ड्ससँग एक हार बेहोरेको हो । नेपाललाई दुई खेलमा पराजित गरेको नामिबिया ...
— विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप २०२६ को आलोचना गर्नेप्रति कडा प्रहार गर्दै उनीहरूले झूटो अफवाहसँगै घृणा फैलाएको आरोप लगाएका छन् । उनले प्रतियोगिता सफल रहेको दाबी गर्दै यो एकता, सुरक्षा र समावेशिताको उत्सवमा परिणत भएको पनि बताए । उनले फिफाको आधिकारिक सामाजिक सञ्जालमा सोमबार एक खुलापत्र लेखेका हुन् । यसक्रममा ५६ वर्षीय इन्फान्टिनोले ...
। केप भर्डेका सिड्नी लोपेज काब्रालले अर्जेन्टिना विरुद्ध गरेको गोल फिफा विश्वकप २०२६ को उत्कृष्ट गोल घोषित भएको छ । काब्रालले राउण्ड अफ ३२ अन्तर्गत खेलमा साविक विजेता अर्जेन्टिना विरुद्ध गरेको सानदार गोल विश्वकपको गोल अफ दी टुर्नामेन्ट (उत्कृष्ट गोल) चुनिएको हो । विश्वभरका फुटबल प्रशंसकहरूले दिएको मत र फिफाको प्राविधिक अध्ययन समूहको मूल्याङ्कनका आधारमा काब्रालको उक्त ...