मुख्य समाचार
अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन (जेएन्डजे) ले आफूविरुद्धका हजारौं मुद्दा मिलाउनमा ५.५ अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव
अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन (जेएन्डजे) ले आफूविरुद्धका हजारौं मुद्दा मिलाउनमा ५.५ अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव

। अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन (जेएन्डजे) ले आफूविरुद्धका हजारौं मुद्दा मिलाउनमा ५.५ अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको ‘ट्याल्क’युक्त बेबी पाउडर तथा अन्य उत्पादनका कारण डिम्बाशय (ओभेरियन) क्यान्सर भएको भन्दै कम्पनीबिरुद्ध दायर गरिएका मुद्दा मिलाउन उसले पीडितहरूको प्रतिनिधित्व गरेका विभिन्न कानुनी फर्महरूलाई प्रस्ताव गरेको हो ।

साथै कम्पनीले यो प्रस्तावले वर्षौंदेखि चल्दै आएको कानुनी विवाद अन्त्य हुने आशा जनाएको छ । कम्पनीविरुद्ध अमेरिकाभर करिब ७६ हजार ‘ट्याल्क’सम्बन्धी मुद्दा दायर भएका छन् । आफ्ना ‘ट्याल्क’युक्त उत्पादनले क्यान्सर गराएको आरोपलाई कम्पनीले निरन्तर अस्वीकार गर्दै आएको छ।

कम्पनीका उपाध्यक्ष एरिक हासले आरोप सबै आधारहीन भएको उल्लेख गरे । यस्ता विवादलाई अन्त्य गर्नका लागि मात्रै कम्पनी सम्झौतामा जान तयार भएको उनले बताए । हालसम्मका मुद्दामा कम्पनीलाई सफलता हासिल भएको दाबी गर्दै उनले सबै कानुनी झन्झटबाट एकैपटक मुक्त हुनका लागि मात्रै यस्तो प्रस्ताव गरिएको बताए ।प्रस्तावअनुसार कम्पनीले आगामी वर्ष मात्रै ३ अर्ब अमेरिकी डलरसम्म भुक्तानी गर्नेछ ।


तर सम्झौताको टुंगो लाग्नुअघि राज्य तथा संघीय अदालतमा रहेका डिम्बाशय क्यान्सरसम्बन्धी मुद्दाको प्रतिनिधित्व गर्ने कानुनी फर्ममध्ये ९५ प्रतिशतले प्रस्ताव स्वीकार गरेको हुनुपर्ने कम्पनीले अडान राखेको छ । उपाध्यक्ष हासका अनुसार प्रस्तावित सम्झौताले कम्पनीलाई लामो समयदेखिको विवाद अन्त्य गरी जीवनरक्षक औषधि तथा स्वास्थ्य उपकरण विकास गर्ने आफ्नो मूल उद्देश्यमा पुनः केन्द्रित हुन सहयोग पुग्नेछ।

जोन्सन एन्ड जोन्सनकै व्यवसायिक फर्म केनभ्युले उत्तर अमेरिका बाहिर बिक्री हुने जोन्सनको बेबी पाउडरसँग सम्बन्धित कानुनी दायित्व वहन गर्दै आएको छ। सन् २०२२ मा केनभ्युलाई जोनसनले छुट्टै कम्पनीका रूपमा स्थापना गरेको थियो। केनभ्युका स्वामित्वमा ब्यान्ड–एड, लिस्टरिन र क्यालपोल जस्ता चर्चित ब्रान्ड रहेका छन्।

‘ट्याल्क’युक्त बेबी पाउडर विरुद्धका मुद्दा सन् २००९ देखि नै दायर हुन थालेका हुन् । यसै जुलाईको सुरुआतमा अमेरिकी संघीय अदालतले ट्याल्कयुक्त उत्पादन नै डिम्बाशय क्यान्सरको प्रत्यक्ष कारण भएको प्रमाणित गर्न कठिन हुने टिप्पणी गर्दै कम्पनीको पक्षमा फैसला दिएको थियो।

ट्याल्क म्याग्नेसियम, सिलिकन, अक्सिजन र हाइड्रोजनबाट बनेको प्राकृतिक खनिज हो, जसको स्पर्श साबुनजस्तै चिल्लो हुने भएकाले बेबी पाउडरलगायतका उत्पादनमा व्यापक रूपमा प्रयोग गरिन्छ।

जोनसनका उपभोक्ता तथा उनीहरूका परिवारले पाउडरमा भएको ‘ट्याल्क’कै कारण क्यान्सर भएको दाबी गर्दै विभिन्न मुद्दा दायर गरेका छन्। तर जोनसनले सबै आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ। अध्ययनहरूले ट्याल्क सुरक्षित रहेको, यसमा एस्बेस्टस नभएको र यसले क्यान्सर नहुने देखाएको भन्दै कम्पनीले आधारहिन विषयलाई प्रचार नगर्न आग्रह गर्दै आएको छ ।

सन् २०२२ मा जोन्सन एन्ड जोन्सनले विश्वभर ट्याल्कयुक्त बेबी पाउडर उत्पादन र बिक्री बन्द गर्ने घोषणा गरेको थियो । अमेरिकामा उक्त उत्पादनको बिक्री बन्द गरेको दुई वर्षपछि मात्रै कम्पनीले विश्वभर ट्याल्कयुक्त बेबी पाउडर उत्पादन र बिक्री बन्दको घोषणा गरेको थियो ।

त्यतिबेलै कम्पनीले विश्वव्यापी उत्पादन पोर्टफोलियोको समीक्षा गर्दै अब ट्याल्कयुक्त बेबी पाउडरको सट्टा मकैको स्टार्च (कर्नस्टार्च) मा आधारित बेबी पाउडर मात्र उत्पादन र बिक्री गर्ने व्यावसायिक निर्णय गरेको थियो ।

(बीबीसीबाट साभार)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम